चितवन । वैदिक आयुर्वेदिक सेवा प्रालीको आयोजनामा सम्पन्न तिज गित प्रतियोगितामा भरतपुर १२ स्थित आनन्द दिदीबहिनी भजन समुह प्रथम भएको छ । आइतबार रोयल बेनक्विड भरतपुर ६ चोक बजार भएको सो प्रतियोगितामा अग्रसर आमा समूह रामबाग र तृतीय मध्यबिन्दु टोल विकास संस्था भएको छ । यसैगरी सहनशिला बुहारी समूह भरतपुर २२ र नवकल्याण टोल विकास संस्थाले सान्त्वना पुरस्कार पाएका थिए। यसैगरी वैदिक विषयवस्तु उत्कृष्ट उत्थान मिलिजुली बचत समूह भरतपुर छ भएको थियो भने उत्कृष्ट नृत्य डम्पिङ महिला उद्यमी समूह रत्ननगर ११. भएको कार्यक्रम संयोजक भागवत लामिछानेले जानकारी दिनुभयो ।
आयुर्वेदिकले सबै रोग सन्चो गर्छ भन्ने शीर्षकमा आधारित खुल्ला तीज गीत प्रतियोगितामा १४ टिम सहभागी भएका थिए । गतबर्ष जस्तै तिज गित प्रतियोगितामा तीब्र प्रतिपस्पर्धा भएको थियो ।
कार्यक्रमको अध्यक्षता वैदिक आयुर्वेदिक सेवा प्रालीका प्रबन्ध निर्देशक चक्रवर्णी न्यौपानेले गर्नुभएको थियो । सो अवसरमा बोल्दै न्यौपानेले पछिल्लो समय वैदिक आयुर्वेदको उत्पादन र सेवामा सेवाग्राहीको विश्वास बढ्दै गएको बताउनु भयो । उहांँले स्वास्थ्य प्रति सचेतना र संस्थागतसामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम गर्दै आएको बताउनु भयो ।
प्रमुख अतिथि वैदिक आयुर्वेदिक सेवा प्रालीका डाक्टर आकाश जिसी , विशिष्ट अतिथि वडा नम्बर ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ चोक र चोक बजार टोल विकास संस्थाका अध्यक्ष मुना गुरुङ रहनु भएको थियो। कार्यक्रमको भागवत लामिछानेको संयोजकत्वमा भएको थियो। कार्यक्रम सञ्चालक सुशील क्षेत्रीले गर्नुभएको थियो। प्रतियोगितामा मधुसुधन घिमिरे अपेक्षा गिरी सविता न्यौपाने निर्णायक रहनुभएको थियो




