• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

रंगशाला निर्माणलाई निरन्तरता दिन क्षेत्र नम्बर ३ का मतदाताको आग्रह


  •   मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
  • चितवन । खेल क्षेत्रको बिकासका रामपुरमा बन्न लागेको रंगशाला अपरिहार्य रहेको मतदाताहरुले बताएका छन् । भरतपुर १५ र १६ मा आयोजना गरिएको घरदैलोका क्रममा प्रदेश सभा सदस्यका उम्मेदवार प्रा.डा. सूर्यकान्त घिमिरेलाई युवाहरुले रंगशाला निर्माण र यस क्षेत्रको विकासका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । बन्दै गरेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला अलपत्र पर्दा यहाँका खेल प्रेमी युवाहरुको भविष्य अन्योलमा परेको फुलबारीका एक युवा लक्ष्मण सुवेदीले गुनासो गर्नुभयो ।
    रंगशाला निर्माणको काम सुरु गरि खेल जगतको बिकासमा टेवा पु¥याउने उम्मेदवार अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

    Advertisement

    अर्का युवा निरञ्जन सुवेदीले जनताको मर्म अनुसार बिकास निर्माणको काममा सहयोग गर्ने उम्मेदवार आबश्यक रहेको बताउनुभयो । यस क्षेत्रको बिकासका लागि गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला अपरिहार्य भएको भन्दै उहाँले अब आउने जनप्रतिनिधिको ध्यान रंगशाला निर्माण तर्फ जानु पर्ने बताउनुभयो । उहाँले घिमिरे संग गुनासो गर्दै भन्नुभयो “समाजमा बिकासको खाँचो छ । यसलाई रंगशालाले केही हद सम्म पुरा गर्छ । रंगशाला बनाई दिनुस भोट तपाईंलाई दिन्छौं ।’

    खाध्यान्न उत्पादनका दृष्टिले समेत महत्वपूर्ण मानिएको भरतपुर महानगरको पश्चिम क्षेत्रका मतदाताहरुले कृषि क्षेत्रमा आधुनिकिकरणको चाहना गरेका छन् । पछिल्लो समय कृषि क्षेत्रमा देखिदैं आएको समस्या समाधानका लागि पहल गर्न समेत मतदाताले घिमिरे संग आग्रह गरेका छन् । कृषि तथा वन बिज्ञान विश्व बिद्यालयको संस्थापक रजिष्टार भएर बिश्वबिद्यालयमा गरेको सुधार अहिले यस क्षेत्रका कृषकले आफ्नो खेत बारीमा देख्न चाहेको स्थानीय नारायण केसीले बताउनुभयो ।
    मतदाको अपेक्षा अनुसार बिकासका काममा सहयोग पुग्ने गरि काम गर्ने घिमिरेले प्रतिबद्धता जनाउनु भएको छ ।

    मंसिर ४ गते हुने प्रतिनिधि सभा एबं प्रदेश सभा निर्बाचनका लागि घरदैलो कार्यक्रमका क्रममा जनताको गुनासोलाई सम्बोधन गर्दै घिमिरेले पश्चिम चिवतनको बिकासका लागि आफू निर्वाचित भए पछि सक्दो प्रयास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “गठवन्धनको बिजयले मात्रै रंगशाला निर्माण, कृषि क्षेत्रको समस्या समाधान गर्ने छ ।” आँफु समेत कृषिको प्रध्यापक रहेको जानकारी दिदैं उहाँले कृषि क्षेत्रको बिकास संगै यहाँको समस्या समाधानका लागि आँफु सधै तयार रहेको बताउनुभयो । घिमिरेले आज महानगरका बिभिन्न वडाहरुमा घरदैलो कायक्रम सम्पन्न गर्नुभएको छ ।

    मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.