नारायणगढ । नारायणगढमा गल्फ लुब्रिकेन्टको नयाँ शोरुम आशिर्वाद अटो ट्रेडिङ सञ्चालनमा आएको छ। न्युरोडमा रहेको शोरूमको शुक्रबार नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करणकुमार चौधरीले उद्घाटन गरेका हुन्।
उद्दघाटनपछि बोल्दै चौधरीले विश्व प्रसिद्ध बनेको गल्फ लुब्रिकेन्ट नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्डको रुपमा स्थापित भएको बताए। गुणस्तरको कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरु माझ निकै लोकप्रिय बनेको उनले दाबी गरे । पछिल्लो समय सरकारले ल्याएको इलेक्ट्रीक भेहिकल भन्दा ईञ्जिनबाट चल्ने गाडी बलियो र किफायती रहेको बताए । झट्ट हेर्दा इलेक्ट्रिक गाडीको चालु खर्च कम देखिएपनि इलेक्ट्रीक गाडी महंगो भएकोले सवारीधनीलाई यसतर्फ ध्यान दिन आग्रह गरे ।
विशिष्ट अतिथि नाडाको केन्द्रिय सदस्य गोपाल भट्टराईले अटो मोबाइलको लामो इतिहासमा एकछत्र बजार ओगट्दै आएको बताए । यसले चितवनको बजारमा थप वजार विस्तार गर्ने भट्टराईले बताए ।
उनले आर्थिक मन्दीका कारण सम्पूर्ण अटोमोबाइल्स सञ्चालकहरु विस्थापित हुन लागेको भन्दै सरकारको यसतर्फ ध्यानाकर्षण गरे ।
स्थानीय ग्राहकको मागलाई मध्यनजर गर्दै शोरुम सञ्चालनमा ल्याइएको सञ्चालक बसन्त थापाले बताए। शोरुममा गल्फको अटोमोटिभदेखि इन्डष्ट्रियलसम्मका लुब्रिकेन्ट उपलब्ध हुने अर्का सञ्चालक सुबास कँडेलले जानकारी दिए