• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

पूर्वविद्यार्थी कँडेलले दिए बालकुमारी माविका शिक्षकहरूलाई तालिम


  •   सोमबार, साउन ०६, २०८२ मा प्रकाशित
  • चितवन । बालकुमारी माध्यमिक विद्यालय नारायणगढका पूर्वविद्यार्थी नरेन्द्र कँडेलले बेलायतबाट चितवन आएर सोही विद्यालयका शिक्षकहरूलाई शिक्षण सुधार सम्बन्धी तालिम दिएका छन् ।

    Advertisement

    विद्यालयको शैक्षिक गुणस्तर वृध्दिका लागि कँडेलले तीन दिनसम्म शिक्षकहरूलाई बेलायती शिक्षा पध्दतिबारे जानकारी दिँदै कक्षामा गई शिक्षण अवलोकनसमेत गरे । उनले विद्यालयका शिक्षकहरूसँग मात्र नभई प्रधानाध्यापक, पूर्वप्रधानाध्यापक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका प्रतिनिधि, पूर्वविद्यार्थीहरूसँग पनि अन्तरक्रिया गर्न भ्याए ।

    सोमबार साँझ विद्यालयमा आयोजित तालिम समापन समारोहमा बोल्दै कँडेलले विद्यालयका समस्या र निराकरणका उपायहरू बताए । ‘शिक्षकहरू राम्रा हुनुहुन्छ तर रिजल्ट राम्रो छैन’ उनले भने, ‘पढाइसँगै सिकाइलाई पनि जोड्नु पर्छ । पढाएर मात्रै हिँड्नु भयो भने त्यो आधा काम मात्र हुन्छ ।’

    भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाटले स्मार्ट बोर्डलाई कार्यक्रमको ब्यानर र टिभी जस्तो मात्र नबनाउन आग्रह गरे । उनले स्मार्ट बोर्ड चलाउने तरिका शिक्षकहरूलाई सकाउन वडाबाट प्रशिक्षक पठाइदिने प्रतिबध्दतासमेत व्यक्त गरे ।

    भरतपुर महानगरपालिकाको शिक्षा महाशाखा अन्तर्गतको माध्यमिक शाखा प्रमुख ऋषिराम शर्माले विद्यालय सुधार योजना बनाई कमजोरी हटाएर विद्यालयको शैक्षिक गुणस्तर वृध्दि गर्न सकिने विचार व्यक्त गरे । उनले भने, ‘शिक्षकले चाहे शैक्षिक गुणस्तरमा परिवर्तन हुन्छ ।’

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराईले विद्यालयको शैक्षिक गुणस्तर अभिवृध्दिका लागि एकवर्षे रणनीति तय गरेर अगाडि बढ्ने तयारीमा आफू जुटेको जानकारी गराए । ‘राम्रो गर्ने चाहना हामी सबैको छ’ उनले भने, ‘अब सबै पक्ष मिलेर राम्रो नतिजा आउने गरी काम गर्नु पर्छ ।’

    बालमाविद् अलुम्नाई एसोसिएसनका अध्यक्ष वामदेव शर्माले हिजोका गल्तीलाई सुधारेर अगाडि बढेमा विद्यालयले फड्को मार्ने बताए । समापन समारोहमा शिक्षक अभिभावक संघका सल्लाहकार नारायणसिंह गुरूङले पनि मन्तव्य राखेका थिए ।

    तीनदिने तालिमका सहजकर्ता नरेन्द्र कँडेललाई विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले मायाको चिनो दिएका थिए ।

    सोमबार, साउन ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.