• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

स्वर्गीय प्रशान्त पोख्रेलको स्मृतिमा भरतपुरको पर्सा बजारमा पुस्तकालय निर्माण


  •   बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्वर २८, पर्साबजार स्थित श्री आधारभूत विद्यालयलाई पुस्तकालय निर्माण गरी हस्तान्तरण गरिएको छ । विद्यालयको ६५ वार्षिकोत्सवको अवसरमा स्वर्गीय प्रशान्त पोखरेलको स्मृतिमा परिवारजनले उक्त भवन विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । वार्षिकोत्सव एवं पुस्तकालय हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश शभा सदस्य ईश्वर सापकोटा “ सुमन“ र स्वर्गीय पोखरेलका हजुरबुवा लिला बहादुर पोखरेलले संयूक्त पुस्तकालयको शुभारम्भ गर्नुका साथै स्वर्गीय पोखरेलको शालिक अनावरण गर्नुभएको थियो ।

    Advertisement

    सो अवसरमा बोल्दै प्रमुख अतिथि सापकोटाले पोखरेल परिवारले शिक्षाको ज्योती छर्नका लागि अत्यन्त पुनित कार्य गरेको भन्दै आभार प्रकट गर्नुभयो । विद्यालयमा अध्यनरत बहुसंख्यक आदिवासी जनजाति ,कुमाल जातिका सन्ततीको शिक्षा आर्जनमा पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    स्वर्गीय पोखरेलका हजुरबुवा एवं पुस्तकालयका संरक्षक लिला बहादुर पोखरेलले आफ्नो नातीको अल्पायू मै स्वर्गारोहण भए पनि पुस्तकालय आफ्ना नाति जस्तै अन्य विद्यार्थीले पढ्न पाउन भन्ने उद्धेश्यले पुस्तकालय स्थापना गरिएको बताउनुभयो । उक्त पुस्तकालबाट शिक्षाको ज्योती प्राप्त गर्ने अवसर जुटेको भन्दै उहांँले आफ्नो सन्तान सोक धेरै हदसम्म सुखमा परिणत भएको बताउनु भयो ।
    भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष डण्डपानी रिजालले पोखरेल परिवारजन प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दै, विद्यालयको समग्र विकासका लागि वडा कार्यालयले सक्दो समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    पुस्तकालयका संस्थापक एवं वानेश्वर बहुमुखी क्याम्पसका उपप्रध्यापक बालसिंह पोखरेलले मेघौली भौगोलिक एवं पर्यापर्यटनका हिसाबले उत्कृष्ट रहेपनि शिक्षाको ज्योतिबाट पछि परेकोले पुस्तकालय स्थापनाले शिक्षामा केही टेवा दिनसक्ने बताउनुभयो । पुस्तकालयले विद्यार्थीका साथै अभिभावकहरुमा पनि शैक्षिक सचेतना अभिवृद्धि होस भन्ने हेतुले पुस्तकहरुको प्रबन्ध गर्दै थप पुस्तक संकलन गर्दै लैजाने बताउनु भयो ।

    विध्यालययका प्रधानाध्यापक उमेश आचार्यले पुस्तकालय स्थापनाले किताबी ज्ञानका साथै बाहिरी ज्ञान आर्जन गर्न विद्यार्थीलाई सहज हुने बताउनु भयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर कुमालले पुस्तकालय प्रदान गर्ने पोखरेल परिवार प्रती हार्दिक कृतज्ञता एवं पुस्तकालयको उच्चतम सदुपयोगमा गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    श्री आधारभूत विद्यालय सिसाबासका पूर्व विद्यार्थी प्रशान्त पोखरेलको मिति २०७९ बैशाख १३ गते सवारी दुर्घटनामा परी अल्पायुमा निधन भएको थियो ।

    बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.