• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

फोर्ब्सको साइबर सेक्युरिटी प्रोगाममा विद्यार्थीको आकर्षण, प्रहरीले पनि लिन्छन् तालिम


  •   शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
  • चितवन ।इन्टरनेट सेवा विस्तार हुँदै जाँदा सामाजिक सञ्जाल प्रयोगकर्ता पनि बढेका छन् । कतिपयले भने सामाजिक सञ्जालको गलत प्रयोग गर्ने गरेका छन् । सामाजिक सञ्जालको सही प्रयोग गर्न नजान्दा साइबर क्राइमका घटना बढ्दै गएका छन् । साइबर सेक्युरिटीसम्बन्धी पढाइ भने कमै मात्र हुने गरेको छ ।

    Advertisement

    काठमाडौँ उपत्यका बाहिर फोर्ब्स कलेजले चितवनमा स्नातक तहमा साइबर सेक्युरिटीसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले विद्यार्थीलाई मात्र पढाउँदैन प्रहरीलाई समेत बेलाबेलामा साइबर सेक्युरिटीसम्बन्धी तालिम दिँदै आएको छ । पछिल्लो समय साइबर क्राइमका घटना बढ्दै जाँदा प्रहरीलाई नै टाउको दुखाईको विषय बनेको छ ।

    भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा २०७४ सालमा स्थापना भएको फोर्ब्स कलेजको मुख्य उद्देश्य विशुद्ध प्राविधिक शिक्षा प्रदान गर्ने हो । यसले स्नातक तहमा ‘बिएचएम प्रोग्राम’ पनि सञ्चालन गर्दै आएको छ । उपत्यका बाहिर फोर्ब्सले मात्र साइबर सेक्युरिटीको कार्यक्रम सञ्चालन गर्दै आएको प्रिन्सिपल हरिशरण पाठकको दाबी छ ।

    कलेजले व्यवहारमा आधारित कार्यक्रम सञ्चालन गर्नुकासाथै अतिरिक्त कोर्स पनि गराइरहेको उनले बताए । यहाँ तीन सयभन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् । इन्टर्नमा गएका विद्यार्थीलाई पनि राम्रो प्रतिक्रिया मिलिरहेको र विभिन्न स्थानमा जागिरको अवसर पनि मिलेको उनी बताउँछन् ।

    ‘यही कोर्ष पढ्न विदेश जान नपर्ने अवस्था छ । नेपालको युनिभर्सिटीले नपढाएको शिक्षा हामीले प्रदान गरिरहेका छौँ’, उनी भन्छन्, ‘विदेश जाने विद्यार्थीलाई नेपालमै रोक्नमा कलेजले महत्वपूर्ण भूमिका खेलेको हाम्रो विश्वास छ।’ सुरुवाती चरणमा साइबर सेक्युरिटीको पढाइ कस्तो होला भन्नेमा विद्यार्थीमा अन्योलता थियो । पछिल्ला वर्ष भने विद्यार्थी आफैले कलेज खोजेर पढ्न आउन थालेको उनी बताउँछन् ।

    ‘प्रत्येक वर्ष विद्यार्थीको संख्या बढ्दै गइरहेको छ । पहिलो व्याचमा भन्दा अन्तिम व्याचमा विद्यार्थी धेरै छन्’, उनले भने । ‘आइटी’का विद्यार्थीहरु बैंक, प्रहरी कार्यालय, डाटा सेन्टर, नेटवर्क आवश्यक पर्ने कम्पनीहरू, नेपाल सरकारका विभिन्न कार्यालयमा सेक्युरिटी अडिट गर्न र इथिकल ह्याकिङको क्षेत्रका जान सक्छन् ।

    नेपालमा पछिल्लो समय ह्याकिङको घटना पनि बढिरहेको छ । त्यसलाई कसरी रोक्न सकिन्छ भनेर जान्न पनि यस क्षेत्रको महत्व बढिरहेको उनी बताउँछन् । ‘काठमाडौँको तुलनामा यहाँ सस्तोमा पनि पढाइ भइरहेको छ । एउटा प्रोग्राम सात लाख ७५ हजार तिरेर विद्यार्थीले पढ्न पाउँछन्’, उनले भने ।

    कलेजले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर प्रहरीहरूलाई पनि साइबर सेक्युरिटीको तालिम दिने गरेको उनले बताए । सर्वसाधारणमा साइबर क्राइमसम्बन्धी जुनसुकै समस्या भएमा कलेजमा सम्पर्क गर्न सकिने उनको भनाइ छ । कलेजले शिक्षा मन्त्रालयबाट स्वीकृत लिएर पोल्यान्डस्थित युनिभर्सिटी अफ कम्प्युटर साइन्स एन्ड स्किल्सबाट सम्बन्धन पाएको छ ।

    कलेजको ब्याचलर इन होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रममा पनि विद्यार्थीको आकर्षण रहेको उनी बताउँछन् । बिएचएमका विद्यार्थीलाई इन्टर्नका लागि होटलमा पठाउने, आन्तरिक प्रतिस्पर्धा गराउने र प्रस्तुति दिन लगाउने गरिएको उनले बताए । पढ्दै गर्दा पनि फिल्डमा गएर काम गरेको जस्तो अनुभव विद्यार्थीमा जागृत गराउन खोजिएको उनको भनाइ छ ।

    ‘बिएचमा पढेका विद्यार्थीहरु विशेषत होटलमा बढी केन्द्रित हुन्छन्, सर्भिस सिस्टम हुने ठाउँ होटलदेखि एयरलायन्ससम्म, टुर एन्ड टुरिजमदेखि गेस्ट वेलकम गर्ने जुनसुकै क्षेत्रमा विद्यार्थी जान सक्छन्’, उनले भने । उनका अनुसार पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी पढ्न भनेर यहाँ आउने गरेका छन् । कलेजमा चितवन र नवलपुरका विद्यार्थी धेरै छन् । यहाँ ३० भन्दा बढी प्राध्यापकहरूले पढाउने गरेको उनले बताए । न्युज कारखाना

    शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.