• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

हिरो एक्स्ट्रिम सिरिजका दुई नयांँ मोटरसाइकल बिक्री शुरु


  •   मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
  • चितवन । सिजी मोटर्सको आधिकारिक बिक्रेता युरो मोटर्सले हिरोको एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकल बिक्री शुरु गरेको छ । मोटर्सले हिरो कम्पनीका एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको एक भव्य कार्यक्रमका बीच सार्वजनिक तथा बिक्री गरेको हो ।

    Advertisement

    यूरो मोटर्स प्रालिले आइतबार सांँझ नारायणी नदी किनारमा दुवै मोटरसाइकल सार्वजनिक गरेको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्मालगायतले मोटरसाइकलको सार्वजनिक गरेका थिए । सो अवसरमा बोल्दै युरो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले पछिल्ला महिनाहरुमा युरो मोर्टर्सले चितवनमा आक्रामक व्यापार गरेको बताए । ‘हिरोका उत्पादन आफैंमा हिरो भइसकेको ब्राण्ड हो । यहांँका ग्राहकले हाम्रा सबै उत्पादन मनपराउनु भएको छ । यो हामी प्रतिको विश्वास हो ।’ प्रबन्ध निर्देशक भट्टराइले भने । उवासंघ चितवनका अध्यक्ष श्रेष्ठले यस्तो आर्थिक मन्दीमा पनि युरो मोटर्सले हिम्मतका साथ नयांँ उत्पादन बिक्री गर्दै जानु सबल पक्ष भएको बताए । चितवनको बाटो सुहाउंँदो यी उत्पादनमा ग्राहकको मन जित्ने विश्वास उनले गरे ।
    सार्वजनिक कार्यक्रममा नै हिरोका यी दुईवटा मोडलका ९ वटा मोटरसाइकल बिक्री भएको प्रबन्ध निर्देशक भट्टराइले जानकारी दिए ।

    हिरोको एक्स्ट्रिम १६० आर फोरभी (प्रो)को मूल्य रु. तीन लाख ८४ हजार नौ सय नौ सय तथा एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएम मेरियन्टका लागि रु. दुई लाख ८९ हजार नौ सय एवम् एबीएस भेरियन्टका लागि रु. तीन लाख ११ हजार नौ सय तोकिएको छ । सन् २०१४ मा नेपाल प्रवेश गरेको हिरो मोटोकर्पले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ ।
    एक्स्ट्रिम १६० जार फोरभीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पु¥याउँदै १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन प्रदान गर्दछ । यसले आठ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्ने जनाइएको छ । १४५ किलो तौल भएको मोटरसाइकलमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरुमा समेत कर्नरिङमा सहजता प्रदान गर्ने जनाइएको छ ।

    एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्ने बताइएको छ । एक्स्ट्रिम १२५ मा सिंगल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक र हाजार्ड लाइट जस्ता सुविधाहरु समावेश गरिएका बताइएको छ । फायरस्टोर्म रेड, कोबाल्ट ब्लू, र स्टालियन ब्याक जस्ता आकर्षक रडका विकल्पहरुमा उपलब्ध एक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरु र उच्च सुरक्षाका साथ नेपालका नयाँ पुस्ताका राइडरहरुको ध्यानाकर्षित गर्नमा कम्पनी विश्वस्त रहेको छ ।

    मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.