• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

भरतपुरमा ४ सय पशुको निःशुल्क स्वास्थ्य परीक्षण : सबैभन्दा बढी छाला संक्रमित


  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
  • भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर ७ मा रहेको प्रेमबस्तीमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । भरतपुर महानगरको कृषि तथा पशुपंक्षी व्यवसाय प्रर्वद्धन शाखाले आयोजना गरेको शिविरमा प्रेमवस्ती दुग्ध उत्पादक सहकारीले सहकार्य गरेको थियो । शिविरमा ४ सय १० वटा पशुको स्वास्थ्य परीक्षण गरिएको थियो । जसअनुसार १ सय ६५ वटा गाई, २३ वटा भैसी, १२ वटा कुकुर, २ सय १० वटा बाख्राको स्वास्थ्य परीक्षण गरिएको हो ।

    Advertisement

    शिविरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्रध्यापक डा शत्रुघन शाह, महानगरका पशु विकास अधिकृत डा सन्तोष घिमिरे, नेपाल पोलिटेक्निक इन्स्टिच्युटका देव शाह, सपना यादवको टोलीले पशुहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
    डा. शत्रुघन शाहका अनुसार स्वास्थ्य परीक्षणका क्रममा किसानहरुलाई गोठ सुधार्न र सरसफाईमा ध्यान दिन सुझाइएको बताए । शिविरमा छाला संक्रमण भएका पशुहरु परीक्षणका लागि धेरै आएका थिए । केही पशुहरुमा आँखामा समेत संक्रमण देखिएको थियो ।

    बाँझोपन भएका गाईभैसी पनि उपचारका लागि किसानहरुले ल्याएका थिए । कुकुरहरुलाई रेविज विरुद्धको भ्याक्सिन पनि लगाइएको थियो । परालमा मात्रै नभई घाँस खेती गरेर घाँसमा आधारित पशुपालन गर्न आग्रह गरिएको बताए । उनका अनुसार परालमात्रै खुवाएर हुर्काइएका पशुहरुमा पौष्टिक आहार कमी भएको पाइएको थियो । अल्ट्रासाउण्ड (भिडियो एक्सरे) समेत गरेर गर्भावस्था भएका पशुहरुको परीक्षण गरिएको थियो । हर्निया भएका पशुहरुलाई सर्जरीका लागि सिफारिस गरिएको थियो ।

    कार्यक्रममा प्रेमवस्ती दुग्ध उत्पादक सहकारीका अध्यक्ष केशव पण्डीत, भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, व्यवसायीक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे लगायतको सहभागिता रहेको थियो । वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले पशुपंक्षी तथा कृषि क्षेत्रका लागि बजेट दोब्बर गरिने बताए ।
    कृषक समाजका केन्द्रीय अध्यक्ष न्यूरेले किसानले पाउने गरी दूधको मूल्य वृद्धि भएकोमा भन्दै प्रशंसा गरे ।
    उनले दूध उत्पादन लागत घटाउन सरकारी कार्यक्रमहरु आउनुपर्ने बताए । प्रेमवस्ती दुग्ध सहकारीमा १ सय ५१ जना आवद्ध छन् । दैनिक २ सय लिटर बढी दूध बेच्ने ३ वटा फर्महरु छन् ।

    सहकारीकै नमुना फर्ममा दैनिक ७ सय बढी लिटर दूध उत्पादन हुनेगर्छ । प्रेमवस्ती दुग्धसहकारीले ५ सय गाई, ५ सय भैसी पाल्ने लक्ष्य सहित अन्र्तराष्ट्रिय स्तरको डेरी सहकारी चलाउने लक्ष्य लिएको छ ।

    सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.