• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

च्याङग्राको भुवा गुणस्तर विश्लेषण गर्न मुस्ताङमा तालिम


  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
  • मुस्ताङ । गुणस्तरीय पश्मिना उत्पादनका लागि च्याङग्रा भूवाको गुणस्तर निर्धारण गर्ने उद्देश्यले मुस्ताङका च्याङग्रा किसानहरूलाई भूवाको नमूना संकलन तालिम शुरू भएको छ । एक साता लामो उक्त तालिम लगत्तै स्थानीय किसानका १६० च्याङग्रा गोठमा गएर तालिमप्राप्त ती किसानहरूले अन्तर्राष्ट्रिय विज्ञको निगरानीमा ८०० वटा च्याङग्राको भूवा नमूना संकलन गर्ने कार्यक्रम छ । नेपालमा पहिलो पटक गर्न लागिएको च्याङग्रा रेशा गुणस्तर अध्ययनले नेपाली गुणस्तरीय पश्मिनालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहज हुने विश्वास लिइएको छ ।

    Advertisement

    युरोपियन युनियन सहयोगमा संचालित इयु–नेपालव्यापार तथा लगानी कार्यक्रम अन्तरगत अन्तर्राष्ट्रिय व्यापार केन्द्रले नेपाल पश्मिना उद्योग संघ, च्याङग्रा पश्मिना किसान संघ तथा नेपाल कृषि अनुसन्धान परिषदको सहकार्यमामुस्ताङकोघारापजोङ, दामोदरकुण्ड, बाराजोङ–मुक्तिनाथ, लोमाङथान र लो–घेकर गरी चार गाउँपालिकामा यो तालिम तथा भूवा संकलन कार्यक्रम संचालन गरिंदैछ । मुस्ताङमा उत्पादन हुने च्याङग्राको ऊनबाट बन्ने पश्मिनाको गुणस्तर र यसले पाउने बजार मूल्यको वैज्ञानिक अध्ययन र विश्लेषण गर्न यो तालिम तथा भूवाको नमुना महत्वपूर्ण रहेको छ ।

    उच्च गुणस्तरको ठानिएको नेपाली च्याङग्रा पश्मिनाको माग स्वदेशी तथा विश्व बजारमा बढ्दै गएको भए पनि यसको वास्तविक गुणस्तरको वैज्ञानिक परीक्षण हुन सकेको थिएन । त्यसैले च्याङ्ग्रापालक कृषकहरूबाट सङ्कलन हुने भूवाको गुणस्तरबारे क्रेताहरू जानकार हुनु आवश्यक छ । कृषकहरूका १६० वटा गोठमा रहेका च्याङ्ग्रा बथानबाट प्रतिगोठ पाँच–पाँचवटा गरी आठ सय वयस्क च्याङ्ग्रा छनौट गरिनेछ । सङ्कलित नमुनालाई परीक्षणका लागि सुविधासम्पन्न र अन्तर्राष्ट्रिय मान्यताप्राप्त पशु फाइवर परीक्षण प्रयोगशालामा अध्ययनका लागि पठाइनेछ ।

    यस तालिम कार्यक्रममा संयुक्त अधिराज्यका ओडिसा सेन्टर लिमिटेका डा.क्यारोल कर्भिङले आठजना स्थानीय ऊन सङ्कलक किसानहरूलाई ऊनकात्नेतालिमदिंदैछन्। तालिमका सहभागीहरूले यस अघि सन २०२२मा गुणस्तरीय कश्मीरी ऊन कात्ने तालिमपाइसकेका छन्।“नेपाली पश्मिनाको वास्तविक गुणस्तर पहिचान गर्न च्याङग्रा भूवाको नमूना संकलन अनिवार्य छ । नेपाली पश्मिनाको मूल्य श्रृखलालाई मजबुत बनाउन यो च्याङग्रा उत्पादक जिल्लामै आएर तालिम तथा भूवा संकलन कार्यक्रम आयोजना गरिएको हो,”प्रशिक्षक क्यारोलले भनिन् ।

    स्थानीय स्तरमा उक्त तालिमको संयोजन गरिरहेको नेपाल पश्मिना उद्योग संघका उपाध्यक्ष धन प्रसाद लामिछानेले संकलित भूवाको नमूनाको विश्लेशणबाट प्राप्त हुने नतिजाको आधारमा नेपाली पश्मिनाको गुणस्तर अन्तर्राष्ट्रिय बजारमा सहयोग पुग्ने बताए । चैत ८ देखि १३ गते सम्म च्याङ्ग्रा भूवा संकलन तालिम र त्यसको लगत्तै चैत १४ देखि २२ सम्म भूवा नमूना संकलन गरिदैछ ।

    बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.