• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

क्याम्पाचौरमा जारी मेड इन नेपाल एक्स्पोको कन्सर्टमा दर्शकको खचाखच


  •   सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
  • चितवन । नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’मा हिजो (आइतबार) ‘पूर्णराई एण्ड दाजुभाईहरु’ र ‘परिवर्तन’ व्याण्डले प्रस्तुती दिए । ‘म्युजिक’, ‘फुड’ र ‘फन’को साथमा नयाँ वर्ष २०८२ साललाई स्वागत गर्न क्याम्पा चौरमा दर्शकको भीड लागेको थियो । दर्शकलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो ।

    Advertisement

    हिजोको कन्सर्टमा करिब सात हजार दर्शकको सहभागीता रहेको एक्स्पो आयोजक नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले जानकारी दिए । नयाँ वर्षलाई लक्षित गरी हिजो साँझ ८ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो । साँझ ८ बजेपछि ३०० रुपैयाँको टिकट लागु गरिएको उनले बताए । चैत २९ गतेदेखि सुरु भएको एक्स्पो भोलि (मंगलबार) सकिँदै छ ।

    एक्स्पो एण्ड फुड फेस्टिबलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नेपाली वस्तु तथा सेवाको प्रदर्शनी हुन्छ । साँझ ६ बजेदेखि मौलिक खाना खाँदै कन्सर्टमा रमाउन सकिन्छ । आजको कन्सर्टमा ‘स्वर’ व्याण्ड आउने नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए ।

    नयाँ वर्षको पहिलो दिन आज पनि दर्शकको उल्लेख्य सहभागीता रहने अपेक्षा गरिएको उनले बताए ।
    कन्सर्टमा भोलि (वैशाख २ गते) उदय र झक्कासको विशेष प्रस्तुति रहने नेपाली युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले बताए । फुड फेस्टिबलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।

    एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डष्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी रहेको उनले बताए । नेपाली वस्तु तथा सेवाको प्रवद्र्धन, उत्पादन बृद्धि र रोजगारी सिर्जनामा एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

    सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.