• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

पुरुषको कथामा आधारित चलचित्र महापुरुष कार्तिक ११ गतेदेखि


  •   शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
  • चितवन । कार्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरुष’ को देशव्यापी प्रचार–प्रसारमा व्यस्त रहेको छ ।
    ‘प्रमोसनल’ टुरका लागि देश दौडाहामा रहेको चलचित्र युनिटले आज (शुक्रबार) चितवनका पत्रकारहरुसँग भेटघाट गरेको छ । नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कार्यकारी निर्माता एवं कलाकार रविन्द्र सिंह बाँनियाले ‘महापुरुष’ को कथाको जन्म देवघाटबाट भएको बताएका छन् ।
    देवघाटका एक ‘बा’ को कथाबाट प्रभावित भएर ‘महापुरुष’ को कथा जन्मिएको उनको भनाइ थियो । देवघाटका एक एकल ‘बा’ को सत्य घटनाबाट चलचित्र प्रभावित भएको उनले बताए । आमाको कथामा धेरै चलचित्र बनेको बताउँदै ‘महापुरुष’ बुवाको कथामा केन्द्रित रहेको उनको भनाइ थियो ।
    चलचित्रमा उठान गरिएको कथाबस्तुलाई बलियो बनाउन निकै मिहिनेत गरिएको उनले बताए । राम्रो बिषयबस्तुमा चलचित्र निर्माण गरे चल्छ भन्ने उदाहरण ‘महापुरुष’ ले दिने उनको विश्वास छ ।
    लेखक तथा निर्देशक प्रदीप भट्टराईले परिवारसँगै रहे पनि सन्तानले समय नदिँदा बुवा आमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने कथा चलचित्रको माध्यमबाट देखाउन खोजिएको बताए । उनले चलचित्रलाई स्वादिष्ट बनाउन खोजिएको बताए । ‘हामीले स्वादिष्ट बनाउन खोजेका छौं । ११ गतेपछि प्लेटमा पस्किन्छौं । सबैले मिठो मान्नु हुनेछ भन्ने विश्वास छ’, उनले भने ।
    कलाकार हरिवंश आचार्यले लामो समयपछि ‘महापुरुष’ मार्फत गम्भीर भूमिकामा अभिनय गर्ने अवसर पाएको बताए । ‘बलिदान’ पछि पहिलो पटक यस चलचित्र मार्फत एउटा गम्भीर भूमिका निर्वाह गर्ने अवसर पाएको उनको भनाइ थियो । चलचित्र हसाँउदा हसाँउदै रुवाउने र रुवाउँदा रुवाउँदै हसाउँने उनले बताए ।
    नायक अरुण क्षेत्रीले सामाजिक कथामा काम गर्ने इच्छा ‘महापुरुष’ बाट पुरा भएको बताए । अभिनेत्री अन्जना बराईलीले चलचित्रमा राम्रो काम गर्ने प्रयास गरेको बताईन् । दिग्गज कलाकारहरुबाट हरेक दिन नयाँ कुरा सिक्ने अवसर पाएको उनको भनाइ थियो ।
    म्याक्स दीपेश खत्री निर्मित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेललगायतको मुख्य पनि अभिनय छ । दीपक बज्रचार्यले खिचेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको ट्रेलर र दुई वटा गीत सार्वजनिक भइसकेको छ ।

    Advertisement

    शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.