• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवन क्षेत्र नम्बर ३ लोकतान्त्रिक–बाम गठबन्धनको प्रतिबद्धता : उत्पादन देखि रोजगारसम्म


  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
  • चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर ३ लोकतान्त्रिक–बाम गठबन्धनले आज प्रतिबद्धता सार्वजनिक भएको छ । भरतपुरका लोकतान्त्रिक बाम गठबन्धनको संघ र प्रदेश उम्मेदवारको प्रतिबद्धता सार्वजनिक भएको हो । सार्वजनिक प्रतिबद्धता पत्रमा चितवनको विकास र समृद्धिलाई स्थापित गर्ने गरि कार्यक्रम समावेश गरिएको उनीहरुले बताएका हुन् ।

    Advertisement

    प्रतिबद्धता पत्रमा ठोरी–केरूङ्ग राजमार्ग विस्तार सम्पन्न गरिने, मेघौंली विमानस्थल स्तरोन्नति गरि सञ्चालनमा ल्याईने, भरतपुर र माडीका पुराना बाटो कालोपत्रे गरिने, नारायणी, राप्ती र रेवा नदि कटान क्षेत्रमा तटबन्ध सहितको सडक सञ्जाल र पर्यटकीय क्षेत्रको विकास गरि एकमा तिन विकास नीति लिईने, भरतपुरमा बाह्य चक्रपथ निर्माण सम्पन्न गरिने, नारायणी र राप्ती नदि कटान नियन्त्रण गर्न तटबन्ध गरिने, घोसरघाट नारायणी नदि पुल निर्माण गरिने लगायतका बिषयहरु समावेश गरिएका छन ।

    कृषि तथा वन विश्वविद्यालय, रामपुरको सार्मथ्य विकास गरि विदेशी विद्यार्थी आकर्षण गर्ने नीति निर्माण गर्ने, चितवनलाई प्रमुख शैक्षिक तथा मेडिकल हव बनाउने, प्रादेशिक पब्लिक विश्वविद्यालय स्थापना गर्न पहल गर्ने, आधुनिक पुस्तकालय र अनुसन्धान केन्द्र स्थापना गरिने, एक वडा एक नमुना विद्यालय बनाउन नीति बनाउने, माडीमा रहेको दिवाकर प्राविधिक शिक्षालयलाई प्रादेशिक स्तरको महाविद्यालय बनाईने, भरतपुर अस्पताललाई केन्द्रीय शिक्षण र विपि कोईराला क्यान्सर अस्पताललाई क्यान्सर एकेडेमी बनाउने, मेडिकल विश्वविद्यालय स्थापना गर्न मेडिकल बोर्ड गठन गरिने, २८ वटै वडामा नागरिकको घरदैलोमा मोबाईल अस्पताल सेवा सञ्चालन गरिने उल्लेख गरिएको छ ।
    आवश्यक वडामा १५ वेडको सुविधा सम्पन्न, माडीको बघौडामा प्रादेशिक र मेघौलीमा ५० शैयाको सिटी अस्पताल बनाईने, स्वास्थ सेवामा सुचना प्रविधिबाट सेवा लिन टेलि मेडिसिन सेवा सुरु गरिने, ५ वर्षभित्र सम्पुर्ण नागरिकको स्वास्थ विमा गरिने, स्वास्थ सेवालाई समतामूलक बनाउने योजना उम्मेद्वारको छ ।
    यस्तै २८ वटै वडामा २८ पर्यटकीय गन्तव्य पुर्वाधार र विकास गरिने, मेघौली– शुक्रनगर–जगतपुर, बघौडा–बसन्तपुर हुदै शिवद्वारसम्मको सांस्कृतिक होम स्टे परिपथ निर्माण गरिने, एक सामुदायिक वन एक पर्यटकीय उधोग अवधारणा कार्यान्वयन गरिने, देवघाट– विक्रम बाबा– पाँच पाण्डव हुदै सोमेश्वरगढीसम्मको धार्मिक परिपथ कार्यान्वयन गरिने, माडी क्षेत्र समेटिएको ७ गन्तव्य प्रर्वद्वन गरिने, सिटी हल, प्रदर्शनी केन्द्र, गौतमबुद्व क्रिकेट रंगशाला निर्माण सम्पन्न गरि उपयोग गरिने, उत्पादन र उत्पादकत्व बृद्वि गर्न कृषिमा व्यवसायिकरण, आधुनिकिकरण र यान्त्रिकरणमा विशेष जोड दिईने, साना किसानलाई अनुदानको व्यवस्था गर्न पहल गरिने छ ।

