चितवन । क्षेत्र नम्बर २ ख का प्रदेश गठबन्धनका उम्मेद्वार युवा नेता उत्तम जोशीले भष्ट्राचार निर्मुल पार्ने आफ्नो प्राथमिकता रहने बताएका छन । आज विभिन्न भरतपुर १२, र ४ गठबन्धनको वडा समितिको कार्यालय उद्ध्घान गर्ने क्रममा उनले आफूले जितेमा भ्रष्टाचार शुन्य बनाउने प्रतिबद्धता व्यक्त गरे ।
‘ म आफूपनि भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न ।’ उनले भने । हिजोका दिनमा पनि आफूले भ्रष्टाचार विरोधी कार्यक्रममा सक्रिय रहंँदै आएकोले यो काम प्रमुख प्राथमिकतामा रहेको बताए ।
अबको सरकार शिक्षा स्वास्थ्य रोजगारमा केन्द्रित हुनुपर्ने बताउंँदै आफूले निर्वाचन जितेमा यी समस्याको हल गर्न लागिपर्ने बताए । प्रदेश सांसद भएपछि कानुन बनाउने, जनताको आधारभूत आवश्यकता पुरा गर्ने विषयमा आफ्नो पहल हुने उनको भनाई थियो । आफु विगत लामो समयदेखि नेपाली कांँग्रेसको राजनीतिमा निष्ठा र इमान्दारीताका साथ सक्रिय रहेकोले पनि जनताले आफूलाई राम्रो संँग बुझेको पनि उनले बताए । ‘मलाई यहांँको जनताले राम्रो संँग चिन्नुभएको छ । बुझ्नुभएको छ । मलाई पनि हरेक घरको समस्या राम्रोसंँग थाहा छ । मलाई एकपटक जिताएर हेर्न अनुरोध गर्दछु । ’जोशीले भने ।
उनले आफू जनताको सेवा गर्न उम्मेद्वारी दिएको भन्दै जनताको गास बास कपासको ग्यारेन्टीका लागि पनि जिताउन उनले आग्रह गरे ।
सबै पुस्ता र वर्गबीच चितवनमा उत्तिकै लोकप्रिय नेता जोशी एक स्वच्छ छविका नेताका रुपमा परिचित छन ।