• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

विश्व एड्स दिवस :१० जना संक्रमित बालबालिकालाई खाद्यान्न सहयोग


  •   आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
  • चितवन। जिल्लामा रहेका एचआईभी एड्स सङ्क्रमित मध्ये ९८ प्रतिशतको सङ्क्रमण नसर्ने अबस्थामा पुगेको छ । ३५ औं विश्व एड्स दिवसको अवसरमा एड्स हेल्थ केयर फाउण्डेसन चितवनले सार्वजनिक गरेको तथ्याङ्मा सो कुरा जनाईएको हो ।
    कार्यालयका बरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरी सापकोटाका अनुसार एन्टि रेक्ट्रो भाइरल थेरापि –एआरटि) औषधिको सेवनले भाईरलको संख्या नसर्ने अबस्थामा पुगेको हो । एक हजार कपी भन्दा कम भाईरसको संख्या भएका बिरामीहरुबाट एचआईभी एड्स नसर्ने उहाँले जानकारी दिनुभयो । अहिले जिल्लामा १ हजार १०८ जना सक्रिय एचाईभी एड्स सङ्क्रमित रहेका छन् । उनीहरु मध्ये ४४ जना बालबालिका रहेका छन् । सन २०२२ को हाल सम्म जिल्लामा २७ जना नयाँ एचआईभी एड्स सङ्क्रमित भेटिएको उहाँल बताउनुभयो । यस वर्ष ११६ जना सङ्क्रमितले एन्टि रेक्ट्रो भाइरल थेरापी (एआरटि) औषधि सुरु गरेका छन् ।

    Advertisement

    जिल्लामा रहेका सङ्क्रमित महिला मध्ये ३९ जना महिलाको पाठेघरको क्यान्सर परिक्षण गरिएको छ । सङ्क्रमित मध्ये ८६ प्रतिशतलाई निःशुल्क स्वास्थ्य बिमामा सहभागी गराईएको छ । पछिल्लो समय एचआईभी एड्स सङ्क्रमितहरुलाई यौन रोगको समस्या देखा पर्न थालेको छ । २१४ जना सङ्क्रमितको परिक्षणका क्रममा १५ जनामा यौन रोग भेटिएको उहाँले बताउनुभयो । एचआईभी परिक्षण एबं उपचारका लागि समानता हुन आबश्यक रहेको भन्दै उहाँले गृहिणीहरु एचआईभी एड्सको परिक्षणका लागि आउन नसकेको बताउनुभयो ।
    सन् २०२२ मा एचआईभि सङ्क्रमित मध्ये ११ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ९ जनाले औषधि खान छोडेका छन् ।

    नियमित औषधि सेवन गरेमा अन्य व्यक्तिको जस्तै आयु र जीवन जिउन सकिन्छः चिकित्सक
    नियमित रुपमा औषधि सेवन गरेमा एचआईभी संङ्क्रमित व्यक्ति पनि सामान्य व्यक्ति जस्तै आयु र जीवन जीउन सक्ने चिकित्सकहरुको भनाई छ । एएचएफ नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एआरटि सेन्टरका स्रोत व्यक्ति बरिष्ठ फिजिसियन, डा. प्रमोद पौडेलले औषधि भने नियमित सेवन गर्नै पर्ने बताउनु भयो । उहाँले नियमित औषधि खायो भने यसले भाईरसलाई न्यूनिकरण (दमन) गर्ने बताउँदै भन्नुभयो “नियमित औषधि खाने व्यक्ति र सामान्य मान्छेको आयु बराबर हुन्छ ।”

    ह्युमन ईम्युनोडेफिसियन्सी भाईरस (एचआईभी) भनेको एउटा भाईरसको संक्रमणबाट हुने रोग हो । यो आरएनए भाईरस हो । उहाँले भन्नुभयो “यसमा रिभर्स ट्रान्सक्रिप्टेस भन्ने इन्जाईम हुन्छ, जसले आरएनएलाई डिएनएमा परिवर्तन गर्न सक्छ ।” यो भाईरस मानिसको शरीरभित्र पसिसकेपछि सेलभित्र छिरेर डिएनएमा बसेर आफैले रिप्लिकेट गर्ने उहाँको भनाई छ । यसलाई रेक्टो भाईरस भनिन्छ ।
    दश जना बालबालिकालाई खाध्यान्न सहयोग

    एड्स दिवसको अबसरमा जिल्लामा रहेका १० जना सङ्क्रमित बालबालिकालाई पौष्टिक आहार बांँडिएको छ । एक कार्यक्रमको आयोजना गरी आहार र पोषण बांँडिएको हो । सापकोटाका अनुसार खाध्यान्न अभावले समस्या भएकालाई सामाग्री बांँडिएको हो । यस्तै चित्रकला प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सम्ेत सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

    आइतबार, मङि्सर १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.