• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

टाईम फर्मासिटिकल्सको सांँढे दुईदशकको यात्रा : उत्कृष्ट उत्पादनले पकड जमाउंँदै


  •   बुधबार, पुष १३, २०७९ मा प्रकाशित
  • चितवन । आम नागरिकले रुघा लाग्दा साईनेक्स आफै किन्ने गर्दछन् । औषधिको नाम नागरिकको जिब्रोमा झुड्याउने कम्पनी कुन होला भन्ने धेरैलाई कौतुहलता हुन सक्छ । साईनेक्स उत्पादन गर्ने कम्पनी गैंडाकोटको टाईम फर्मासिटिकल्स हो । साईनेक्स मात्रै होइन, स्थापनाको २५ औं वर्ष प्रवेश गर्दै गर्दा कम्पनीका धेरै उत्पादन जनजिब्रोमा झुण्डिन सफल भएका छन् ।

    Advertisement

    १० वर्षे औषधि बजारीकरणको अनुभव बटुलेर यो उद्योग स्थापनाको नेतृत्व गर्नुभएका डा.जीनारायण बहादुर क्षेत्री यो अवधिमा देशका उत्कृष्ट १० उद्योगभित्र पर्न सफल भएको बताउनुहुन्छ ।

    बि.सं. २०५५ साल मंसिरमा तत्कालिन मुकुन्दपुर गाउँ विकास समिति र हालको गैंडाकोट नगरपालिका वडा नं. १० मुकुन्दपुरमा यो उद्योग स्थापना गरिएको हो । शुरुमा १६ कठ्ठा जमिनमा उद्योग स्थापना गरिएको थियो । २५ वर्षको अवधिमा उद्योगको क्षेत्रफल दुई विगाहा पुगेको छ । रु.१ करोड १० लाखको लागतमा शुरु भएको यो उद्योगमा अहिले रु.५० करोडभन्दा बढीको लगानी भईसकेको छ ।

    तत्कालिन समयमा ६ जना शेयरधनी रहेको यो उद्योगमा शेयरधनी संख्या बढेको छ । नारायणगढ र काठमाण्डौंका शेयरधनी रहेको यो उद्योगमा रु. ५ लाखदेखि २ करोडसम्म लगानी गर्ने शेयरधनी रहेका छन् ।

    शुरुवातमा ८ प्रकारका औषधि उत्पादन गर्ने उद्योगमा अहिले २५० भन्दा बढी प्रकारका औषधि उत्पादन हुँदै आएका छन् । यो उद्योगले शुरुमा साईनेक्स, हाईमोक्स, प्याराफ्लाम जस्ता औषधि उत्पादन गरेको थियो । हाल उद्योगले मुटु, मधुमेह, एन्टीबायोटिक्स, मनोरोग, जनरल मेडिसिडन जस्ता औषधि उत्पादन गर्दै आएको कार्यकारी अध्यक्ष क्षेत्री बताउनुहुन्छ ।

    मल्हम, ट्याबलेट, क्याप्सुल, झोल, कान र आँखाका ड्रप यहाँ उत्पादन हुँदै आएका छन् । क्षेत्रीले भन्नुभयो “खोप बाहेकका सबै औषधि हामीले उत्पादन गर्दै आएका छौं ।” ३७० जना कामदारलाई रोजगारी दिन उद्योग सफल भएको छ ।रुघाखोकीको साईनेक्स, दुखाई कम गर्ने प्याराफ्लाम, इन्टीबायोटिक्स हाईमोक्स, एजेटटी, मुटुको लोडिप, भिटामिन बि कम्प्लेक्स जस्ता औषधि यहाँबाट उत्पादन हुँदै आएका छन् । क्षेत्रीले भन्नुभयो “साईनेक्स मात्रै वार्षिक रु.१८ करोडभन्दा बढीको बिक्री हुन्छ ।”

    शुरुको वर्ष ८० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले अहिले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएको छ ।

    पाँच सात महिनाभित्रमा चीन र अफ्रिकामा औषधि निर्यातको तयारीमा रहेको उद्योगको भगिनी संस्थानले नेपालमै लोड सल्लोबाट क्यान्सर उपचारको औषधिको कच्चा पदार्थ समेत बनाउँदै छ । भविष्यमा खोप सहित नयाँ नयाँ औषधि उत्पादन गर्ने योजनामा रहेको यो कम्पनीलाई देशकै अग्रणी कम्पनी बनाउने लक्ष्य लिईएको क्षेत्री बताउनुहुन्छ ।

    आफ्नो उद्योग मात्रै नभएर नेपालका औषधि उद्योगलाई प्रतिस्पर्धी बनाउन लागि पर्नुभएका क्षेत्री नेपाल औषधि उत्पादक संघको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । उहाँकै नेतृत्वमा दुई पटक चितवनमा नेपाल फर्मा एक्स्पो भईसकेको छ ।

    आयातलाई प्रतिस्थापन गर्नुपर्ने भन्दै उहाँले राष्ट्रिय रुपमा लबिङ गरिरहनु भएको छ । उहाँले भन्नुभयो “हाम्रो उत्पादन अन्तर्राष्ट्रिय रुपमा गुणस्तरमा प्रतिस्पर्धा गर्न सक्छ ।” देशमा भर्खर भर्खर उद्योग खोलेका बेला टाईम स्थापना गरिएको हो । तत्कालिन समयमा नेपालमा जम्मा ८ वटा औषधि उद्योग थिए । अहिले यो संख्या ९० हाराहारी पुगेको छ ।

    विगतलाई सम्झँदै क्षेत्रीले भन्नुभयो “म काठमाण्डौंमा बस्ने मान्छे देशकै मध्यभाग पर्छ भनेर गैंडाकोट आएर उद्योग खोलेको हौं ।” बि.सं. २०५२ बाट उद्योग बनाउन शुरु गरेर २०५५ बाट उत्पादन शुरु गरिएको हो ।

    बुधबार, पुष १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.