• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

क्यान चितवनको ८ औं अधिवेशन :अध्यक्षमा टेकलाल भुषाल


  •   शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
  • चितवन । कम्युटर एशोसियसन नेपाल महासंंघ, (क्यान) चितवनको अधयक्षमा टेकलाल भुषाल चयन भएका छन । क्यान चितवनको आज शनिबार भरतपुरमा भएको १७ औं साधारणसभा तथा ८ औं अधिवेशनले भुषाललाई सर्वसम्मत चयन गरेको हो । एशोसियनको उपाध्यक्षमा दिलिपकुमार तामाङ्ग, कोषाध्यक्षमा रुपक नेपाल,सचिवमा कृष्ण पोख्रेल र सहसचिवमा अनिता भुषाल चयन भएका छन ।
    यस्तै सदस्यहरुमा विनोद सापकोटा, असिम ढुंगाना, प्रदिप महत्तो, तारानाथ बराल, लक्ष्मी रिमाल पौडेल, अजय गौतम र लीलानाथ भुषाल चयन भएका हुन् ।

    Advertisement

    अधिवेशनको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि उद्योग वाणिज्य संघ,चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले क्यान चितवनले वस्तुगत संघ मार्फत सूचना प्रविधिको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताए । आर्थिक हब बनाउनको लागि सूचना प्रविधिको भूमिका उत्तिकै महत्वपूर्ण भएको बताउंँदै उनले चितवनलाई सूचना प्रविधिको हब बनाउनुपर्नेमा जोड दिए । हालका दिनहरुमा हरेक व्यवसायिक क्षेत्र तरलता अभाव , चर्को व्याज र महंगीको मारमा परेको भन्दै उनले सरकारले राष्ट्रबैंकको चालुपुंँजी कर्जा मार्गनिर्देशनलाई शंशोधन गर्नुपर्ने बताए ।

    क्यानका केन्द्रिय उपाध्यक्ष कुशल रेग्मीले क्यानले ७७ वटै जिल्ला र सातवटै प्रदेशमा शाखा विस्तार गरिसकेकोे जानकारी दिए। क्यानले सूचना प्रविधिको क्षेत्रमा सरकारको नीति निर्माणमा सहकार्य गर्दै आएको भन्दै रेग्मीले डिजीटल नेपाल र स्मार्ट सिटीको अवधारणमा क्यान अघि बढेको बताए । क्यानले अन्तरराष्ट्रिय सरोकारवाला संस्थासंँग पनि सहकार्य गर्दै आएको बताउंँदै उनले जिल्लाका शाखाहरुको स्तोरन्नतीमा जुनुसकुै सहयोग गर्न तयार रहेको बताए ।

    क्यानका केन्द्रिय सदस्य भानु शर्माले सूचना प्रविधि व्यवस्थित र व्यवसायिक बन्नुपर्नेमा जोड दिए । व्यवसायी बीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको भन्दै शर्माले व्यवसायीहरुमा एकता र मुल्यमा एकरुपता हुनुपर्ने बताए । क्यानले हार्डवेयर क्षेत्रको साथै कम्युटर सफ्टवेयर र नेटवर्किङ्ग क्षेत्रलाई पनि समेट्दै लग्नु पर्ने बताए । चितवन सबै क्षेत्रको हब भएको हुंँदा सूचना प्रविधिको हब बनाउनु पर्ने उनको धारणा थियो ।

    कार्यक्रमका अध्यक्ष तथा निवर्तमान अध्यक्ष सन्तोषजनक भुषालले नयांँ कार्यसिमितिले अझ शशक्त र प्रभावकारी रुपमा काम गर्नेमा आफू विश्वस्त रहेको बताए । कोभिडको समयमा व्यवसायीलाई विमा र अन्य सामाजिक कार्य गर्दै आएको भन्दै उहांँले संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि संँगै लैजान आग्रह गरे । क्यान चितवनमा १५३ जना सदस्य आवद्ध छन । क्यानको कार्यकाल दुईबर्षको हुनेछ ।

    शनिबार, मङि्सर १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.