चितवन । चितवन हिमाल डेण्टलको वार्षिकोत्सवको अवसरमा निःशुल्क परिक्षण र उपचारमा ३० प्रतिशत छुट सुविधा दिइने भएको छ । डेण्टलको २१ औं बार्षिकोत्सवको अवसरमा यही पुष १ गते देखि पुष १५ सम्म १५ दिनको लागि सेवाग्राहीलाई छुट दिन लागेको हो ।
नारायणगढको शहीदचोकमा रहेको मुख्य कार्यालय चितवन हिमाल डेण्टल र भरतपुरको चितवन मेडिकल कलेज अगाडिको लाईफलाईन हेयर ट्रान्सप्लाण्टबाट यो सुविधा पाईने डेण्टलका सञ्चालक जयराम जोशीले जानकारी दिए ।
जोशीका अनुसार दन्त परीक्षणमा कुनै शुल्क लाग्ने छैन। अन्य सम्पूर्ण उपचारमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए ।
चितवन हिमाल डेन्टलमा दांँत सम्बन्धी यहाँ निःशुल्क दन्त परिक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टिष्टद्वारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्यधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सहितको सेवा दिंँदै आएको छ ।
डेण्टलका सञ्चालक रञ्जिता अधिकारीले जनमानसमा दाँत सम्बन्धी सचेतना फैल्याउन र दन्त स्वास्थ्यको पहुंँच पुरयाउन डेण्टलले हरेक बर्ष निशुल्क परिक्षण र छुट सुविधा उपलब्ध दिदैं आएको बताईन ।
डेण्टलमा वार्षिक ८ देखि १० हजार जनालाई सेवा लिंँदै आएका छन । यहाँ नवलपरासी, गोरखा, धादिङ, लम्जुङ, मकवानपुरलगायतका जिल्लाबाट पनि सेवाग्राही आउने गरेका छन्।
म्याग्जिलोफेसियल सर्जन डा. कृष्ण रेग्मीले दाँतको उपचारका लागि चितवनबाट अन्यत्र जान नपर्ने बताए।