• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात


  •   आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
  • छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन ।

    Advertisement

    छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अघ्र्यकारूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुनेहुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताउनुभयो ।

    स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको उहाँले बताउनुभयो । अध्यक्ष यादवले अघिल्लो वर्ष पौने दुई करोड रुपैयाँभन्दा बढीको केरा जनकपुर भित्र्याइएको बताउनुभयो । “यस वर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्”, उहाँले भन्नुभयो ।

    जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जिल्लास्थित भारदह, भन्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको पूर्वेले बताउनुभयो ।

    पूर्वेले भन्नुभयो, “छठ पर्व मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५–२० ट्रक बढी ६० ट्रकजति केरा मगाइएको छ ।”

    फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रु छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई पाँचसयदेखि एक हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिन्छ ।

    नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनका लागि तराई–मधेस वा समग्र नेपालको भूमि राम्रो मानिन्छ । तर केराको आवश्यकता हुने चाडपर्वका समयमा समेत भारतकै भरपर्नुपर्ने अवस्था छ । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केराखेती उत्पादन हुँदै आएको छ ।

    सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ । देशभित्र यस्तो अवस्था छ भने उता भारतबाट आउने केराको मूल्य भने यहाँको भन्दा सस्तो पर्छ । भारतले किसानका लागि सहुलियत र विभिन्न प्याकेज दिने भएकाले उताको लागत कम परेको बताइन्छ । रासस

    आइतबार, कार्तिक १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.