• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

व्यापार प्रवर्द्धनबारे सार्वजनिक निजी संवाद


  •   शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
  • काठमाडौ । व्यापार नीतिसँग अन्यआर्थिक नीतिहरूको तालमेल हुननसक्दा नेपालको निर्यात अवस्था वर्षों देखि कमजोर बनेको कारण व्यापार घाटा चुलिंदै गएको सरोकारवालाहरूले बताएका छन् । आर्थिक वृद्धि लक्षित निर्यातका लागि सरकारले ल्याएका विभिन्न योजना नीति र रणनीतिहरूबीच समन्वयको अभाव रहेको कारण नेपालको वैदेशिक व्यापार सशक्त हुन नसकेको उनीहरूको निश्कर्ष छ ।

    Advertisement

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि युरोपियन युनियनको सहयोगमा संचालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (EU–Nepal Trade and Investment Programme – TIP _ ) मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र (-International Trade Centre–ITC_) को प्राविधिक सहयोगमा गरिएको व्यापार नीति र अन्य आर्थिक नीतिबीचको तालमेलको अवस्थाबारेको अध्ययनको मस्यौदा प्रतिवेदन माथि सरोकारवालाहरूले बिहीबार राजधानी सार्वजनिक निजी संवाद तथा परामर्शको आयोजना गरिएको थियो ।

    साथै सहभागीहरूले नेपालको वैदेशिक व्यापारमा कमजोर प्रदर्शनको कारण सरकारका नीतिहरूबीच वेमेल, न्यून उत्पादकत्व सहित आपूर्ति पक्षमा सीमितता, बजार विविधीकरणको अभाव र अनुकूल व्यापार वातावरणको अभाव रहेको बताए ।

    सहभागीहरूले नेपालको निर्यात फष्टाउन नसक्नुमा कडा भन्सार नियम व्यापार पूर्वाधार कमजोर रहनु व्यापार वार्ताका लागि दक्ष जनशक्ति नहुनु साना तथा मझौला व्यवसायलाई ठूला उद्योग सरह एउटै डालोमा राखी नीति बनाउनु निर्यातकर्ताहरूलाई दिइएको प्रोत्साहन पर्याप्त नहुनु र व्यावसायिक प्रकृया झंझटिलो हुनु लगायतका पक्ष जिम्मेवार रहेको विचार व्यक्त गरे ।
    उक्त कार्यक्रममानेपाल सरकारका सम्बन्धित निकायहरू, निजी क्षेत्रको प्रतिनिधिमुलक संस्थाका पदाधिकारीहरू, विकास साझेदारका प्रतिनिधिहरु, क्षेत्रगत विज्ञहरु लगायत प्रमुख सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

    व्यापार नीति तथा संवन्धित नीतिहरू (औद्योगिक नीति, वैदेशिक लगानी नीति, समग्र आर्थिक नीति) बीच हाल विद्यमान अन्तर पहिचान गर्ने तथा उक्त नीतिहरुमा देखिने अन्तरलाई सम्बोधन गर्ने सन्दर्भमा वाणिज्य नीति तथा सहयोगी नीतिहरुको परिमार्जनका लागि उपयोगी मार्गदर्शन प्रदान गर्नेउद्देश्यले उक्त अध्ययन गरिएको थियो ।

    नेपालले लगातार बढ्दो व्यापार घाटालाई सम्बोधन गर्न र विश्व व्यापार संगठनको सदस्यको हैसियतमा व्यापार सहजीकरण सम्झौतामा भएका प्रतिबद्धताहरू पूरा गर्न आवश्यक छ।
    नेपालले सन् २०२६ मा अतिकम विकसित राष्ट्र (एलडीसी) को हैसियतबाट स्तरोन्नति हुने गरी प्रमुख अन्तर्राष्ट्रिय गन्तव्यहरूबाट प्रदान गरिएका धेरै सुविधाहरू गुमाउने सम्भावनाबीच यस नीतिगत मेलमिलापसम्बन्धी छलफलले थप महत्व राखेको छ।

    विभिन्न क्षेत्रीय र द्विपक्षीय व्यापार सम्झौताको पक्ष नेपालले आफ्ना प्रतिबद्धताहरू पूरा गर्नुपर्ने बाध्यता रहेको अवस्थामा नीतिगत सुसंगतताको आवश्यकता अझ टड्कारो देखिएको छ।अध्ययन टोलीका सदस्य द्धय व्यापार विज्ञ रवि रत्नायके र पूर्व सचिव चन्द्र घिमिरेले अध्ययन प्रतिवेदनले औंल्याएका विषयमा चर्चा गर्दै नेपालले कानूनी प्रशासनिक संस्थागत सुधार मार्फत विदेशी लगानी अभिवृद्धि गर्नुपर्ने तथा विज्ञमान संन्धी तथा संझौताहरूलाई समसामयिक परिमार्जन गर्दै लानु पर्नेमा जोड दिएका थिए ।

    कार्यक्रमको अध्यक्षता गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले सहभागीहरूले उठाएका विषयहरूलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिइने बताउँदै सरकारले तयार गर्न लागेको नेपाल व्यापार एकीकरण रणनीतिले नेपालको वैदेशिक व्यापारमा देखिएका धेरै समस्यालाई सम्बोधन गर्ने बताए ।

    शुक्रबार, फागुन ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.