• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लागुऔषध दुव्यर्सनी अपराध होइन


  •   बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
  • चितवन । लागुऔषधको प्रयोग अपराध नभएको सरोकारवालाले दाबी गरेका छन् । लागुऔषधोपचार र पुनःस्थापनामा कार्यरत संस्थाको राष्ट्रिय भेलामा बोल्ने वक्ताले लागुऔषध प्रयोगकर्तालाई अपराधीका रूपमा हेर्न नहुने बताएका हुन् ।

    Advertisement

    नेपालको कानूनले लागुऔषध प्रयोगकर्तालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा समस्या बनेको उनीहरूको भनाइ थियो । लागुऔषधको प्रयोग एउटा रोग भएको बताउँदै उनीहरूले यसलाई सुधार गर्नका लागि राज्य र समाज एक भएर लाग्न जरुरी रहेको बताएका थिए ।

    कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले समाजमा लागुऔषध प्रयोगकर्ता बढ्दै जाँदा रोगको रूपमा फैलने भन्दै यसलाई रोक्न सबै एक हुन जरुरी रहेको बताउनुभयो । लागुऔषध प्रयोगकर्ता कम गर्न विद्यालयस्तरबाट सचेतना जगाउन जरुरी रहेको उहाँको भनाइ थियो । लागुऔषध प्रयोगकर्ता पुनःजीवन पाएपछि समाजमा फर्कंदा हुने भेदभावको अन्त्य गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

    सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले लागुऔषधसम्बन्धी मुद्दा जटिल भए पनि प्रयोगकर्ता कम हुन नसक्नु समस्याका रूपमा रहेको बताउनुभयो । प्रयोगकर्तालाई अपराधीका रूपमा नहेरी रोगको रूपमा हेरेर समाजबाटै सुधार गर्न सकिने उहाँको भनाइ थियो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले समाजमा हुने गरेका अपराधका क्रियाकलापमा लागुऔषधको हिस्सा रहेको बताउनुभयो । यसलाई रोगका रूपमा लिएर परिवारबाट समाधान खोज्न सके प्रभावकारी हुने उहाँले बताउनुभयो ।

    सेभ द चिल्र्डेनका प्रतिनिधि ड्यारेनजी शेर्पाले लागुऔषधसम्बन्धी कानून परिवर्तन हुन नसक्दा समाजमा ठूलो समस्याका रूपमा लागुऔषध प्रयोगकर्ता रहेको बताउनुभयो । कानूनीरूपमा जाँदा अपराधीका रूपमा हेरिँदा उनीहरूको मनोबल गिर्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समाज परिवर्तनका लागि पनि लागुऔषध प्रयोगकर्तालाई अपराधी नभई रोगीका रूपमा हेरिनु जरुरी छ ।”

    बोल्दै द रिकोभरी नेपालका कार्यकारी निर्देशक विष्णु फुँयाल शर्माले नेपालमा अहिले एक लाख ३२ हजार लागुऔषध प्रयोगकर्ता रहेको जानकारी दिनुभयो । लागुऔषध प्रयोगकर्तामध्ये ५० प्रतिशत विवाहित रहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय लागुऔषधको प्रयोग गर्नेहरूमा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका बढी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लागुऔषध प्रयोगकर्तामध्ये सुइको प्रयोग गर्ने अधिकांशलाई हेपाटाइटिस बीको सङ्क्रमण देखिएको छ ।” यसलाई रोक्नका लागि राज्यले पुनःस्थापना केन्द्रलाई क्षमता अभिवृद्धि तालिम, व्यवस्थापनसम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । लागुऔषध प्रयोगकर्तालाई सुधार गर्ने खालका कानून आउन नसक्नु दुःखद् रहेको उहाँको भनाइ थियो ।

    भेलामा तीनवर्षे अभियानको समेत सुरु गरिएको छ । ‘स्वास्थ्य रोजाँै लागुऔषध होइन’ भन्ने मूल नाराका साथ अभियान सुरु गरिएको हो । संस्थाका केन्द्रीय अध्यक्ष दिलीप गुरुङ र प्रदेश अध्यक्ष दिवाकरराज श्रेष्ठले लागुऔषध प्रयोग घटाउन समुदायस्तरबाट एक भएर लाग्न जरुरी रहेको बताउनुभयो । उहाँहरूले लागुऔषध प्रयोगकर्ता अपराधी नभएको बताउनुभयो । भेलाले दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । आज र शुक्रबार हुने भेलामा देशभरका एक सय ५० पुनःस्थापना केन्द्रका प्रतिनिधि सहभागी भएका छन् ।

    बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.