• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग


  •   बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
  • चितवन । परोपकारी काम गर्दै आएको सामाजिक संस्था स्पन्दन नेपालले विकट क्षेत्र कालिका नगरपालिका–१० मा रहेको विद्यालय राष्ट्रिय आधारभूत विद्यालय नान्दरमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गरेको छ । विद्यालयमा अध्ययन गर्ने ६० जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको हो ।

    Advertisement

    संस्थाका अध्यक्ष अनिता खनालले कालिका– १० का वडाध्यक्ष नरजङ प्रजाको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच सो सामग्री हस्तान्तरण गरिएकोे बताउनु भयो । उहाँले विकटमा रहेका विद्यार्थीलाई अध्ययन गर्नको लागि केही सहयोग पुगोस् भन्ने हेतुले सबै विद्यार्थीलाई पुग्नेगरी ६० जोर कपडा, १२० वटा कापी, सिसाकलम, इलेजर, कटर र केही विद्यार्थीहरुका लागि बाल कथाका किताबहरु हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

    सो स्थानसम्म पुग्नको लागि निकै कठिन भएका कारण वडा कार्यालय र विद्यालयकोे समन्वयमा हस्तान्तरण गरी विद्यार्थी माझ सामग्रीहरु वितरण गरिएको थियो ।

    कालिका –१० का अध्यक्ष प्रजाले पालिकाको विकट क्षेत्रका बालबालिकाको लागि सहयोगको प्रशंसा गर्नुभयो । “विगतमा पनि यस क्षेत्रमा काम गर्दै आएको स्पन्दनलाई मनैदेखि धन्यवाद दिन चाहान्छु ।” उहाँले भन्नुभयो, “स्पन्दन नेपाल दिनदुःखीको साथी बन्दै जाओस ।”

    विद्यालयका प्रधानाध्यापक खुमराज भट्टले विद्यालयका बालबालिकाले शैक्षिक सामग्री र कपडा प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यस प्रकारको सहयोगले जाडो र शैक्षिक सामग्री नभएकै कारण विद्यालय नआउने बालबालिकालाई विद्यालय आउन प्रेरित मिलेको समेत बताउनुभयो ।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका कविन्द्र चेपाङ, स्पन्दन नेपालका निवर्तमान अध्यक्ष इन्दिरा भुषाल, सचिव विमला दाहाल, कोषाध्यक्ष सीता भुषाल, सदस्य सकुन्तला धरेल लगायतको सहभागिता रहेको थियो ।

    बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.