• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

कफी क्षेत्रका लागि नयाँ निर्देशिका अन्तिम चरणमा


  •   बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
  • काठमाडौं ।ग्रिन कफी बिन र तयारी कफीको उत्पादन, प्रशोधन र प्याकेजिङ गर्दा असल अभ्यासको आवश्यक मापदण्ड पुरा गरी विक्री वितरण तथा निर्यात गर्न, स्वच्छता र गुणस्तर कायम गर्न तथा निर्यात प्रवर्द्धन गर्न नेपाल सरकारले असल उत्पादन अभ्यास ( जिएमपी ) सम्बन्धी निर्देशिकालाई अन्तिम रूप दिंदैछ ।

    Advertisement

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका लागि युरोपियन युनियनको सहयोगमा संचालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम मार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)को प्राविधिक सहयोगमा ‘स्वच्छ र गुणस्तारीय कफीको प्रशोधन र प्याकेजिङ्ग सम्बन्धी निर्देशिका, २०७९’को मस्यौदा तयार हुँदैछ ।

    उक्त निर्देशिकाको लागि प्राविधिक पक्षको समीक्षा गर्ने तथा आवश्यक सल्लाह प्रदान गर्ने जिम्मेवारीका साथ गठन भएको प्राविधिक समितिले उक्त मस्यौदा निर्माणको लागि हाल सम्म भएका काम तथा अन्य कानुनसँग यसको सामन्जस्यता बारे बुधबार छलफल गरेको थियो ।
    सन् २०२२ मार्चबाट सुरू भएको मस्यौदा निर्माणको प्रक्रियाका क्रममा कार्यदल निर्माण भइ उक्त कार्यदलले गत नोभेम्बर र जनवरीमा स्याङजा, कास्की तथा काभ्रेपलाञ्चोकका विभिन्न कफी फार्म तथा प्रशोधन केन्द्रहरूमा पुगेर अवलोकन तथा सरोकारवालाहरूसँग छलफल गरेको थियो ।

    उक्त निर्देशिकाले कफी प्रशोधनमा अपनाईने असल उत्पादन अभ्यासको सामान्य सिद्धान्त, कफीको गुणस्तर कायम गर्ने सम्बन्धी व्यवस्था , कफी प्रशोधनमा आधारभूत प्रावधानहरू,कफी प्रशोधन तथा प्याकेजिङ्ग स्थल, तिनीहरूको बनावट र सुविधाहरू, ट्रेसिबिलिटी र अभिलेख सम्बन्धी व्यवस्था एवं प्रशोधन, प्याकेजिङ्ग, भण्डारण तथा ढुवानी सम्बन्धी व्यवस्थाका साथै असल उत्पादन अभ्यास प्रमाणीकरण बारेका असल अभ्यासहरूलाई समेटेको छ ।

    उक्त निर्देशिकाको लागू भए पछिगुणस्तरको सुनिश्चितताका कारण नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिपर्धी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

    बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.