• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, असार १०, २०८२
☰
मङ्गलबार, असार १०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ५. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ६. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ७. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ८. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

कोप–२७ मा जलवायुजन्य हानिनोक्सानीको विषयले पायो औपचारिक प्रवेश


  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
  • इजिप्ट । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको एजेण्डाले औपचारिकरुपमा प्रवेश पाएको छ ।

    Advertisement

    नेपालले सम्मेलनको आवश्यक तयारी गर्नुका साथै उठाउनुपर्ने विषयमा प्राथमिकता तोकेको थियो । नेपालले यस सम्मेलनमा गरेको तयारीमध्ये जलवायु जन्य हानिनोक्सानीको विषयलाई औपचारिक मुद्दा बनाएर छलफल हुनुपर्छ भन्दै आएको थियो । यसअघिसम्म अल्पविकसित राष्ट्रको समूह र जी–७७ एवं चाइना समूहले हानि तथा नोक्सानी वित्तको छुट्टै व्यवस्थाको मागलाई उठाउँदै आए पनि अधिकांश विकसित राष्ट्र हानि तथा नोक्सानीलाई छुट्टै सहयोग र व्यवस्था गर्ने पक्षमा देखिएका थिएनन् । गत जुन महिनामा जर्मनीमा भएको ‘बोन बैठक’मा हानिनोक्सानीलाई औपचारिक एजेन्डा बनाउन पहल गरे पनि सफलता हासिल हुन सकेको थिएन ।

    वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव डा बुद्धिसागर पौडेलले आफूहरुले यसमा प्राथमिकताका साथ महत्वपूर्ण प्रगति हुनुपर्छ भन्दै आएकामा सम्मेलनमा यो विषयले औपचारिकरुपमा प्रवेश पाएको जानकारी दिनुभयो । “हामीले हानि नोक्सानीसम्बन्धी विषयमा अल्पविकसित राष्ट्रको समूह र जी–७७ एण्ड चाइना समूहसँग काम पनि गरेका थियौँ । यसमा अन्य मुलुकले पनि आवाज उठाउँदै आएका थिए । सम्मेलनमा यसले प्रवेश पाएको छ । यो महत्वपूर्ण उपलब्धि हो”, उहाँले भन्नुभयो । यसमा वित्तीय सुविधा स्थापना हुनुपर्छ भन्ने नेपालको माग छ ।

    अबको बाटो के हो त ?

    हानिनोक्सानीको विषयमा क्षतिपूर्तिका लागि वित्तीय सुविधा कस्तो हुनुपर्छ के गर्ने भन्ने विषयमा औपचारिकता दिन विभिन्न प्रक्रिया हुन्छन । तसर्थ यसलाई छिट्टै टुङ्गोमा पु¥याएर निर्णय गर्नुपर्ने मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले बताउनुभयो । यद्यपि सम्मेलनमा सन् २०२३ र २०२४ मा छलफल गरेर अबको दुई वर्षमा यस विषयमा छिनाफानो गरेर निर्णयमा पुग्ने सहमति भएको छ ।

    यसमा जलवायुजन्य क्षति कति भयो त्यसबारेमा आधिकारिक र एकीकृत तथ्याङ्क आवश्यक पर्छन् । अहिले नेपालले जिडिपीको करिब दुई प्रतिशत जलवायुजन्य हानि नोक्सानी व्योहोरिरहेको अनुमान छ । यो विषय एजेण्डामा पर्नु ठूलो कुरा भएको उल्लेख गर्र्दै उहाँले आगामी कोप सम्मेलनमा औपचारिक अनौपचिारक छलफल हुने र निर्णयमा पुगिने विश्वास व्यक्त गर्नुभयो । यसका लागि अन्तर्राष्ट्रिय र हरेक देशको राष्ट्रिय नेशलन फ्रेमवर्क आवश्यक छ ।

    अनुकूलन गर्न नसकिने, व्यवस्थापन र नियन्त्रण गर्न नसकिने विषय जलवायुजन्य हानिनोक्सानी विषय हो । यसमा विकसित देशको धेरै योगदान रहेका कारण क्षतिपूर्ति व्योहोर्नुपर्ने सचिव कँडेलको तर्क छ । स्टकल्यान्डको ग्लास्गोमा गत वर्ष सम्पन्न कोप–२६ मा हानि तथा नोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (सेन्टियागो नेटवर्क) लाई स्थापना गरेर कार्यान्वयनमा ल्याउनका लागि एक वर्षभित्रमा थप काम गर्दै जाने सहमति भएको थियो ।

    नेपालले कोप–२७ सम्मेलनमा सेन्टियागो हानि तथा नोक्सानी संयन्त्रको प्रगति र हानि तथा नोक्सानी वित्तलाई औपचारिकरूपमा एजेन्डामा राखेर हानि तथा नोक्सानी वित्त व्यवस्था सुनिश्चित गर्न पहल गर्दै आएको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सम्मेलनमा जलवायु परिवर्तनको असरले वर्षाको ढाँचालाई परिवर्तन गरेको, पहिरो, बाढी र डुबानका चरम घटना बढेका, गत वर्ष बेमौसमी वर्षा र भारी बाढीले ठूला खानेपानी पूर्वाधार नष्ट गरेको र लाखौँ डलरको कृषि बालीमा क्षति पु¥याएको विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी मन्त्री रेग्मीले बुधबार भएको सार्कस्तरीय वातावरण मन्त्रीस्तरीय बैठकमा जलवायुसम्बन्धी हानि र नोक्सानीका कारण नेपालले हाल करिब २ दशमलव ० प्रतिशत जीडीपी घाटा भोगिरहेको उल्लेख गर्नुभएको थियो । यो शताब्दीको अन्त्यसम्ममा उक्त क्षति ११ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । सम्मेलनले अति कम विकसित भूपरिवेष्ठित पहाडी देशका लागि अनुकूलनमा समेत वित्त सहयोग वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।

    अनुकूलनको क्षेत्रमा पनि उपलब्धि हासिल

    यस सम्मेलनमा अनुकूलनको क्षेत्रमा पनि उपलब्धि हासिल भएको छ । मन्त्रालयले यस क्षेत्रमा योजना र लक्ष्य निर्धारण गरी कार्यान्वयनका लागि वित्तीय सुविधा हुनुपर्छ भन्दै आएको थियो । यस विषयमा सोमबार र मङ्गलबार भएको उच्चस्तरीय सत्रमा धेरै देशमा राष्ट्र प्रमुख र सरकार प्रमुखले पनि अनुकूलनको क्षेत्रको बजेट यथेष्ठ नभएको सम्बन्धमा धारणा व्यक्त गर्नुभएको थियो । विश्वका नेताहरुले यसमा वित्तीय सुविधा बढाउनुपर्छ भन्ने धारणा राखेले यसमा पनि सहमति भएको देखियो । अनुकूलनमा ध्यान दिनुपर्छ र वित्त सुविधा बढाउनुपर्छ भन्ने नेपालको मुद्दामा प्रगति भएको छ ।

    बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ५.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ६.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.