• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

भरतपुरका भूमिहिनको उमेश श्रेष्ठ प्रति भरोसा : यो पटकको भोट विश्वास गरेर तपाईलाई दिन्छौं,


  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
  • कात्तिक २९,चितवन । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वाहरुले आज(मंगलबार) भरतपुरका विभिन्न वडामा घरदैलो तथा कोण सभा गरेका छन । गठबन्धनले भरतपुर वडा नम्बर ११, १२ तथा नारायणगढ बजार क्षेत्रमा घरदैलो गरेका थिए । भरतपुरमा गरिएको घरदैलोमा भरतपुर ११ र १२ का भूमिहिनले उमेश श्रेष्ठलाई जग्गाधनी पूर्जा दिलाईदिन माग गरे । उनीहरुले विगत २३ बर्षदेखि जग्गाधनी पुर्जा नपाएको भन्दै श्रेष्ठले जितेपछि लालपुर्जा दिलाईदिन अनुरोध गरे । घरदैलो गर्ने क्रममा भुमिहिनहरुले आफूलाई जग्गाधनी पूर्जा मिलाईदिने विश्वासिलो नेतालाई मात्र भोट दिने बताएका थिए ।
    भरतपुर वडा नम्बर १२ का भुमिहिन वीर बहादुर तामाङ्गले बर्षौैदेखि अन्य नेताहरुले जितेपनि आश्वासन मात्रै दिएको भन्दै गुनासो गरे । ‘अहिले उमेश श्रेष्ठ ज्यू हाम्रो घरदैलोमानै आउनु भएको छ । पूर्जा दिने बचन पनि दिनुभएको छ । अब यसपटकको भोट उहांँलाईनै दिन्छौं ।’ तामाङ्गले भने । आफूहरुले यस देशको नागरिक भएर पनि जग्गाधनी नहुुंँदा दोस्रो दर्जाको नागरिकको रुपमा बांँच्नु परेको भन्दै तामाङ्गले दुःखेसो पोखे ।
    भूमिहिनका अगुवाहरुले अहिले यसपटक एकजुट भएको र आफ्नो मुख्य माग नै जग्गाधनी पूर्जा भएको बताएका थिए । अर्का भूमिहिन गोपाल विक अहिलेसम्म जग्गाधनी नहुंँदा दैनिक जीवनमानै असर परेको बताउंँछन । ‘कतै काम खोज्न जांँदा पनि सुकुम्बासी भनेर काम पाईदैन । सार्वजिनक जग्गामा नत नचुहुने घर बनाउन सक्छौं । हाम्रो बासको ग्यारेन्टी उमेश सरले गर्नुहुन्छ भन्ने आशा चैं छ ।’
    श्रेष्ठ राज्यमन्त्री हुंँदा कोराना खोप ल्याएर काम गरेको भन्दै श्रेष्ठलाई यसपटक भोट दिएर जिताउने उनले बचन दिए । भुमिहिनहरुले आफूहरु कुनै पार्टी बिशेषमा नलागेको र जग्गा दिलाईदिने प्रतिबद्धता दिए गठबन्धनलाई भोट दिने बताएका छन । अर्की भूमिहिन लीला सार्कीले आफू जग्गा दिलाईदिने पार्टीको रहेको बताईन । ‘अहिलेसम्म नेताहरुले भोट मात्र लिएर गए हामीलाई केही दिएनन उनले भनिन, अब उहांँ असल मान्छे भन्ने सुनेकी थिएंँ । यो पाली उहांँलाई दिएर हेर्छौं ।’ आफ्नो जेनतेन गासको गुजारा चलेपनि बासको व्यवस्था नहुंँदा सधै छोराछोरीको भविष्यको चिन्तामा रहेको उनले सुनाईन ।
    सो गुनासो सुनेपछि जवाफ दिदै उम्मेद्वार श्रेष्ठले आफूले चुनाव जितेमा जग्गाधनी जसरी पनि दिलाईदिने प्रतिबद्धता व्यक्त गरे । ‘म पनि गरिखाने मान्छेको अभियान्ता हुंँ । मैले पनि तपाईहरुले जस्तै दुःख संर्घष गरेर आएको व्यक्ति हो । मैले तपाईंहरुको पीडा नबुझे कस्ले बुझ्छ र !’ श्रेष्ठले भने ।
    यसका लागि भूमिहिनको भोटको आवश्यक रहेकोले जिताएर सांँसद बनाईदिन श्रेष्ठले आग्रह गरे ।
    घरदैलोको क्रममा प्रदेश २ खका उम्मेद्वार उत्तम जोशीले आफूलाई यस क्षेत्रको भूमिहिनको समस्या राम्रोसंँग थाहा भएको भन्दै गठबन्धनले जितेमा जग्गाधनी पुर्जा दिलाउन आफूले कुनै कसर बांँकी नराख्ने बताए ।
    गठबन्धनले आज भरतपुर १२ को मालपोत चोक, मुनाल चोक लगायतका ठाउंँहरुमा कोणसभा गरेको थियो ।

    Advertisement

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.