• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट स्वास्थ्यकर्मी र पत्रकार सम्मानित


  •   आइतबार, माघ १५, २०७९ मा प्रकाशित
  • चितवन । राष्ट्रिय स्वास्थ्य दर्पण हेल्थ अवार्ड—२०७९ ( प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेश) बाट चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकार सम्मानित भएका छन । शनिबार भरतपुरमा भएको हेल्थ अवार्डबाट उनीहरुलाई सम्मानित गरिएको हो ।
    स्वास्थ्य दर्पण मिडिया नेटवर्कको सातौं वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरिएको नेटवर्ककका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । संस्थाको बार्षिकोत्सवमा पत्रकारिता एवं स्वास्थ्य क्षेत्रमा सेवा र योगदान दिने व्यत्तित्वहरुलाई प्रमुख अतिथि नेपाली कांँग्रेसका नेता डा शशांक कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायतले सम्मानपत्रसहित उनीहरुलाई सम्मान गर्नुभएको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रको उल्लेखनीय विकास भएको बताउनु भयो । ‘चाहे स्वास्थ्यकर्मीको उत्पादन होस या प्रविधिको प्रयोगमा होस उल्लेखनीय प्रगति भएको छ, उहंाँले भन्नुभयो , स्वास्थ्यको गुणस्तरीयतालेनै मानिसको मृत्युदर घटेको छ भने आयुदर पनि बढेको छ ।’ स्वास्थ्यकर्मीहरु आर्थिक आर्जन भन्दा सेवामा केन्द्रित हुन उनले आग्रह गरे। ‘तपाईहरु ठूलो होइन असल हुन प्रेरित हुनुस । प्रयत्न गर्नुुुस, उहांँले भन्नुभयो, तपाईहरुको मुल्यांकन राज्यले गर्छ । समाजले गर्नेछ ।’ पछिल्लो समय विषयगत पत्रकारिताको विकास हुदै गएको बताउंँदै उहांँले स्वास्थ्य दर्पणले देशभरका स्वास्थ्य सेवामा लागेका व्यक्तित्वहरुलाई सम्मान गर्दै आएकोमा प्रसंशा गर्नुभयो ।

    Advertisement

    पत्रकार महासंघका अध्यक्ष पोख्रेलले पछिल्लो समय पत्रकारमाथि आक्रमण बढ्दै गएको बताउनु भयो । उहांँले पत्रकारिता क्षेत्र चुनौति पेशा भएको भन्दै स्वास्थ्यपत्रकारिता थप चुनौति र संवेदनशील विषय पत्रकारिता भएको बताउनु भयो । स्वस्थ समाज निर्माण गर्न स्वस्थ पत्रकारिता गर्नुपर्ने भन्दै पोख्रेलले यस्ता सम्मानले स्वास्थ्यकर्मी र पत्रकारितालाई उर्जा मिल्ने बताउनु भयो । ‘यो सम्मानले तपाईहरुलाई आफ्नो काममा प्रेरित गर्ने अवसर दिएको छ उहांँले भन्नुभयो , राज्यले तपाईहरु सबैलाई सम्मान दिन नसेकपनि निजी मिडियाको यो कार्य प्रशंसनीय छ । ’
    गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसीले पत्रकार नबोल्नेहरुको आवाज र नदेख्नेहरुको आंँखा बन्नुपर्नेमा जोड दिनुभयो । संचार क्षेत्र चुनौतिका वीचपनि अघि बढेको भन्दै उहांँले पत्रकार अनुसन्धान र खोज पत्रकारितामा लाग्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा वाग्मती प्रदेश सांसद माया श्रेष्ठ, नेपाली कांँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले नेपालले स्वास्थ्य र पत्रकारिता क्षेत्रमा फड्को मारेको र यसलाई गुणस्तरीयतामा लैजानुपर्नेमा जोड दिनुभएको थियो । स्वस्थ जीवन ,स्वस्थ समाज बाट नै स्वस्थ नेपालको निर्माण हुने उनीहरुको भनाई थियो ।
    पत्रकार सुरेश श्रेष्ठले अन्य विषयगत पत्रकारिता जस्तै स्वास्थ्य क्षेत्रको पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । हरेक जिल्लामा विषयगत पत्रकारिताको व्यवसायिकता आवश्यक हुने श्रेष्ठको भनाई थियो ।

    नेटवर्ककका सल्लाहकार डा भोजराज अधिकारीले मोफसलमा स्वास्थ्य पत्रकारिता गर्न चुनौति रहेको भन्दै नेटवर्कले विगत लामोसमयसम्म यस क्षेत्रलाई उजागर गर्न सफल भएको बताउनु भयो ।
    नेटवर्कका अध्यक्ष श्रेष्ठले पछिल्लो समय पत्रकारिता क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको बताउनु भयो ।
    मिडीया हाउसले समाचार मात्र सम्प्रेषण नगरी यस क्षेत्रमा उदाहरणीय काम गरेका व्यक्तित्वहरुलाई उर्जा र प्रोत्साहन दिन सम्मान गर्दै आएको उहांँले बताउनु भयो ।
    यस्ता सम्मानले यस क्षेत्रमा काम गर्ने सबै व्यत्तित्वहरुको उर्जा र मनोबल बढ्ने भएकाले नियमित रुपमा संस्थाले सम्मान गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाई थियो ।

    कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लाल बहादुर ऐरी , नेपाल प्रेस युनियन का निर्वतमा वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, वरिष्ठ चिकित्सक , स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।

    आइतबार, माघ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.