• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

नेता एवं बागमती प्रदेशका निवर्तमान मन्त्री बलराम पौडेललाई मिडल्याण्डमा स्वागत


  •   शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
  • मिडल्याण्ड, बेलायत । बेलायतको पारिवारिक भ्रमणमा रहनु भएका नेपाली कांग्रेसका पुराना नेता एवं बागमती प्रदेशका निवर्तमान मंत्री बलराम पौडेललाई मिडल्याण्डको लेस्टर र वर्घिंघम शहरमा एनआरएन अभियन्ता एवं समाजिक संघसंस्थाका प्रतिनिधिहरूले स्वागत र सम्मान गरेका छन् ।

    Advertisement

    यही १६ जनवरी २०२३ मा लेस्टरमा लेस्टरवासी नेपालीहरूको तर्फबाट एनआरएनए युरोपका उपसंयोजक एवं सिर्जनशिल लेस्टर नेपालका पूर्व अध्यक्ष दयानिधि सापकोटाले नेपालको प्रजातान्तिक आन्दोलन आदरणीय बलराम पौडेल ज्यूको ठूलो योगदान रहेको र उहांलाई आफ्नो कर्म थलोमा सम्मान र स्वागत गर्न पाउदा खुसी लागेको बताउनु भयो ।

    साथै उहांलाई सिर्जनशिल लेस्टरका पूर्व अध्यक्ष, साझा नेपाली समाजका उपाध्यक्ष एवं मगर संघ युके मिडल्याण्ड शाखाका नवनिर्वाचित अध्यक्ष प्रेम आले मगर र सिर्जनशील लेस्टरका पूर्व महासचिव बरूण भण्डारीले पनि खादा ओढाएर सम्मान गरेका थिए ।
    ऐतिहासिक शहर लेस्टरमा पाएको सम्मानमा खुसी व्यक्त गर्दै नेता पौडेलले आफ्नो व्यवसाय र पेसामा लेस्टरवासी नेपालीले पाएको सफलताले आफू प्रसन्न भएको बताउनु भयो ।

    लेस्टरमा भएको सम्मान कार्यक्रममा पिटरवोरो नेपाली समाजका पूर्व अध्यक्ष केशब भण्डारी, एनपीसीसी युकेका पूर्व महामंत्री शिव तिमिल्सिना, एनआरएन युकेका सहकोषाध्यक्ष उपेन्द्र पौडेल, ग्रान्थम समाजका उपाध्यक्ष किशोर लामिछाने र एनआरएनए पोर्चुगलका पूर्व उपाध्यक्ष शरद शाही लगायतको सहभागिता रहेको थियो।

    यसैगरी नेपालीहरूको बाक्लो बस्ती भएको वर्घिघम सहरका नेपालीहरूले पनि नेपाली कांग्रेसका पुराना नेता एवं निवर्तमान बागमती प्रदेशका मंत्री बलराम पौडेललाई स्वागत र सम्मान गरेका छन्। यही जनवरी १६ तारिख साझ नेपाली जनसम्पर्क समिति युकेका सहमहामंत्री गुन्जेश्वर न्यौपानेको संयोजनमा वर्घिघममा भएको कार्यक्रममा साझा नेपाली समाजका अध्यक्ष कृष्ण शर्मा र यार्डली सोलिहल परिवारका अध्यक्ष गोकर्ण हुमागाईले खादा ओढाएर नेता पौडेललाई सम्मान गरेका थिए ।

    इंग्ल्याण्ड कै दोस्रो ठुलो शहर वर्घिघममा पाएको सम्मानप्रति आभार व्यक्त गर्दै नेता पौडेलले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । विदेशमा बसेर पनि मातृभूमि नेपालप्रति देखाएको ममताप्रति खुसी व्यक्त गर्दै नेपालको समसामाहिक राजनैतिक अवस्थाबारे सहभागिहरूले राखेको जिज्ञासालाई प्रस्ट पार्नु भएको थियो ।

    सोलिहल गोर्खा लन्चमा भएको उक्त कार्यक्रममा एनपीसीसी युकेका पूर्व महामंत्री केशव भण्डारी, एनपीसीसी मिडल्याण्ड अधिवेशन तयारी समितिका संयोजक नारायण आचार्य, एनआरएनए युकेका प्रवक्ता शशांक शर्मा, सहकोषाध्यक्ष उपेन्द्र पौडेल, साझा नेपाली समाजका पूर्व उपाध्यक्ष रामचन्द्र सुवेदी, ग्रान्थम समाजका उपाध्यक्ष किशोर लामिछाने, यार्डली सोलिहल परिवारका महसचिव राजु खत्री र जनसम्पर्क समितिका शरद शाही, राजेश लामिछाने,उदय आचार्य,प्रलाद कणेल,राजन खनाल, विकास भण्डारी, बलराम पौडेल लगायतको सहभागिता रहेको थियो ।

    शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.