• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

चिकित्सक संघको निर्वाचनमा ७ पदाधिकारी निर्विरोध निर्वाचित भएपछि लोकतान्त्रिक समूह उत्साहित


  •   बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
  • काठमाडौँ । देश भरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा डा. अनिल विक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समूहका ७ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

    Advertisement

    लोकतान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, उपाध्यक्ष ( प्रदेश नम्बर १ संयोजक) मा डा. बिपेश आचार्य, उपाध्यक्ष ( लुम्बिनी प्रदेश संयोजक) मा डा. नन्दाकुमारी गुरुङ र उपाध्यक्ष (कर्णाली प्रदेश संयोजक) मा डा. केशरबहादुर ढकाल निर्विरोध निर्वाचित भएका हुन । निर्वाचन समितिका अनुसार कोषाध्यक्षमा डा. प्रमोद जोशी, सहसचिवमा डा. लिजन महर्जन र सहकोषाध्यक्षमा डा. विक्रान्त ढकाल पनि निर्विरोध निर्वाचित भएका छन् ।

    चिकित्सक संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष (प्रदेश संयोजक) , महासचिव, कोषाध्यक्ष, सहसचिव, सहकोषाध्यक्ष र ६ सदस्य गरि १९ जनाको कार्यसमिति हुने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष सहित ७ पदाधिकारी निर्विरोध भए पछि अब अध्यक्ष, महासचिव लगायत १२ पदका लागि मात्र निर्वाचन हुने छ ।

    तिन वर्षमा हुने नयाँ नेतृत्वका लागि नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूह, एमाले निकट पेशागत समावेशी समूह र स्वतन्त्र गरि तीन समूह अहिले चुनावी मैदानमा छन् । लोकतान्त्रिक समूहको नेतृत्व डा.अनिल बिक्रम कार्कीले गरेका छन् भने पेशागत समावेशी समूहको नेतृत्व डा.सन्तोष पौडेलले गरेका छन।
    त्यस्तै स्वतन्त्र समूहबाट डा. शिबजी सिलवालले नेतृत्व गरेका छन । विभिन्न समूह बनाएर चुनावी मैदानमा ओलिएका भए पनि डा. कार्कीको लोकतान्त्रिक समूहको समूहको तुलनामा अन्य समूहले जित हासिल गर्न मुस्किल रहेको चिकित्सकहरु बताउछन । चिकित्सक संघको इतिहासमा लोकतान्त्रिक समूह बाहेक अरुले अहिलेसम्म जित हासिल गर्न सकेको छैन । तीन वर्ष पहिले भएको निर्वाचनमा पनि लोकतान्त्रिक समूहका डा. लोचन कार्कीले दुई तिहाई भन्दा बढी मतले प्यानल सहित बिजय भएका थिए । यो पटक पनि ७ जना पदाधिकारी निर्विरोध भइसकेकाले डा. कार्कीको समूह जित हासिल गर्नेमा ढुक्क छ ।

    उम्मेदवार समेत उठाउन नसक्ने अर्का समूहले जित हासिल गर्न निकै टाढाको कुरा रहेको वरिष्ठ चिकित्सक डा. करविरनाथ योगीको दावी छ । डा. पौडेलले नेतृत्व गरेको पेशागत समावेशी समूहले १२ जना मात्र उम्मेदवार उठाएको छ भने डा. सिलवालले ५ जनामात्र मैदानमा उतारेको छ । आफ्नो समूह प्रति देश भरिका चिकित्सकहरुको विश्वास रहेकाले विजय हुनेमा ढुक्क रहेको डा. लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार डा. कार्की बताउछन । चिकित्सकहरुले नेतृत्व परिवर्तनको चाहना राखेकाले आफुले नेतृत्व गरेको पेशागत समावेशी समूहले जीत हासिल गर्ने डा. पौडेलको दावी छ ।

    उपत्यका बाहिर माघ ६ र ७ गते तथा उपत्यका भित्र माघ १९, २० र २१ गते गरि दुई चरणम गरि हुने संघको निर्वाचनमा तीन वटा प्यानलबिच प्रतिस्पर्धा हुने भएको छ । नेपाल चिकित्सक संघका करिव १३ हजार मतदाता छन् ।

    बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.