• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

पुरुषको कथामा आधारित चलचित्र महापुरुष कार्तिक ११ गतेदेखि


  •   शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
  • चितवन । कार्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरुष’ को देशव्यापी प्रचार–प्रसारमा व्यस्त रहेको छ ।
    ‘प्रमोसनल’ टुरका लागि देश दौडाहामा रहेको चलचित्र युनिटले आज (शुक्रबार) चितवनका पत्रकारहरुसँग भेटघाट गरेको छ । नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कार्यकारी निर्माता एवं कलाकार रविन्द्र सिंह बाँनियाले ‘महापुरुष’ को कथाको जन्म देवघाटबाट भएको बताएका छन् ।
    देवघाटका एक ‘बा’ को कथाबाट प्रभावित भएर ‘महापुरुष’ को कथा जन्मिएको उनको भनाइ थियो । देवघाटका एक एकल ‘बा’ को सत्य घटनाबाट चलचित्र प्रभावित भएको उनले बताए । आमाको कथामा धेरै चलचित्र बनेको बताउँदै ‘महापुरुष’ बुवाको कथामा केन्द्रित रहेको उनको भनाइ थियो ।
    चलचित्रमा उठान गरिएको कथाबस्तुलाई बलियो बनाउन निकै मिहिनेत गरिएको उनले बताए । राम्रो बिषयबस्तुमा चलचित्र निर्माण गरे चल्छ भन्ने उदाहरण ‘महापुरुष’ ले दिने उनको विश्वास छ ।
    लेखक तथा निर्देशक प्रदीप भट्टराईले परिवारसँगै रहे पनि सन्तानले समय नदिँदा बुवा आमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने कथा चलचित्रको माध्यमबाट देखाउन खोजिएको बताए । उनले चलचित्रलाई स्वादिष्ट बनाउन खोजिएको बताए । ‘हामीले स्वादिष्ट बनाउन खोजेका छौं । ११ गतेपछि प्लेटमा पस्किन्छौं । सबैले मिठो मान्नु हुनेछ भन्ने विश्वास छ’, उनले भने ।
    कलाकार हरिवंश आचार्यले लामो समयपछि ‘महापुरुष’ मार्फत गम्भीर भूमिकामा अभिनय गर्ने अवसर पाएको बताए । ‘बलिदान’ पछि पहिलो पटक यस चलचित्र मार्फत एउटा गम्भीर भूमिका निर्वाह गर्ने अवसर पाएको उनको भनाइ थियो । चलचित्र हसाँउदा हसाँउदै रुवाउने र रुवाउँदा रुवाउँदै हसाउँने उनले बताए ।
    नायक अरुण क्षेत्रीले सामाजिक कथामा काम गर्ने इच्छा ‘महापुरुष’ बाट पुरा भएको बताए । अभिनेत्री अन्जना बराईलीले चलचित्रमा राम्रो काम गर्ने प्रयास गरेको बताईन् । दिग्गज कलाकारहरुबाट हरेक दिन नयाँ कुरा सिक्ने अवसर पाएको उनको भनाइ थियो ।
    म्याक्स दीपेश खत्री निर्मित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेललगायतको मुख्य पनि अभिनय छ । दीपक बज्रचार्यले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको ट्रेलर र दुई वटा गीत सार्वजनिक भइसकेको छ ।

    Advertisement

    शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.