• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

क्षेत्र नम्बर २ गठबन्धनको सचिवालयको उद्धघाटन ः गठबन्धनको जितनै जनताको जित


  •   शनिबार, असोज २९, २०७९ मा प्रकाशित
  • चितवन । चितवन क्षेत्र नम्बर २ गठबन्धन सचिवालयकोे उद्धघाटन गरिएको छ । आज भरतपुर महानगर पालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडी चुनावी प्रचार प्रसार अभियानको लागि कार्यालयको उद्दघाटन गरिएको हो । उद्धघाटन कार्यक्रममा गठबन्धनका उमेद्वार, पांँच दलीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

    Advertisement

    सो अवसरमा बोल्दै गठबन्धनका क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार उमेश श्रेष्ठले गठबन्धनको जितनै जनताको जित भएको बताए । उनले आफ्नो उम्मेद्वारी शिक्षा ,स्वास्थ्य रोजगारीको लागि भएको भन्दै आफूले चुनाव जितेमा १० बर्षमै चितवनलाई कायापलट गर्न सकिने बताए । ‘म आफै गरिखाने अभियानको अभियान्ता हो, उनले भने, युवाहरुलाई रोजगारी जोड्नको लागि पनि मैले उम्मेद्वारी दिएको हुंँ ।’ यो चुनाव आफू एक्लैको नभएको भन्दै उनले जनताको हातमै नतिजा भएको बताए । आफू लामो समय शिक्षा क्षेत्रमा रहेको र निस्वार्थ भावका साथ राजनीतिमा लागेको भन्दै चितवनको परिवर्तनको लागि उम्मेद्वारी दिएको बताए । ‘देशमा व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन उनले भने, मेरो उम्मेद्वारी स्थायी राजनीति र समृद्धिको लागि हो ।’

    सो अवसरमा बोल्दै गठबन्धनका संयोजक राजेश्वर खनालले चितवन जिल्लालाई समानुपातिक विकास गर्न पनि गठबन्धनलाई जिताउनु आवश्यक रहेको बताए । चितवनको शिक्षा स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा परिवर्तन ल्याउन पनि गठबन्धनलाई जनताले जिताउनु पर्ने उनले धारणा राखे ।
    क्षेत्र नम्बर प्रदेश २ क गठबन्धनका उम्मेदवार घनश्याम दाहालले आफूहरु उम्मेदवारको प्रतिनिधि पात्र मात्र भएको बताए । हामी त एउटा प्रतिनिधि पात्र मात्र हौं, उनले भने, जनता सबै उम्मेद्वार हुन्
    आफूले वाग्मती प्रदेश मन्त्री हुंँदा पनि चितवनको लागि दर्जनौं काम गरेको बताउंँदै उनले बांँकी काम गर्नपनि जनताले मतदान गर्नेमा आफू विश्वस्त रहेको बताए । आफूले प्रतिबद्धता गरेका जनताको काम गर्दै आएको भन्दै उनले सवारी अनुमति पत्र वितरणका लागि प्रविधिमैत्री व्यवस्था गर्न सफल भएको बताए ।
    प्रदेश २ ख का उम्मेदवार उत्तम जोशीले शान्ति समृद्धि र परिवर्तनको लागि गठबन्धन चुनावी अभियान लागेको भन्दै प्रतिगामीलाई परास्त गर्न पनि गठबन्धन जित्नु आवश्यक रहेको बताए । देशमा विभिन्न कालखण्डमा आन्दोलन भएपनि अहिलेसम्म पनि मुहार नसकेको भन्दै गठबन्धनको नेतृत्वले यो जिम्मा लिनुपर्ने बताए । आफ्नो उम्मेदवारी चितवनमा शान्ति समृद्धि र विकासको लागि रहेको उनको भनाई थियो ।
    सो अवसरमा बोल्दै चितवन कांँग्रेस सभापति जितनारायण श्रेष्ठले गठबन्धनले तीनैवटै क्षेत्र जित्ने गरी चुनावी अभियानलाई तीब्र पार्नुपर्ने बताए । गठबन्धनका उम्मेदवार चितवनको विकासको लागि योग्य पात्र रहेको भन्दै उनले भने, क्षेत्र नम्बर १ मा विश्व पौडेल हुनुहुन्छ उहांँ आगामी सरकारको अर्थमन्त्री को योग्य उम्मेद्वार हो क्षेत्र नम्बर २ मा शिक्षाविद उमेश श्रेष्ठ हुनुुहुन्छ उहांँ शिक्षा मन्त्रीको लागि योग्य उम्मेद्वार हो तीन क्षेत्रमा डाक्टर भोजराज अधिकारी हुनुहुन्छ उहांँ स्वास्थ्य मन्त्रीको लागि योग्य उम्मेद्वार हो । प्रतिगामीलाई परास्त गर्दै गठबन्धनले जित हासिल गर्नुपर्ने भन्दै उनले सबैले आफ् आफ्नो क्षेत्रबाट चुनावी अभियान र एजेण्डालाई जनतासामु लैजानुपर्ने बताए ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्ण न्यौपाने लब्ली, जनता समाज पार्टीका जिल्ला अध्यक्ष डम्बर पुरी, लगायतले मन्तव्य राखेका थिए ।
    कार्यक्रम क्षेत्र नम्बर २ का कांँग्रेस सभापति भरत लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    शनिबार, असोज २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.