• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चिकित्सक संघको निर्वाचनमा ७ पदाधिकारी निर्विरोध निर्वाचित भएपछि लोकतान्त्रिक समूह उत्साहित


  •   बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
  • काठमाडौँ । देश भरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा डा. अनिल विक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समूहका ७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

    Advertisement

    लोकतान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, उपाध्यक्ष ( प्रदेश नम्बर १ संयोजक) मा डा. बिपेश आचार्य, उपाध्यक्ष ( लुम्बिनी प्रदेश संयोजक) मा डा. नन्दाकुमारी गुरुङ र उपाध्यक्ष (कर्णाली प्रदेश संयोजक) मा डा. केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भएका हुन । निर्वाचन समितिका अनुसार कोषाध्यक्षमा डा. प्रमोद जोशी, सहसचिवमा डा. लिजन महर्जन र सहकोषाध्यक्षमा डा. विक्रान्त ढकाल पनि निर्विरोध निर्वाचित भएका छन् ।

    चिकित्सक संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष (प्रदेश संयोजक) , महासचिव, कोषाध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष र ६ सदस्य गरि १९ जनाको कार्यसमिति हुने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष सहित ७ पदाधिकारी निर्विरोध भए पछि अब अध्यक्ष, महासचिव लगायत १२ पदका लागि मात्र निर्वाचन हुने छ ।

    तिन वर्षमा हुने नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूह, एमाले निकट पेशागत समावेशी समूह र स्वतन्त्र गरि तीन समूह अहिले चुनावी मैदानमा छन् । लोकतान्त्रिक समूहको नेतृत्व डा.अनिल बिक्रम कार्कीले गरेका छन् भने पेशागत समावेशी समूहको नेतृत्व डा.सन्तोष पौडेलले गरेका छन।
    त्यस्तै स्वतन्त्र समूहबाट डा. शिबजी सिलवालले नेतृत्व गरेका छन । विभिन्न समूह बनाएर चुनावी मैदानमा ओलिएका भए पनि डा. कार्कीको लोकतान्त्रिक समूहको समूहको तुलनामा अन्य समूहले जित हासिल गर्न मुस्किल रहेको चिकित्सकहरु बताउछन । चिकित्सक संघको इतिहासमा लोकतान्त्रिक समूह बाहेक अरुले अहिलेसम्म जित हासिल गर्न सकेको छैन । तीन वर्ष पहिले भएको निर्वाचनमा पनि लोकतान्त्रिक समूहका डा. लोचन कार्कीले दुई तिहाई भन्दा बढी मतले प्यानल सहित बिजय भएका थिए । यो पटक पनि ७ जना पदाधिकारी निर्विरोध भइसकेकाले डा. कार्कीको समूह जित हासिल गर्नेमा ढुक्क छ ।

    उम्मेदवार समेत उठाउन नसक्ने अर्का समूहले जित हासिल गर्न निकै टाढाको कुरा रहेको वरिष्ठ चिकित्सक डा. करविरनाथ योगीको दावी छ । डा. पौडेलले नेतृत्व गरेको पेशागत समावेशी समूहले १२ जना मात्र उम्मेदवार उठाएको छ भने डा. सिलवालले ५ जनामात्र मैदानमा उतारेको छ । आफ्नो समूह प्रति देश भरिका चिकित्सकहरुको विश्वास रहेकाले विजय हुनेमा ढुक्क रहेको डा. लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार डा. कार्की बताउछन । चिकित्सकहरुले नेतृत्व परिवर्तनको चाहना राखेकाले आफुले नेतृत्व गरेको पेशागत समावेशी समूहले जीत हासिल गर्ने डा. पौडेलको दावी छ ।

    उपत्यका बाहिर माघ ६ र ७ गते तथा उपत्यका भित्र माघ १९, २० र २१ गते गरि दुई चरणम गरि हुने संघको निर्वाचनमा तीन वटा प्यानलबिच प्रतिस्पर्धा हुने भएको छ । नेपाल चिकित्सक संघका करिव १३ हजार मतदाता छन् ।

    बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.