चितवन । आउंँदो मंसीर ४ गते हुन गईरहेको संघीय तथा प्रादेशिक निर्वाचनका लागि देशभर उम्मेद्वारहरु भेटघाट र घरदैलो व्यस्त छन । अहिले सत्तागठबन्धन र अन्य दलहरु चुनावी अभियानमा होमिएका छन । देशभर चुनावी माओल तातिएसंँगै चितवनका उम्मेद्वार मतदाता भेट्न घरदैलो पुगेका छन । यसैक्रममा चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार पनि भेटघाट र घरदैलो क्रममा व्यस्त रहेका छन । चुनाव नजिएकैसंग सत्ता गठबन्धनको वडा सम्पर्क कार्यालय स्थापना गर्ने क्रम चलिरहेको छ । क्षेत्र नम्बर २का कालिका नगरपालिका वडा नम्बर ३ वडा सम्पर्क कार्यालयम उद्धघाटन गर्ने क्रममा बोल्दै श्रेष्ठले आफू व्यवसायबाट राजनीतिमा फड्को मारेको बताए ।
आफू शिक्षा, स्वास्थ्य पर्यटन व्यवसायमा सक्रिय भई आएको र अहिले जनताको सेवा गर्न राजनीतिमा आएको बताए । ‘मैले तीनदशकभन्दा बढी व्यवसाय र सेवामा खर्चिएंँ । अहिले जनताको सेवा गर्न राजनीतिमा आएको छु ।’ श्रेष्ठले भने । आफूले संविधान बनाउन र स्वास्थ्य राज्यमन्त्री भएर काम देखाईसकेको भन्दै राजनीतिमा पनि अवसर दिएर जिताउन उनले मतदातालाई आग्रह गरे । उनले चितवनमा भूमिहीनको समस्या जटिल रहेको भन्दै आफूले जितेपछि भूमिहीनलाई लालपूर्जा दिन आफ्नो पहल कदमी रहने बताए ।
सरकार स्थापना पछि शक्तिखोर औद्योगिक क्षेत्रको स्थापना गरेर आफूले हजारौलाई रोजगारी दिन आफू सक्रिय रहने समेत उनले बताए । ‘पार्टीले काम गर्न सक्ने भएर नै मलाई तीनपटक अवसर दिएको छ , त्यसैले मेरो अनुभव यहांँको कृषि, उद्योग, रोजगारी ,उत्पादन बृद्धिमा लगानी हुनेछ ।’ आफूसंँग विकासका धेरै खाका र योजना रहेको भन्दै उनले गठबन्धनलाई जिताएर बहुमतको सरकार गठन गर्न पनि मतदातालाई मत दिन आग्रह गरे ।