• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

जोशीको प्रतिवद्धता : डुबानको समस्या निराकरण, युवा स्वरोजगारलाई प्राथमिकता


  •   शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
  • चितवन – चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार उत्तम जोशीले डुबानको समस्या निराकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

    Advertisement

    गठबन्धनका साझा उम्मेदवार जोशीले भरतपुर महानगरपालिका ११ सँगै प्रदेश २ (ख) भित्रका वडाहरुमा रहेको डुबान समस्या निराकरण गर्न ड्रेनको व्यवस्था गर्ने बताएका हुन् । ‘भरतपुरका बिभिन्न वडामा डुबानको समस्या छ । वर्षेनी जनताले समस्या झेल्नु परेको छ । यो समस्या समाधानका लागि ड्रेनको व्यवस्था गर्छु, उनले भने, ‘म बोल्नका लागि मात्रै चुनावमा उठेको होइन । काम गर्नका लागि अघि बढ्दैछु ।’

    उनले युवा स्वरोजगार लक्षित कार्यक्रमहरु पनि आफ्नो प्राथमिकतामा रहने बताए । केरुङ्गा घोल, डबकहा घोल, पुङ्गीखोलालगायतलाई व्यवस्थित गर्ने आफ्नो योजना रहेको उनले सुनाए । धार्मिकस्थल तथा साँस्कृतिक क्षेत्रको संरक्षण र बिकासलाई पनि जोड दिने प्रतिवद्धता जनाए । निस्सा पाइसकेका भूमिहिन तथा अव्यवस्थित बसोबास गरेका समुदायलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने उनले बताए ।

    वडा नम्बर ४ र अन्य वडामा रहेका खाने पानीको समस्या व्यवस्थित गरिने जोशीले बताए । विद्यालय तथा स्वास्थ्यसंस्थाको स्तरोन्नती, पुल कल्भर्ट तथा साघुँरो सडक विस्तार, कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम, गणेशथानदेखि वडा नम्बर १२ सम्म रिङरोड, ठाउँ-ठाँउमा सार्वजनिक शौचालय, महिला हिंसा अन्त्य तथा सिपमूलक तालिम, बाल-बालिका, युवा र वृद्ध-वृद्धाका लागि पार्क, खेल मैदान र पुस्तकालय निर्माण, पिछडिएका वर्गको आर्थिक तथा सामाजिक उन्नतिका लागि पहल र फोहोर व्यवस्थापन पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

    उनले भरतपुर विमानस्थलबाट स्थानीयलाई उत्पन्न समस्या समाधान, जलदेवी सामुदायीक वन, जखडीमाई, गणेशस्थान, राइनो ताललगायतको क्षेत्रलाई समेटी धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास, आवश्यकता र सम्भाव्यता अध्ययन गरी भाटभटेनीदेखि हाकिमचोकसम्म र आँपटारीदेखि जिल्ला प्रशासन कार्यालयसम्म आकाशे पुल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाए । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई थप सुधार र सुविधा सम्पन्न बनाउन पहल गर्ने उनको भनाइ छ ।

    नीति नियमतर्फ संघ, प्रदेश र स्थानीय तहका बीचमा रहेका कानुनी अस्पष्टता र व्यवहारिक जटिलता निराकरण, दुरुपयोग भइरहेको सांसद बिकास कोष खारेज तथा राजनीतिक विशिष्ठताका नाममा हुने विशेषाधिकार अन्त्यका लागि पहल गर्ने उनको प्रतिवद्धता छ ।

    शुक्रबार, कार्तिक १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.