• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ५. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ६. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ७. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव पुष १२ देखि शुरु


  •   बुधबार, पुष १०, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर भ्रमण वर्ष २०२४ बार्षिकोत्सबको अवसरमा राष्ट्रिय खाना महोत्सव आयोजना गरिने भएको छ । स्थानीय उत्पादन र पर्यटकीय क्षेत्र मेघौलीको प्रर्वद्धन गर्ने उद्धेश्यसहित यहि पुस १२ गते देखि १६ गते सम्म रैथाने खाना महोत्सव गर्न लागिएको हो । महोत्सवमा खाना स्थानीय खाना संगै ७७ जिल्लाको प्रतिनिधित्व गर्दै ७७ मिटर लम्बाईको नेपालको नक्सा विशेष आकर्षकको रुपमा रहने छ ।

    Advertisement

    मेघौलीको जानकी माध्यमिक बिद्यालय मेघौलीमा आयोजना गर्न लागिएको महोत्सवमा ५० वटा स्थानिय खानाका स्टलहरु रहने संयोजक मायाराम चौधरीले जानकारी दिए । उनका अनुसार रु ६१ लाखको अनुमानित खर्चमा लाग्ने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईयो । चौधरीका अनुसार स्थानिय थारु, कुमाल, दराई, मगर, गुरुङ, वोटे, मुसहर समुदाय सहितका स्थानीय जातका खाना महोत्सवमा राखिने छ । स्थानीय समुदायको जीवन स्तरमा सुधार ल्याउन महोत्सव फलदायी हुने चौधरीले बताए । महोत्सबमा १ लाख भन्दा बढि पर्यटक आउने अनुमान गरिएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको समयमा लक्ष्य भन्दा बढी पर्यटक महानगरमा भित्रिएको बताइन् । ‘महानगरपालिका भित्र एक वर्षमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले अवलोकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धनमा टेवा पुगेको, आन्तरिक तथा बाह्य पर्यटकको संख्या बृद्विमा महत्वपूर्ण भुमिका पुगेको छ ।’ दाहालले भनिन । दिगो पर्यटन विकासका पूर्वाधारहरु थपिएको, होटल रेष्टुरेन्टमा सेवा बृद्वि भएको, पर्यटकको संख्या, बसाई अवधिी एवं आर्थिक क्रियाकलापहरुमा बृद्वि भएको उनको भनाई छ ।

    महानगर प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन विभिन्न चुनौतिहरु देखिए पनि पूर्वाधार निर्माण र सुधारका साथै अपेक्षा अनुसार अन्य काम तीब्र रुपमा भएको बताइन् । राजनैतिक अस्थिरता, स्थानिय पालिकाबाट पहिलोपटक आयोजना गरिएको हुँदा सिको गर्ने ठाउँ नहुनु, भौतिक निर्माणमा तदारुपताका साथ काम हुन नसक्नु मुख्य समस्याको रुपमा दाहालको भनाई थियो ।

    महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाको विकास संगै जनतालाई प्रत्यक्ष लाभान्वित वनाउने उद्वेश्यले भ्रमणा वर्षको आयोजना गरिएको र सो उद्वेश्य प्राप्तिमा महानगर सफल भएको बताए । स्थानीय जनतामा यो महोत्सवले थप पर्यटन प्रर्वद्धन र आर्थिक गतिविधि मा टेवा मिल्ने उनले बताए । महोत्सवमा प्रवेश पास निःशुल्क गरिएको छ ।

    बुधबार, पुष १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ६.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.