• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

स्वच्छ उर्जा प्रयोगलाई प्रोत्साहन गर्न जोड


  •   बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित
  • काठमाडौं ।नेपालीहरुको जीवनस्तर सुधार्न स्वच्छ (विद्युतीय) उर्जाको प्रयोगलाई बढाउन प्रोत्साहान गर्नुपर्ने विज्ञहरुले जोड दिएका छन् ।
    एलपीजी ग्यासको बढ्दो आयातलाई घटाउन र स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो र भान्सामा प्रयोग हुने अन्य विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको सुझाव छ ।
    नेपालले वार्षिक २ खर्ब भन्दा बढीको इन्धन आयात गर्दै आएको छ । मङ्गलबार नेपाल वातावरण पत्रकार समूह
    (नेवापस), प्रकृति रिसोर्सेस सेन्टर र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आयोजना गरेको ‘स्वच्छ खाना पकाउने उर्जा’ विषयक अन्तिक्रिया कार्यक्रममा सहभागीले स्वच्छ खाना पकाउने उर्जा प्रयोग बढाउन आवश्यक रहेको बताएका हुन् ।
    ढिलो छिटो विद्युतीय चुलोको प्रयोग सबैका लागि सहज र सर्वसुलभ हुने बताउँदै वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका नायव कार्यकारी निर्देशक नवराज ढकालले भने, ‘सन् २०३० भित्र खाना पकाउने आधारभूत स्रोतका रुपमा विद्युतीय चुलोमा जाने सरकारको लक्ष्य छ ।’
    सरकारी तथ्याङ्क अनुसार सन् २००९मा परम्परागत शैलीमा खाना पकाउने नेपालीहरु ८७.१ प्रतिशत रहेकोमा यो वर्षसम्ममा सो दर घटेर २२ प्रतिशतले घटेको छ । दाउरा, गुइठा लगायत परम्परागत इन्धनमा परनिर्भर हुने नेपालीहरु ६५ प्रतिशत हाराहारी छन् । सन् २००९मा वैकल्पिक उर्जाको प्रयोग शून्य दशमलव ७ प्रतिशत रहेकोमा सो दर बढेर हाल ३ प्रतिशत पुगेको केन्द्रका नायव कार्यकारी निर्देशक ढकालले जानकारी दिए ।
    विद्युतीय चुलो, राइसकुकर लगायतका उपकरण चलाउन अभ्यस्त नहुँदा धेरै नेपाली यस्तो अभ्याससँग घुलमिल हुन नसकेका उनको ठहर छ । ग्यास भन्दा विद्युतीय चुलोमा प्रयोग निकै सस्तो हुने विज्ञहरुको तर्क छ । कार्यक्रमलाई सम्बोधन गर्दै जनताका लागि उर्जा तथा वातावरण विकास संस्था (पीडा)का प्रमुख कार्यकारी अधिकृत बिराज गौतमले परम्परागत उर्जालाई विस्थापित गर्न आमसञ्चार माध्यममको भूमिका महत्वपूर्ण हुने बताए । विद्युत आपूर्ति सुनिश्चित हुँदा धेरै उपभोक्ताले आधुनिक भान्सातर्फ चासो राख्ने उनको धारणा छ ।
    आधुनिक चुलोको प्रयोगले समयको वचत र मानव स्वास्थ्य सुधार हुने उर्जा अभ्यासकर्ता मञ्जरी श्रेष्ठको अनुभव छ । घर, भान्सा र भाडावर्तन फोहोर ज्यादै न्यून हुने भएकाले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्न सरोकारवालाहरुबीच समन्वय आवश्यक रहेको श्रेष्ठले बताइन् । खाना पकाउने र भान्साको काम महिलाको मात्रै हो भन्ने बुझाईलाई परिवर्तन गर्न सके विद्युतीय चुलोको प्रयोग कर्ता धेरै बढाउन सकिने उनको ठहर छ ।
    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उर्जा पत्रकार भीम गौतमले विद्युतीय पूर्वाधार विस्तारमा जोड दिए । उनले भने, ‘उर्जा मन्त्रालयले सन् २०२८ भित्र सतप्रतिशत घरधुुरीमा विद्युतीय चुलो उपयोग गर्न लक्ष्य लिएको छ, तर त्यसका लागि विद्युतीय पूर्वाधारमा जोड दिनुपर्छ ।’ सरकारको प्राथमिकता र बजेट अभावमा विद्युतीय पूर्वाधार चर्चाअनुसार सफल नबनेको, साझा प्रतिवद्धता र कार्ययोजनाको अभाव रहेको उनले बताए ।
    दिगो विकास लक्ष्य र नेपालले लिएको शुन्य कार्बन उत्सर्जन लक्ष्यमा पुग्न विद्युतीय चुलो जस्ता साधनको प्रयोग बढाउन सरकारले प्रोत्साहन मुलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने प्रकृति सिसोर्सेस सेन्टरका कार्यक्रम निर्देशक प्रविनमान सिंह, नेवापसकी अध्यक्ष रोशनी अधिकारी लगायतको भनाइ थियो ।
    इतिहासमै सबैभन्दा महँगो ग्यास, तर इन्धन खपत बढ्दै जानु त्यस्तै स्वच्छ खाना पकाउने उर्जा प्रबद्धनका लागि बिजुलीको गुणस्तरीय र पूर्वाधारको समस्या नै मुख्य चुनौती रहेका छ ।
    सरकारको सन् २०४५ भित्र कार्बन उत्सर्जन शुन्यमा पुयाउने, सन् २०२५ भित्र ५ लाख र सन् २०३० सम्ममा २५ प्रतिशत धरघुरीले बिधुतीय खाना पाकाउन अपनाउने लगायताका विभिन्न लक्ष्यहरु लिएका छन् ।

    Advertisement

    बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.