• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

तमु ल्होसार पर्वको तयारी पुष १३ गतेदेखि


  •   मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
  • चितवन । तमू ल्होसार पर्वको तयारी अन्तिम चरणमा पुगेको छ । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रमको अधिकांश तयारी सम्पन्न भइसकेको आयोजकले जनाएको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत दुवै संस्थाले कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

    Advertisement

    यसपटक दुवै संस्थाले विशालचोकस्थित वीरेन्द्र बहुमुखी क्याम्पसको नौविघा –डिग्री भवन) परिसरमा एकै ठाउँमा संयुक्त रूपमा ल्होसार पर्व मनाउने भएका छन् । तीन दिनसम्म चल्ने कार्यक्रम पुस १३ गते बिहान महाबौद्ध गुम्बा तीनखोलेबाट सुरु हुने शोभायात्रासँगै औपचारिक रूपमा प्रारम्भ हुनेछ ।
    तमू ह्युल छोँज धीँ चितवनका अध्यक्ष ब’४िमान गुरूङका अनुसार यसवर्ष ल्होसारलाई खुला चौरमा व्यवस्थित र भव्य रूपमा मनाउने योजना बनाइएको छ । चितवनमा गुरूङ समुदायको बाक्लो उपस्थितिलाई उजागर गर्ने उद्देश्यले सार्वजनिक स्थानमा कार्यक्रम आयोजना गरिएको उनले बताए । “विगतमा दुवै संस्थाले आ–आफ्नै रूपमा कार्यक्रम गर्दै आएका थियौँ, तर यसपटक पहिलो पटक संयुक्त मञ्चबाट कार्यक्रम गर्न लागेका हौँ,” उनले भने ।

    तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूका अनुसार संयुक्त रूपमा एकै स्थानमा पर्व मनाउने योजनाले जिल्लाका गुरूङ समुदायमा थप उत्साह र हौसला थपेको छ । पुस १३ देखि १५ गतेसम्म तीन दिन विशेष उत्सवकै रूपमा ल्होसार मनाइने उनले जानकारी दिए । उनका अनुसार सांस्कृतिक कार्यक्रमलाई प्राथमिकतामा राखेर राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहनेछ । पुस १३ र १५ गते दिनभर कार्यक्रम सञ्चालन हुनेछ भने १४ गते रात्रिकालीन कार्यक्रम पनि राखिएको छ । “पुस १४ गते राति १२ बजेसम्म पुरानो दिन र त्यसपछि नयाँ दिनको स्वागत गर्ने हाम्रो परम्परा हो,” उनले भने ।

    कार्यक्रम अवधिभर विभिन्न सांस्कृतिक प्रस्तुति, खेलकुद प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरणका कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ । साथै गुरूङ जातिको खाना, खाजासहित संस्कृति, पहिचान र परम्परासँग सम्बन्धित विषयवस्तु झल्कने प्रदर्शनी कक्षहरू पनि राखिनेछन् । आफ्नो उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्न चाहनेहरूका लागि प्रदर्शनी कक्ष दर्ता प्रक्रिया जारी रहेको जनाइएको छ ।
    मुख्य आयोजक तमू ह्युल छोँज धीँ र तमू प्ये ल्हु संघ भए पनि तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रिय परिषद् चितवन, तमू प्ये ल्हु संघ महिला समिति, युवा समिति, तमू (गुरूङ) विद्यार्थी छोँज धीँलगायत भ्रातृ संघसंस्थाहरूले सहयोगी भूमिका निर्वाह गर्नेछन् ।
    यसवर्ष सर्प वर्ग (सप्रि ल्हो)को बिदाइ गर्दै घोडा वर्ग (त ल्हो)को स्वागतका साथ तमू ल्होसार मनाइने तयारी गरिएको हो । प्रत्येक वर्ष पुस १५ गते ल्हो अर्थात् वर्ग परिवर्तन हुने परम्परा रहेको छ, जहाँ १२ वर्षमा एक चक्र पूरा हुन्छ ।

    मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.