• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

प्रतिगमनको खतरा रहेसम्म गठबन्धन : अध्यक्ष दाहाल


  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
  • चितवन ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पार्नुभयो ।

    Advertisement

    अध्यक्ष दाहालले संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दै भन्नुभयो, “निकै दुःख गरी गठबन्धन बनाइएकाले प्रतिगमको खतरा नटरेसम्म कायमै रहन्छ ।” प्रतिगमनको खतरा कम हुँदै गएको भन्दै उहाँले थप्नुभयो, “जतिबेलासम्म राजनीतिक दुर्घटनाको खतरा रहिराख्छ, प्रतिगमनको खतरा रहिराख्छ त्यतिबेलासम्म गठबन्धन कायम रहन्छ ।”

    निर्वाचनमा एकताको प्रदर्शन गरेर गठबन्धनका उम्मेदवारलाई विजय गराएपछि राजनीतिक दुर्घटना गराउन खोज्ने शक्ति पराजित भएर जाने उहाँले बताउनुभयो । आगामी निर्वाचनलाई जनमत सङ्ग्रहको संज्ञा दिँदै उहाँले भन्नुभयो, “यो निर्वाचन अग्रगमन र प्रतिगमन के रोज्ने भनेर आफ्नो मत जाहेर गर्ने समय हो ।”

    गठबन्धनको बहुमत सुनिश्चित रहेको भन्दै उहाँले अत्यधिक बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो “हामीले सरकार गठन गर्नका लागि मात्र गठबन्धन बनाएका होइनौँ । यो देशमा स्थिरता र विकासका लागि हो ।” राजनीतिक दुर्घटनाबाट देश बचाउन गठबन्धन बनेको जनाउँदै उहाँले गठबन्धनलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    संविधानमा हस्ताक्षर गरेका दलहरुबाट नै संविधानमाथि प्रहार गर्ने काम भएको उहाँको भनाइ छ । चितवनवासीले विसं २०७४ मा विजयी बनाएर विकासको मोडल दिने अवसर दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनमा धेरै परियोजना ल्याएर धेरै काम भएका छन् । सडक सञ्जाल, शिक्षा, रोजगारी सबै प्राप्त भएका छन् ।” अबको आफ्नो जीवन विकास र आर्थिक समृद्धिका लागि सङ्कल्प गरेको भन्दै उहाँले कसैको डर, धम्कीमा नलागी गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।

    नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष केशवलाल श्रेष्ठले शान्ति र समृद्धिका लागि गठबन्धनको पक्षमा लाग्न आग्रह गर्नुभयो । उहाँले एकअर्काका बीचमा इमान्दारिता प्रस्तुत गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले स्थायी सरकार र देशको समृद्धिका लागि गठबन्धन बनेको र यसलाई जिताउनुपर्ने बताउनुभयो ।

    नेपाली काङ्ग्रेसका सहमहामन्त्री डिला सङ्ग्रौलाले महिला हिंसाका विभेदकारी कानून परिमार्जन गर्ने अठोट व्यक्त गर्नुभयो । काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण खनाल, लोकतान्त्रिक–वाम गठवन्धनबाट चितवन क्षेत्र नं १ का उम्मेदवार डा विश्वनाथ पौडेल, क्षेत्र नं २ का उम्मेदवार उमेश श्रेष्ठ र ३ का उम्मेदवार डा भोजराज अधिकारीले गठबन्धनका उम्मेदवार विजयी भएसँगै मुलुकमा शान्ति र समृद्धि कायम हुने बताउनुभयो । रासस

    शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.