• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम


  •   बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाउनु भएका निगमले नेपालमा भने पहिलोपाटक क्रिसमसको अवसर पारेर कन्सर्ट गर्नुभएको छ ।

    Advertisement

    बौद्धस्थित ह्यात चौरमा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रम उहाँले ‘उकाली ओराली गर्दै’ गीत गुनगुनाउँदै प्रस्तुतीको आरम्भ गर्नुभयो । उहाँको पर्खाइमा रहेका दर्शकलाई नेपाली गीत सुन्दा आफ्नोपनको आभास भयो ।

    भारतबाटै आएका आफ्नो २१ जना साङ्गीतिक समूहसँग गायक निगमले झन्डै साढे दुई घण्टा प्रस्तुति दिनुभयो । उहाँले आफू नेपाली गीत गाइरहेता पनि यसरी साक्षात्कार गर्ने मौका भने पहिलोपटक पाएको स्टेजबाटै बताउनुभयो । उहाँले नेपाली दर्शकले दिएको माया र साथको बेलाबेलामा प्रसंशा गरिरहनुभयो । “नेपाली सत्कारको लागि मात्र सुरका पनि धनी छन् । यहाँ मलाई गाएर साथ दिने स्वरहरू सुरिला सुनिएका छन् । यस्ता दर्शक देख्दा मलाई उर्जा प्राप्त हुन्छ । म निकै खुसी छु, यहाँ आएँ र गाईरहेको छु”, गायक निगमले भन्नुभयो ।

    बाल्यकालदेखि नै व्यावसायिक रुपमा गायन यात्रा थाल्नु भएका निगमले आफूले स्टेजमा गाउँन थालेको ‘४७ वर्ष’ पुगेको बताउनुभयो । “यो वर्ष मैले गाएको ४७ औँ वर्ष हो । यसकारण पनि नेपाल आउँदा म निकै खुसी छु । नेपाली गीतमार्फत तपाईहरू (नेपाली) सँग साक्षात्कार भएको थियो, अहिले यस्तो भव्य रुपमा प्रस्तुती दिन पाएँ”, गायक निगमले भन्नुभयो ।

    उहाँ गीत गाउँदागाउँदै बेलाबेलामा दर्शकलाई आफ्नो कुरा भन्ने गर्नुहुन्थ्यो । शास्त्रीय सङ्गीतमा विशेष दखल भएका गायक निगमलाई सन् १९९७ मा प्रदर्शन भएको चलचित्र ‘बोर्डर’ मा समावेश गीत ‘सन्देशे आती है’ ले पाश्र्वगायनमा स्थापित गरेको थियो । त्यसपछि उहाँको साङ्गीतिक यात्राले समातेको लय अहिलेसम्म कायम छ ।

    यसैवर्ष गत तिहारमा प्रदर्शन भएको ‘भूल भुलैया ३’ मा उहाँले स्वर दिनुभएको ‘मेरे ढोलना सुन’ बोलको गीत अहिले गीतसङ्गीत प्रेमी माँझ लोकप्रिय छ । यसकारण पनि गायक निगम अघिल्लो मात्र नभई नयाँ पुस्ता माँझ पनि परिचित गायक हुनुहुन्छ । उहाँलाई नेपाल ल्याउनु कारण नै यही रहेको आयोजक नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले बताउनुभयो ।

    ‘सुरज हुवा मधम’, ‘सोनियो ओ सोनियो’, ‘कहानी’ लगायतका गीतमा दर्शकले दिएको साथले उहाँलाई उर्जाशील बनायो । ‘मेरो सुन्ने गीतमै तपाइँहरूले गाएर र नाचेर साथ दिनुभयो । अब म तपाइँलाई नचाउँन आफ्ना डान्सिङ गीत प्रस्तुत गर्नेछु । म यसको लागि नै माहिर छु, जस्तो लाग्छ । आउनुस्, मस्ती गरौँ’ यति भनेपछि गायक निगमले आफ्ना ‘फास्ट नम्बर’ भनिने नृत्य गर्ने गीतहरू प्रस्तुत गर्नुभयो ।

