चितवन । प्रनिनिधी सभा तथा प्रदेश सभा निर्वाचनकोको क्रममा गठवन्धनका उम्मेदवारको प्रचार प्रसारमा नेपाल सांस्कृतिक संघको टोली देशव्यापी सक्रिय रुपमा लागेको छ । टोलीमा नेपाल साँस्कृतिक संघ सभापति तिर्थ थापा, महामन्त्री शिव शंकर रिजाल ‘जोगिन्दर’, सह-महामन्त्री चेतबहादुर सिंह ‘राजा’ , चर्चित कलाकार कविता गेलाल , गायक मदन थापा , गायिका जालुमाया गुरुङ्ग र भेषराज पौडेल रहेका छन ।
चुनावी सांस्कृतिक अभियान अन्तर्गत नवलपरासीबाट प्रचार प्रसारको अभियान सुरु गरेको यस टोलीलले नेपालका पश्चिम भेगका थुप्रै जिल्लामा सहभागी भइ अहिले पुर्व तर्फ लागेको छ । पुर्वको झापामा पुगेर कार्यक्रम समापन गरिने नेपाल साँस्कृतिक संघ सभापति तिर्थ थापाले बताउनुभयो ।
चुनावी प्रचारकै क्रममा टोलीले चितवनमा पनि आफ्नो प्रस्तुती देखाएको थियो । गठवन्धनले चितवनमा आयोजना गरेको आमसभाको क्रममा कलाकारहरुले बिशेष प्रस्तुती गरेका थिए । अहिलेको गठवन्धनको आवश्यकताका बिषयमा गीत , नृत्य प्रशसन, कला र प्रस्तुतीबाट आम नागरिकलाई जानकारी गराउन सक्ने भएकाले यो अभियानलाई निरन्तरता दिइएको महामन्त्री शिव शंकर रिजाल ‘जोगिन्दरले बताउनुभयो ।
संविधानको रक्षा र देशको विकासका लागि अहिले गठवन्धनको अति आवश्यक रहेको बताउदै उहाँले हरेक क्षेत्रको विकासका लागि अहिले गठवन्धन विना सम्भव नभएकोले गठवन्धनको विजय अभियानका लागि देशव्यापी अभियानमा लागेको उहाँले बताउनुभयो ।
नेपाल साँस्कृतिक संघको टोलीलाई चितवनमा भब्य स्वागत गरिएको छ । मोफसलकै चर्चित लक्की मिडिया हाउसद्धारा भरतपुरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई भब्य स्वागत गरिएको हो । उनीहरुलाई लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले स्वागत गरेका थिए ।
नेपाल साँस्कृतिक संघको टोली प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को प्रचार प्रसारको लागि चुनावी साँस्कृतिक अभियानको क्रममा देशव्यपी अभियानमा हिडेको टोली ३० गते झापामा पुगेर समापन गर्ने लक्ष्य रहेको सभापति थापाले जानकारी दिनुभयो ।