• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

विश्वविद्यालयका प्राध्यापकहरूलाई अन्तराष्ट्रिय व्पापार विज्ञ बनाउन युरोपियन युनियनको सहयोग


  •   शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
  • ्काठमाडौ । नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सहयोग पुग्ने गरी विश्व विद्यालयका प्राध्यापकहरूलाई अन्तराष्ट्रिय बजार विश्लेशण उपकरणहरू (( Trade Map and Market Access Map ) को बारेमा प्रशिक्षकको रूपमा विकास गर्ने युरोपियन यूनियनले पाँच दिन लामो विशेष कार्यशाला आयोजना गरेको छ । उक्त कार्यशालाबाट २० जना प्रशिक्षकको रूपमा अन्तराष्ट्रिय बजार विश्लेषण विज्ञहरू तयार भएका छन् ।

    Advertisement

    यस कार्यशालाले अन्तराष्ट्रिय बजार तथा व्यापारका विभिन्न पक्षहरूका बारेमा गहन ज्ञान दिलाइ प्रशिक्षकहरू तयार गरेको छ जसले शिक्षक अनुसन्धानकर्ता तथा विभिन्न सरकारी एवं गैह्र सरकारी निकायहरूमा सल्लाहकारको रूपमा ( Trade Map and Market Access Map ) आफ्नो विज्ञताहरू प्रयोग गरी ज्ञान विस्तार गर्ने अपेक्षा गरिएको छ । यूरोपियन यूनियनको सहयोगमा संचालन भैरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम ( EU-Nepal Trade and Investment Programme ) ले अन्तराष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा यो कार्यशाला आयोजना गरेको हो ।

    सन् २०२६ सम्म नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन गइ रहेको र सन् २०१७ मा विश्व व्पापार संगठनको व्यापार सहजीकरण सम्झौता ( Trade Facilitation Agreement -TFA ) बाट अधिकतम लाभ लिनको लागि अन्तराष्ट्रिय व्यापारका विविध पक्षको ज्ञान र जानकारी अभिवृद्धि गर्नुपर्ने अवस्थामा यस कार्यशालाले महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ । यस कार्यशालाले प्रमाणीकृत प्रशिक्षकहरूको सक्रिय संजाल निर्माण गरी Trade Map and Market Access Map सम्बन्धी ज्ञान विस्तार गर्न सहयोग पुग्ने छ ।

    प्रशिक्षकहरू निर्माण गर्ने क्रममा अन्तराष्ट्रिय व्यापार केन्द्रका विज्ञहरूले अन्तरक्रिया र प्रयोगात्मक कार्यमा आधारित तालिम विधिहरू प्रयोग गरी प्रशिक्षार्थीहरूलाई प्रस्तुतिको अवसर प्रदान गरेका थिए ।प्रशिक्षार्थीहरूले यस कार्यशालाबाट अन्तराष्ट्रिय व्यापारका विभिन्न पक्षहरूका बारेमा जनाकारी लिनेमात्र नभै आगामी दिनमा आफूले सिकेको ज्ञान शिक्षण अनुसन्धान तथा नीतिनिर्माण तहमा उपयोग गर्ने योजना रहेको बताए ।

    त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र विभागका सह प्राध्यापक रेशम थापाले यस कार्यशालाबाट अन्तर्राष्ट्रिय व्यापार विश्लेषणका नविनतम उपकरणहरूको प्रयोग बारे जानकारी पाउने ठूलो अवसर भएको बताउँदै आफूले यसलाई शिक्षण र अनुसन्धानमा प्रयोग गर्ने योजनामा आफू रहेको बताए । त्यसैगरी अर्की सहभागी जुनु सिन्जाली मगरले नेपालका लागि अन्तराष्ट्रिय व्यापारका विविध पक्षबारे जानकारीका स्रोतहरूको आवश्यकता परेको वेला यस्ता व्यापार उपकरणहरूबारे प्रशिक्षक निर्माण गराउन यो कार्यशाला उपयोगी भएको बताउँदै आफ्नो ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी उपयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

    शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.