• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, असार १०, २०८२
☰
मङ्गलबार, असार १०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा

  • ३. यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

  • ४. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ५. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ६. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ७. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ८. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ९. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग


  •   बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
  • चितवन । परोपकारी काम गर्दै आएको सामाजिक संस्था स्पन्दन नेपालले विकट क्षेत्र कालिका नगरपालिका–१० मा रहेको विद्यालय राष्ट्रिय आधारभूत विद्यालय नान्दरमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ । विद्यालयमा अध्ययन गर्ने ६० जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको हो ।

    Advertisement

    संस्थाका अध्यक्ष अनिता खनालले कालिका– १० का वडाध्यक्ष नरजङ प्रजाको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच सो सामग्री हस्तान्तरण गरिएकोे बताउनु भयो । उहाँले विकटमा रहेका विद्यार्थीलाई अध्ययन गर्नको लागि केही सहयोग पुगोस् भन्ने हेतुले सबै विद्यार्थीलाई पुग्नेगरी ६० जोर कपडा, १२० वटा कापी, सिसाकलम, इलेजर, कटर र केही विद्यार्थीहरुका लागि बाल कथाका किताबहरु हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

    सो स्थानसम्म पुग्नको लागि निकै कठिन भएका कारण वडा कार्यालय र विद्यालयकोे समन्वयमा हस्तान्तरण गरी विद्यार्थी माझ सामग्रीहरु वितरण गरिएको थियो ।

    कालिका –१० का अध्यक्ष प्रजाले पालिकाको विकट क्षेत्रका बालबालिकाको लागि सहयोगको प्रशंसा गर्नुभयो । “विगतमा पनि यस क्षेत्रमा काम गर्दै आएको स्पन्दनलाई मनैदेखि धन्यवाद दिन चाहान्छु ।” उहाँले भन्नुभयो, “स्पन्दन नेपाल दिनदुःखीको साथी बन्दै जाओस ।”

    विद्यालयका प्रधानाध्यापक खुमराज भट्टले विद्यालयका बालबालिकाले शैक्षिक सामग्री र कपडा प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यस प्रकारको सहयोगले जाडो र शैक्षिक सामग्री नभएकै कारण विद्यालय नआउने बालबालिकालाई विद्यालय आउन प्रेरित मिलेको समेत बताउनुभयो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कविन्द्र चेपाङ, स्पन्दन नेपालका निवर्तमान अध्यक्ष इन्दिरा भुषाल, सचिव विमला दाहाल, कोषाध्यक्ष सीता भुषाल, सदस्य सकुन्तला धरेल लगायतको सहभागिता रहेको थियो ।

    बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा

    • ३.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक

    • ४.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.