• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा


  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
  • चितवन । भरतपुर १४ स्थित शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले इन्टरनेटमार्फत एक अस्पतालदेखि अर्को अस्पतालका चिकित्सकसँग समन्वय गरी उपचार गर्ने विधि (टेलिमेडिसिन)सेवा सुरु गरेको छ । कलेज अफ मेडिकल (सिएमएस) को प्राविधिक सहयोगमा टेलिमेडिसिन सेवा सुरु गरिएको हो । आज एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहालले सेवाको उद्घाटन गर्नुभयो । नियमित चेक जाँच वा जिज्ञासाहरुको लागि डाक्टरहरुको पहुँच उपलब्ध गराउनका लागि सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    Advertisement

    पुरानो मेडिकल कलेजले संस्थागत सामाजिक उत्तरदायित्व बहनअन्तरगत केन्द्रमा टेलिमेडिसिन सेवालाई अघि बढाएको हो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले यो सेवाले विपन्न नागरिक र समयको चाप हुने विरामीलाई फलदायी हुने बताउनुभयो । यस अघि हप्ताको ६ दिने विशेषज्ञ सेवा नियमित सञ्चालन गरिने बताउनुभयो ।
    जनताको स्वास्थ्य भन्दा ठुलो कुरा केही नहुने भन्दै उहाँले महानगरपालिकाले नगरवासीको स्वास्थ्यका लागि धेरै कार्यक्रकमहरु
    गर्दै आएको बताउनुभयो ।

    भरतपुर १४ मा शिक्षक र आयुर्वेद अस्पताल गरी दुई ठुला संघीय अस्पताल बन्न लागेको उल्लेख गर्नुभयो । यहाँ ३०० बेड क्षमताको संघीय शिक्षक अस्पताल र १०० शैयाको आयुर्वेद अस्पताल निर्माणको चरणमा रहेको छ ।
    शिवनगर स्वास्थ्य केन्द्रलाई नगर स्तरीय अस्पतालको रूपमा घोषणा गरेर सोही अनुसार काम अघि बढ्ने उहांँले जानकारी दिनुभयो ।

    महानगर उपप्रमुख चित्रसेन अधिकारीले भर्चुअलबाट विशेषज्ञ सेवा गाउँमै पाएसँगै यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताउनुभयो । महानगरको गाउँगाउँमा पुगेर सेवा दिने योजनाअनुसार विशेषज्ञ सेवा सुरु भएको उहाँको भनाई थियो ।
    मेडिकल कलेजका व्यवस्थापक डा सुदिप केसीले स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज हुने बताउनु भयो ।

    केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहिबार विशेषज्ञ सेवा प्रदान गरिने छ । पुरानो मेडिकल कलेज र भरतपुर आँखा अस्पतालको समन्वयमा केन्द्रबाट हप्ताको ३ तीन दिन विशेषज्ञ सेवा दिन लागिएको केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार सोमबार जनरल फिजिसियन, बुधबार प्रसुति तथा स्त्री रोग तथा रेडीयोलोजी सेवा र बिहिबार बाल रोग तथा नेत्र रोगको सेवा दिइने छ । २०२७ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत ३ जना, पारामेडीक्स ९ जना, नर्सिङ् ८ जना, प्रयोगशालाकर्मी ४ जना, फार्मेसिस्ट २ जना, रेडियोग्राफर १ जना, सहित ३२ जना कर्मचारी कार्यरत रहेका छन् । यस केन्द्रले गत आर्थिक वर्षमा ४९ हजार ३७५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । केन्द्रले दैनिक १६५ जना बिरामी सेवा दिने गरेको छ ।

    शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.