• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

समाजसेवी भट्टद्धारा ब्लड क्यान्सरपीडित कार्की परिवारलाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग


  •   आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १७ का ३९ बर्षीय खड्क बहादुर कार्कीलाई वडा नम्बर १६ का समाजसेवी नन्दप्रसाद भट्टले खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । भट्टले क्यान्सर पीडित कार्कीको घरमै पुगेर चामल दाल, तेल, का साथै उनका बालबालिकालाई कापी,कलम, झोला, कपडा हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण पछि प्रतिक्रिया दिदै भट्टले कार्कीको आर्थिक अवस्था नाजुक र बिरामी भएको सुनेपछि सहयोग गर्न आएको बताउनु भयो । ‘काम गरेर खुवाउने मान्छेनै बिरामी भएको सुनें । मेरो सहयोगले यो परिवारको दैनिकीमा केही सहज हुन्छ कि भनेर सहयोग सामाग्री लिएर आएको हुंँ ।’ समाजसेवी भट्टले भन्नुभयो । आफूले २० बर्षदेखि गरीब दखी, बेसाहारा तथा शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग गर्दै आएको बताउंँदै सहयोगको लागि अन्य दाताहरुसंँग पनि आग्रह गर्नुभयो । ‘तपाईहरुको सानो सानो सहयोगले उहांँले नयांँ जीवन पाउनुहुन्छ भने देश विदेशमा रहेका दाजुभाई दिदी बहिनीले जति सक्नुहुन्छ सहयोग गर्दिनुस । भट्टले आग्रह गर्नुभयो । ’
    कार्की झण्डै १ बर्षदेखि ब्लड क्यान्सर देखिएको थियो । एकछाक पनि खान धौधौ पर्ने उहांँको परिवारलाई दाताको सहयोगबाट उपचार गरिंँदै आएको थियो । तर पछिल्लो समय चिकित्सकले केमो लगाउन ४ लाख खर्च लाग्ने बताएपछि उपचार गर्न नसकेर कार्कीलाई घर फर्काइएको थियो ।

    Advertisement

    क्यान्सरपीडित खड्ककी पत्नी लक्ष्मी कार्कीले परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले उपचार गर्न नसकी अस्पतालबाट फर्किएको बताउनु भयो । ‘डाक्टरहरुले पहिला चढाएको केमोले काम नगरेको र केमो अर्को लगाउनुपर्छ भन्नुभयोे, लक्ष्मीले भन्नुभयो, हामीलाई एकछाक टार्न त मुश्किल छ त्यत्रो पैसा कहांँबाट ल्याउने ?’ कार्कीका आमा, श्रीमती र ४ जना छोराछोरी सहित ७ जनाको परिवार छ । सम्पत्तिको नाममा एउटा सानो जस्ताले छाएको घर छ । बिरामी हुनु अघि कार्की घर तथा भवनमा वेल्डिङ्गको गरेर परिवार पाल्दै आएका थिए । पछिल्लो एकबर्षदेखि लक्ष्मीले दैनिक ज्याला मजदुर गरेर जेनतेन परिवार पाल्दै आएकी छिन । ’परिवारमा उहांँनै हुनुहुन्थ्यो हामीलाई पाल्ने पोषण गर्ने , लक्ष्मीले भन्नुभयो, अहिले म बच्चाबच्ची हुर्काउने कि, उहांँलाई हेर्ने कि काम गर्ने बिचल्ली भएको छ ।‘ आफ्नो श्रीमानको उपचारको लागि सहयोग गर्न समेत उहांँले सबैलाई आग्रह गर्नुभयो ।

    बिरामी कार्कीले आफ्नो बांँच्ने रहर भएकोले उपचारको लागि सहयोग गर्दिन आग्रह गर्नुभयो । ’मर्ने रहर त कसलाई हुन्छ र, मलाई बचाईदिनुहोस, म मरें भने मेरा बालबच्चा पनि मर्छन ।’ उहांँले बिलौना गर्दै भन्नभयो । एकबर्षअघि उहांँको शरीर भरी गिर्खा , धब्बा र असहज भएपछि शंका लागेर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर देखिएको थियो । छिमेकीहरु केही सहयोग रकम जुटाएर उहांँको ८ पटकसम्म केमो थेरापी गरिएको थियो । पछिल्लो समय स्वास्थ्यमा सुधार नआएपछि चिकित्सकले केमो परिवर्तन गर्न सुझाव दिएका थिए । पैसा नभएपछि हाल कार्की घरकै बिछ्यौनामा रोगसंँग लडिरहनु भएको छ ।

    उहांँको उपचारमा यसअघि ४ लाख बराबर खर्च भईसकेको र थप केमोथेरापी गर्न ४ लाख लाग्ने चिकित्सकले बताएका छन । हाल कार्कीको उपचारको लागि आर्थिक संकलन अभियान थालिएको छ । उहांँको खड्क बहादुर कार्की नाम रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १६२०१००५५४०५९०१० मा रकम पठाएर सहयोग गरिदिन आग्रह गरिएको छ ।

    आइतबार, फागुन १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.