• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

प्रतिगमनकारीहरुनै अग्रगामी भन्दै हिँडेका छन् : पूर्वमन्त्री विक्रम पाण्डे


  •   सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
  • चितवन । चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले प्रतिगमनकारीहरुनै अग्रगामी भन्दै हिडेको आरोप लगाउनुभएको छ । भरतपुर–१४ शिवनगरस्थित शिवशक्ति युवा क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा उहाँले देशलाई विदेशीलाई सुम्पिन तयार हुने नेताहरु आँफुलाई अग्रगामी भन्दै हिडेको टिप्पणी गर्नुभएको छ । उहाँले पहिचान र परिवर्तनको राजनीति भन्दै भाषण गर्नेहरुकै कारण देश संकटमा पुगेको दाबी गर्नुभयो । उहाँले देशलाई षड्यन्त्रकारीहरुको कब्जाबाट मुक्त गर्नुपर्ने खाँचो रहेको बताउनुभयो ।

    Advertisement

    “सिद्धान्तको प्रशिक्षण दिनेहरुले अहिले फलानो पार्टीलाई भोट दिनु भनेर निर्देशन दिन थालेका छन्, जनतालाई पार्टीको सिपाही बनाएका छन्”, पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “न्यायप्रेमि जनताहरु अब जाग्नुपर्छ, पार्टी होइन, देश बचाउने र विकास ल्याउने नेताहरुलाई जिताउन लाग्नुपर्छ ।” उहाँले जनताले तिरेको कर देश विकासमा भन्दा बढी सांसदहरु मन्त्रीहरु पाल्न लगानी भएको जीकिर गर्नुभयो । “गाउँ, वस्तीमा विकास ल्याउन बजेटले पुग्दैन, आयोजनाहरु ल्याउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “दातृनिकायबाट ठुला आयोजना माग गर्नुपर्ने अवस्था छ, संकलित कर जति सबै सांसद, मन्त्रीलाई सेवा सुविधाका लागि खर्च भैरहेको छ ।”

    उहाँले संघीय र प्रदेश सरकार बनाउन चुनाव पहिल्यै गठबन्धन गरेर झुटा आश्वासन बाँड्दै जनता झुक्याउने काम भैरहेको तर्क गर्नुभयो । “किसानका खेत खेतमा प्राविधिक पठाउने, उत्पादन बढाउनेतर्फ ध्यान दिनै सकेनन्”, उहाँले भन्नुभयो, “पश्चिम चितवनलाई कृषि हब बनाएर सोही अनुसार किसानलाई प्रोत्साहन गर्न सके देशलाई पुग्ने उव्जनी फलाउन सकिन्थ्यो ।” उहाँले विश्वले विकास हेर्न आउने क्षेत्रका रुपमा चितवन–३ लाई विकास गर्न सकिने सम्भावना रहेपनि सहि पात्र सांसद नबन्दा अवसर गुमिरहेको बताउनुभयो ।

    “देश, विदेशमा विकास निर्माणको काम गरेको अनुभव मसँग छ, विकासको प्लान ल्याएको छु”, राप्रपा उपाध्यक्ष पाण्डेले भन्नुभयो, “यस पल्ट सांसदमा निर्वाचित भएमा जनताले सधै सम्झिने गरेर काम गरेर देखाउनेछु ।” उहाँले जनताहरु अन्याय, वेथीति विरुद्ध मंसिर ४ मतदान गर्ने विश्वास लिएको बताउनुभयो । उहाँले राष्ट्रहित विपरित सम्झौता गर्न खोज्नेहरुलाई खबरदारी गर्न देशभरबाट राष्ट्रवादीहरुले चुनाव जित्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    सोमबार, कार्तिक १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.