• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

पूर्वविद्यार्थी कँडेलले दिए बालकुमारी माविका शिक्षकहरूलाई तालिम


  •   सोमबार, साउन ०६, २०८२ मा प्रकाशित
  • चितवन । बालकुमारी माध्यमिक विद्यालय नारायणगढका पूर्वविद्यार्थी नरेन्द्र कँडेलले बेलायतबाट चितवन आएर सोही विद्यालयका शिक्षकहरूलाई शिक्षण सुधार सम्बन्धी तालिम दिएका छन् ।

    Advertisement

    विद्यालयको शैक्षिक गुणस्तर वृध्दिका लागि कँडेलले तीन दिनसम्म शिक्षकहरूलाई बेलायती शिक्षा पध्दतिबारे जानकारी दिँदै कक्षामा गई शिक्षण अवलोकनसमेत गरे । उनले विद्यालयका शिक्षकहरूसँग मात्र नभई प्रधानाध्यापक, पूर्वप्रधानाध्यापक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका प्रतिनिधि, पूर्वविद्यार्थीहरूसँग पनि अन्तरक्रिया गर्न भ्याए ।

    सोमबार साँझ विद्यालयमा आयोजित तालिम समापन समारोहमा बोल्दै कँडेलले विद्यालयका समस्या र निराकरणका उपायहरू बताए । ‘शिक्षकहरू राम्रा हुनुहुन्छ तर रिजल्ट राम्रो छैन’ उनले भने, ‘पढाइसँगै सिकाइलाई पनि जोड्नु पर्छ । पढाएर मात्रै हिँड्नु भयो भने त्यो आधा काम मात्र हुन्छ ।’

    भरतपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज रानाभाटले स्मार्ट बोर्डलाई कार्यक्रमको ब्यानर र टिभी जस्तो मात्र नबनाउन आग्रह गरे । उनले स्मार्ट बोर्ड चलाउने तरिका शिक्षकहरूलाई सकाउन वडाबाट प्रशिक्षक पठाइदिने प्रतिबध्दतासमेत व्यक्त गरे ।

    भरतपुर महानगरपालिकाको शिक्षा महाशाखा अन्तर्गतको माध्यमिक शाखा प्रमुख ऋषिराम शर्माले विद्यालय सुधार योजना बनाई कमजोरी हटाएर विद्यालयको शैक्षिक गुणस्तर वृध्दि गर्न सकिने विचार व्यक्त गरे । उनले भने, ‘शिक्षकले चाहे शैक्षिक गुणस्तरमा परिवर्तन हुन्छ ।’

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराईले विद्यालयको शैक्षिक गुणस्तर अभिवृध्दिका लागि एकवर्षे रणनीति तय गरेर अगाडि बढ्ने तयारीमा आफू जुटेको जानकारी गराए । ‘राम्रो गर्ने चाहना हामी सबैको छ’ उनले भने, ‘अब सबै पक्ष मिलेर राम्रो नतिजा आउने गरी काम गर्नु पर्छ ।’

    बालमाविद् अलुम्नाई एसोसिएसनका अध्यक्ष वामदेव शर्माले हिजोका गल्तीलाई सुधारेर अगाडि बढेमा विद्यालयले फड्को मार्ने बताए । समापन समारोहमा शिक्षक अभिभावक संघका सल्लाहकार नारायणसिंह गुरूङले पनि मन्तव्य राखेका थिए ।

    तीनदिने तालिमका सहजकर्ता नरेन्द्र कँडेललाई विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले मायाको चिनो दिएका थिए ।

    सोमबार, साउन ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.