• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

रैथाने उत्पादन र मह प्रवर्द्धनमा रत्ननगर महोत्सव


  •   सोमबार, पुष १४, २०८२ मा प्रकाशित
  • नारायणगढ (चितवन) । रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने उद्देश्यसहित चितवनको रत्ननगर नगरपालिका–टिकौली चौरमा रत्ननगर महोत्सव–२०८२ आयोजना हुने भएको छ ।

    Advertisement

    स्थानीय उत्पादनको प्रवर्द्धन, कृषक तथा उद्यमीलाई बजारसँग जोड्ने र लोपोन्मुख रैथाने खानाको संरक्षण गर्ने लक्ष्यसहित यही पुस २५ देखि आगामी माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

    आज रत्ननगरको सौराहामा आयोजित पत्रकार सम्मेलनमा हरेक दुई–दुई वर्षमा आयोजना हुँदै आएको रत्ननगर महोत्सवको १३औँ संस्करण स्थानीय आर्थिक गतिविधि बढाउन महत्वपूर्ण हुने आयोजकले जानकारी दिएका छन् ।

    पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका संयोजक तथा रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शंकर गिरीले महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिसहित राष्ट्रिय, अन्तरराष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब २५० स्टल रहने जानकारी दिनुभयो । चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र र २५ करोडभन्दा बढी कारोबार हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

    कृषि उपजलाई प्राथमिकतामा राख्दै कृषि प्रदर्शनी, रैथाने बालीको प्रोत्साहन तथा बजारीकरणमा विशेष जोड दिइएको गिरीले जानकारी दिनुभयो । ‘बिर्सनु हुँदैन बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत स्वाद’ भन्ने मूल नारासहित विभिन्न जातजातिका परम्परागत घर तथा संस्कृतिको झल्को दिने संरचना निर्माण गरिने उहाँले बताउनुभयो ।

    संयोजक गिरीका अनुसार महोत्सवका अवसरमा ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव–२०८२’ आयोजना गरिनेछ । साथै महको छुट्टै परिसर रहने महोत्सवमा ‘दोस्रो चितवन मह उत्सव–२०८२’ पनि समावेश गरिने भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यान्वयन एकाइ चितवन मौरी जोनको समन्वयमा महको उपयोग, जनचेतना र बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले महको प्रवद्र्धन गरिने गिरीले बताउनुभयो ।

    “हाम्रो स्थानीय उत्पादन मह पौष्टिक आहारले भरिपूर्ण र गुणस्तरीय खाद्य पदार्थ हो, मानिसदेखि पशुपन्छीसम्म पोषणयुक्त आहारका रूपमा प्रयोग गर्न सकिने भएकाले महको उत्पादनदेखि बजारीकरणसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले यसलाई प्राथमिकता दिँदै मह उत्सव आयोजना गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

    महोत्सवमा रोजगार मेला, जनकपुरको रामजानकी गेटको झल्को तथा अन्य विभिन्न आकर्षण पनि समावेश गरिनेछ । सौराह प्रवेशद्वार नजिकै आयोजना हुने महोत्सवको आयोजना रत्ननगर उद्योग वाणिज्य सङ्घले गर्न लागेको हो भने रत्ननगर नगरपालिका महोत्सवको संरक्षक रहेको छ । रासस

    सोमबार, पुष १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.