• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
शुक्रबार, भदौ ०६, २०८२
☰
शुक्रबार, भदौ ०६, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

  • ३. एटुजेडको तीज बिशेष लेखन प्रतियोगितामा २५ वटा आर्टिकल संकलन

  • ४. मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

एटुजेडको तीज बिशेष लेखन प्रतियोगितामा २५ वटा आर्टिकल संकलन


  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
  • चितवन। एटुजेड समाचार डटकमद्वारा आयोजित महिला पत्रकार एवम् सञ्चारकर्मीबीच ‘तेस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिता’ मा २५ जनाले सहभागीता जनाएका छन् । एटुजेडले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच “हरितालिका तीज ः पर्व कि प्रदर्शन ?” शीर्षकमा आर्टिकल लेखन प्रतियोगिता आयोजना गरेको थियो ।

    Advertisement

    आर्टिकल लेखनका लागि साउन २५ देखी भाद्र ४ गते सम्म समय दिईएको थियो । समयसिमा भित्र प्राप्त भएका आर्टिकलहरूलाई भाद्र ५ गते एटुजेड समाचारको वेबसाईट र फेसबुक पेजमा प्रकाशन गरिएको छ ।

    आयोजक संस्था एटुजेड समाचार डटकम डिजिटल पत्रिका फेसबुक प्लेटफर्ममार्फत पनि प्रकाशित भएको हुँदा सामाजिक सन्जाल प्रयोगमा पत्रकार र पाठक दुबै वर्गको सकारात्मक सक्रियताका लागि २० प्रतिशत निर्णयको आधार छुट्टाइएको छ ।

    जसअनुसार फेसबुक पेजमा भाद्र ५ गते देखी भाद्र १० गते राती १२ बजेसम्म गरिएका लाईक, कमेन्ट, सेयर र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगीहरू छनौट गरि पुरस्कृत गरिनेछ । सहभागीलाई पुरस्कार वितरणको मिती, समय र स्थानको बारेमा पुन : जानकारी गराईने छ ।

    आर्टिकल लेखनमा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई १५ हजार र सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ । उच्च सम्मान उपहार स्वरुप लगातार तीन बर्ष सम्म प्रथम हुने बिजेतालाई इलेक्ट्रीक स्कुटर उपहार समेत दिइनेछ ।

    मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेटफर्ममार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका एटुजेड समाचार डटकमले संस्कृति संरक्षणमा चल्ने कलमको सम्मान गर्दै उक्त प्रतियोगिता आयोजना गरेको हो ।

    चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा विदेशमा समेत रहेका महिला पत्रकार ÷ सञ्चारकर्मीहरूलाई पुनः चितवनसँग जोड्ने र मौलिक कला÷संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको एटुजेड समाचार डटकमका अध्यक्ष किशोरचन्द्र सापकोटाले जानकारी दिए ।

    सो कार्यक्रमको एब्रोड पार्टनरमा निप्पोन एजुकेशन सेन्टर, ग्रेस इन्टरनेशनल एजुकेशन, कनेक्ट अस्टेलियन एजुकेशन, ई प्लानेट एजुकेशन, आकारुई एजुकेशन, फर्निचर पाटनरमा सोफा हब चितवन, कलर पार्टनरमा टाटा पेन्ट्स, हेल्थ पार्टनरमा पुष्पान्जली हस्पिटल प्राली, हस्पिटालीटी पार्टनरमा सिएमटी होटल, होटल पौवा, मोबाइल पाटनरमा बिकु मोबाइल हाउस रहेको छ ।

    शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत
    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    • ३.
      एटुजेडको तीज बिशेष लेखन प्रतियोगितामा २५

    • ४.
      मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा

    भर्खरै

    • १.
      मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

    • २.
      एटुजेडको तीज बिशेष लेखन प्रतियोगितामा २५ वटा आर्टिकल संकलन

    • ३.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • ४.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ५.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ६.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ७.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ८.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.