    उहाँले ‘दिल मागता है दिलदार सोनिए’, ‘साथिया’, ‘दिल दिवाना’, ‘देखा तुमको जबसे’, ‘दिल डुबा’ जस्ता गीत गाउँदा कार्यक्रम हेर्न पुगेका सबै समूहका दर्शक नाच्न बाध्य भएका थिए । विशेषत सन् १९९० देखि २०२४ सम्मका गीतलाई मिश्रण गरेर गाउँदा दुवै उमेर समूहका दर्शकले ‘इञ्जोय’ गरे । गायक निगमले नेपालको बारेमा आफूले बाहिर कार्यक्रम गर्दा धेरै सुनेको बताउनुभयो । “उहाँ (सोनु निगम) ले धेरै नेपाली गीत गाउनुभएको छ । तर, नेपालमा यस्तो कन्सर्ट भएको रहनेछ । सोही कारण हामीले उहाँलाई क्रिसमसमा नेपाली माँझ प्रस्तुत गरेका हौँ । हामीले अपेक्षा गरे झैँ उहाँलाई प्रत्यक्ष सुन्न सबै वर्ग र उमेरसमूहका दर्शक आउनुभयो । यो कमै गायकले गर्न सक्नुहुन्छ । उहाँलाई प्रत्यक्ष सुन्नुको अनुभव बेग्लै रह्यो”, निर्देशक घिमिरेले बताउनुभयो ।

    गायक निगमलाई प्रत्यक्ष सुन्न गायक प्रमोद खरेल पनि ह्यात चौर पुग्नुभएको थियो । गायक निगमको गायकी प्रशंशकसँगै सङ्गीत प्रेमी माँझ पनि लोकप्रिय छ । उहाँले स्टेजमा गाउने गीतमा समेत सुर र ताल मिलेको प्रतिक्रिया आउने गरेको छ । साथै, गायक निगमले आफ्नै गीतलाई भिन्न तरिकाले प्रस्तुत गर्नुहुन्छ ।

    कार्यक्रमको उत्तरार्धमा उहाँले आफ्ना सदाबहार गीतहरू ‘कल होना हो’ गाउनुभयो । यो गीतलाई उहाँले आफ्नो जीवनकै महत्वपूर्ण गीत भन्नुहुन्छ । “म कुनै दिन यो धर्तीमा रहिन् भन्ने खबर तपाइँ माँझ आइपुग्यो भने सँगै स्मरण हुने गीत हो, ‘कल होना हो’ । यो गीतको शब्द र सङ्गीतको म आफैँ पनि प्रसंशक हुँ । यस्ता गीतमा मेरो स्वर हुनु मेरो लागि जीवनकै ठूलो उपलब्धी हो”, गायक निगमले भन्ने गर्नुभएको छ ।

    ह्यात चौरमा दर्शकबाट छुटिने समयमा गायक निगमले ‘अभि मुझ्मे कही’, ‘सन्देशे आते है’, ‘पापा मेरी जान’ गाउनुभयो । यी गीतसँगै गायक निगमलाई स्टेजबाट विदाई गर्न दर्शक तयार भए । उहाँले जादा जाँदै भन्नुभयो,“यहाँ आउन ढिलाई भयो तर यो सत्कारले अब मलाई पुनः छिटै यहाँ ल्याउने छ । हामी कलाकारलाई पनि माया गर्ने प्रसंशक चाहिन्छ, त्यो न्यानोपन यहाँ काठमाडौँ नेपालमा पाएँ । म धन्य छु, कृतज्ञ छु ।”

    आयोजकमध्येका एक राजकुमार गोश्वामीले अस्ट्रेलिया र हङकङपश्चात् नेपालमा कार्यक्रम गरिएको जानकारी दिदै आगामी दिनमा स्वदेशी तथा विदेशी कलाकारलाई नेपाली दर्शकमाझ व्यवस्थित रूपमा प्रस्तुत गर्ने बताउनुभयो । उहाँका अनुसार आज गायक निगमले काठमाडौँ घुमघाम गरेर बेलुकी स्वदेश भारत फर्किनु हुनेछ ।

    बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.