    यस चितवन निर्वाचन क्षेत्र ३ का कम्तिमा शैक्षिक प्रतिष्ठानमा कमाउदै पढ्दै कार्यक्रम सुरु गरिने, एक वडा एक उद्यमशिलता कार्यक्रम मार्फत युवाहरूलाई स्वरोजगार सिर्जना गरिनेछ, भुमिविहिनहरूलाई प्राथमिकताका साथ हाल बसोबास गरेकै क्षेत्रमा जमिन धनीपुर्जा प्रदान गरि सुकुम्बासी समस्याको स्थायी समाधान गरिने प्रतिबद्धतापत्रमा समावेश छ । ६ वर्ष मुनिका बालबालिकाहरूका लागि शारीरिक र बौद्विक विकासका लागि प्रत्येक वडामा बालविकास केन्द्र र युवालाई खेलकुद मैदान र जेष्ठ नागरिकका लागि एकिकृत जेष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिने र कम्तीमा ३ स्थानमा बाल उधान निर्माण गरिने छ ।

    २ वटा सुविधा सम्पन्न रंगशाला, २ ठाउँमा व्यवस्थित कवर्ड हल र स्पोर्टस् प्राविधिक शिक्षालय निर्माण गरिने योजना छ । जेष्ठ नागरिक भत्ता बृद्वि गर्न पहल लिईने, सेवा सुविधा घरदैलोमा दिने निति लिईने, भरतपुर २३ र १९ मा निर्माणाधीन बृद्वाआश्रम सम्पन्न गरिने, २८ वटै वडामा रहेका आमा समुहलाई सशक्तीकरण गर्न विशेष सुविधा उपलब्ध गराउने, सुत्केरी भत्ता दोब्वर बनाउने प्रतिबद्धता छ । दलित समुदायको हितका लागि सांस्कृतिक अन्तरघुलन अभियान संचालन गरिने, एक वडा एक बहुउद्देश्यीय दलित भवन निर्माणका लागि तहगत सरकारसँग समन्वय गरिने उल्लेख छ । दलित, आदिवासी एवं सिमान्तकृत समुदायका युवाहरूलाई रोजगारीमा नितिगत पहल लिने, फरक क्षमता भएका व्यक्तिहरूलाई रोजगारी दिने र व्यवसायीहरूलाई विशेष सम्मान र प्रोत्साहनको कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    शहिद परिवार, आन्दोलनका घाइते, बेपत्ता योद्वाका छोराछोरीहरूलाई स्वास्थ, शिक्षा, रोजगार र यातायातका क्षेत्रमा थप सहुलियत सहित अग्राधिकारको व्यवस्था गरिने, पुर्व सैनिक, प्रहरीलाई योगदानको कदर गर्दै राज्य निर्माणमा सदुपयोग गरिने, वन तथा वातावरण सन्तुलित जीवनको नारा अनुसार भान्सा नै पहिलो अस्पतालका रूपमा अभियान संचालन गरिने, नदिले कटान गरेका निजि जमिनको मुआब्जाका लागि पहल गरिने, स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै मेड ईन भरतपुर र माडी को ब्रान्ड कार्यक्रम सुरु गरिने, कम्तीमा २ ठाउँमा औधोगिक क्षेत्र विस्तार गरिने, ठोरी नाकालाई नियमित पारवहनका विकास गरिने प्रतिबद्धतामा उल्लेख छ ।

    सबै सरकारी सेवा प्रदायक निकायहरूलाई सुचना र प्रविधि मैत्री र स्कुल, अस्पताल र टोलटोलमा ईन्टरनेट निःशुल्क गराउने, श्रमजीवी मिडियाकर्मीका लागि निःशुल्क जीवन विमा र स्थानीय सञ्चारमाध्यमलाई विशेष सुविधा प्रदान गर्न पहल गरिने, दामोदर कुण्डबाट मुक्तिनाथ हुदै कालीगण्डकी करिडोर देवघाट (हरिहर क्षेत्र) तथा गोसाईकुण्डबाट त्रिशूली हुदै त्रिवेणीधामसम्मको हरिहर सर्किटको अध्ययन र विकास गरिने साथै सबै तहका सरकारलाई अध्ययनमा आधारित निति, योजना र कार्यक्रम बनाउन नितिगत सुधार गरिने गठबन्धनको प्रतिबद्धता पत्रमा समावेश छ ।

    बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.