• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

खैरहनीमा संभवत देशकै ठुलो फोहोर प्रशोधन उद्योग सञ्चालन


  •   आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
  • चितवन । चितवनमा पालिका स्तरबाट उत्पादन हुने फोहोरको दिगो व्यवस्थापनको लागि संभवत देशकै ठुलो प्रशोधन उद्योग(सामग्री पुनः उपयोग केन्द्र) सञ्चालनमा ल्याइएको छ । निजी लगानीबाट सञ्चालित देशको ठुलो फोहोर प्रशोधन उद्योग रहेको दाबी गरिएको छ । सफा उर्जा उत्पादन प्रा.लिले चितवनको खैरहनी नगरपालिका वडा नं ४ चैनपुरमा नमुना मोडलको रुपमा व्यवस्थित प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो ।

    Advertisement

    फोहोर व्यवस्थापनको विषय देशव्यापी रुपमा पालिकाका जनप्रतिनिधिलाई टाउको दुखाईको विषय बनिरहेको बेला यसको दीर्घकालिन सामधानको लागि निजी क्षेत्रले प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो । खैरहनी नगरपालिकामा उत्पादन हुने फोहोर संकलन र व्यवस्थापनको काम गरेको सफा उर्जाले रत्ननगर नगरपालिकालाई समेत जोडेको छ ।
    पूर्वी चितवनमा फोहोर व्यवस्थापनको समस्या निराकरण गर्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याइएको सफा उर्जाका निर्देशक निर्णय पौडेलले जानकारी दिए । डेढ बर्ष अघि देखि चितवनमा शुरु भएको फोहोर प्रशोधनको कामलाई देशका ७५३ वटै स्थानीय तहहरुले चासोको रुपमा हेरिएको छ ।

    देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाले समेत चितवनमा सफा उर्जाले फोहोर प्रशोधनको सञ्चालनमा ल्याएको उद्योगको अबलोकन गरेको छ । महानगरपालिको वाताबरण व्यवस्थापन विभागको टोलीले सफा उर्जाले सञ्चालन गरेको फोहोर प्रशोधन उद्योगले गरिरहेको कामको अवलोकन गरेर फर्किएको छ ।

    काठमाडौं महानगरपालिकाका बरिष्ठ शाखा अधिकृत सानुमैया महर्जन, मेकानिकल इन्जिनियर विजय तुलाधर, वाताबरण निरीक्षक सृष्टि श्रेष्ठ, सिभिल इन्जिनियर उद्धवराज नेपाल र कर्मचारी महेश शाक्यले प्रशोधन उद्योगको अबलोकन तथा निरीक्षण गरेर फर्किएको हो । महानगरको टोलीले कारखानामा सुख्खा तथा जैविक फोहोर प्रसोधन मेसिन तथा प्रविधिहरूको अवलोकन गरेको थियो ।

    खैरहनी र रत्ननगर नगरपालिकाको सहजीकरणमा शुरु गरिएको देशकै ठूलो तथा पहिलो प्रशोधन उद्योगले विपन्न तथा सीमान्तकृत समुदायका ११५ लाई रोजगारी प्रदान गरेको छ । प्रशोधन उद्योग सञ्चालनमा खैरहनी नगरपालिकाको महत्वपूर्ण भूमिका तथा रत्ननगर नगरपालिकाको साथ रहेको निर्देशक पौडेलले बताए । महानगरपालिकोको टोलीले चितवनमा बैज्ञानिक ढंगबाट भइरहेको फोहोर व्यवस्थापन र प्रशोधनको कामको प्रशंसा गरेको थियो ।

    सफा उर्जाका प्रतिनिधि रोशन केसीले महानगरको टोलीलाई उद्योग स्थापना गर्नुको उद्देश्य सहित उद्योगले गरिरहेको कार्यप्रगति र भावि योजनाको विषयमा जानकारी गर्नुभएको थियो । स्रोतमै फोहोरको बर्गीकरणको काम शुरु गरेर सफा उर्जाले फोहोर व्यवस्थापनमा नयाँ कामको शुरुवात गरेको छ ।

    तरकारी तथा फलफुलबाट सफा प्राङ्गारिक मल उत्पादन गरी बजारमा पठाउन शुरु गरिएको छ । सिसाजन्य बस्तुको धुलोबाट भौतिक संरचना निर्माणमा प्रयोग हुने ब्लक, कपडाजन्य बस्तुबाट कपास बनाउन शुरु गरिएको पौडेलले बताए । उद्योगबाट उत्पादित जैविक मलको प्रयोग गरी सयपत्री फूलको खेती गरेको सफा उर्जाले प्याज र लसुनको व्यवसायिक खेती गर्ने तयारी गरेको छ ।

    आइतबार, मङि्सर ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.