• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनमा पहिलोपटक अटो ‘जिमखाना च्याम्पियनसिप’ हुंँदै


  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
  • चितवन । चितवनमा नेपाल अटो जिमखाना च्याम्पियनसिप हुने भएको छ । अटोमोबाईल्स तथा यसको खेल प्रर्वद्धन तथा स्थापित गर्ने उद्धेश्य सहित उक्त खेल प्रतियोगिता हुने भएको हो ।नेपाल अटोमोबाईल्संघ(नासा) बागमती प्रदेश र चितवन अटोमोबाईल्स डिलर्स एशोसियन(काडा)ले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।

    Advertisement

    चितवनमै पहिलोपटक आउंँदो बैशाख ३० गते उक्त च्याम्पियनसिप हुन लागेको आयोजक संस्था नासा र काडाले जानकारी दिएको छ । अटोमोबाइल क्षेत्रमा साहसिक खेल प्रर्दशन र प्रर्वद्धन गर्ने उद्धेश्य सहित जिमखाना च्याम्पियनसिपको आयोजना गर्न लागिएको नासा तथा काडाका अध्यक्ष राजन पियाले बताउनुभयो ।
    ‘यस्ता खेलहरु विदेशमा प्राथमिकता राखेर खेल्ने र खेलाईने गरेका हुन्छन, पियाले भन्नुभयो , नेपालमा पनि यस्ता खेलले अटोमोबाईल्स क्षेत्रको प्रर्वद्धन हुनेछ भन्ने अपेक्षा गरेका छौं ।’
    पियाका अनुसार देशभरबाट च्याम्यिनसिप खेल्ने ड्राईभरहरु (खेलाडी)लाई अनलाईन मार्फत आवेदन भर्न सक्ने र सोही भित्रबाट १६ जना देखि २५ जना ड्राईभर छनौट गरिने छ । मोटर रेसिंगको सर्ट सर्किट विधा अन्र्तगत अटो जिमखाना खेल छोटो सांँगुरो अस्थाई सर्किट डिजाईन गरी कलात्मक तरीकाले तयार गरिन्छ । जहांँ ड्राईभरहरुले आफ्नो कला , साहस र सृजना प्रर्दशन गर्नेछन । उक्त प्रतियोगितामा ड्राईभर, मार्शल, प्राविधिक गरी ८० जनाको सहभागिता रहने पियाले जानकारी दिनुभयो । यस प्रतियोगितामा भाग लिन नासाको अनुमति पत्र लिएको ड्राईभर हुनुपर्नेछ ।

    विदेशमा जस्तै अटोमोबाइल्स खेलका पारखीहरुलाई साहसिक खेलमा सहभागी गराउन र यस्ता खेललाई प्रर्वद्धन गर्न चितवनमा पहिलोपटक यो प्रतियोगिताको आयोजना गरिएको फेडेरेसन अफ ईन्टरनेशनल अटोमोबाईल (एफआईए)का वल्र्ड काउन्सिल सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो । ‘अटोमोबाइल्सबाट पनि साहसिक खेल नेपालमा पनि हुन्छ भन्ने जानकारी दिन र सेफ्टी ड्राईभिङ्गको लागि अभ्यास दिन यो प्रतियोगिता गर्न लागिएको हो ।’ भट्टराईले भन्नुभयो ।

    प्रतियोगितामा हरेक आवेदकले तीनहजार रुपैंया दर्ता शुल्क बुझाउनु पर्नेछ र आफ्नै चारचक्के १२०० सिसी देखि २००० सिसी सम्मका सवारी उपलब्ध गर्नुपर्नेछ । बिजेताले क्रमश २७ हजार रुपैंयांँ ९ हजार र ३ हजार नगद सहित शिल्ड र प्रमाणपत्र पाउनेछन ।
    एफआईएको सहकार्यमा हुन लागेको प्रतियोगितामा १४ लाख ३० हजार खर्च अनुमान गरिएको छ र खर्च आवेदकको शुल्कबाट व्यवस्थापन गरिने बताईएको छ ।

    जिल्ला बाहिरका प्रतियोगीको लागि आवास , लञ्चको निशुल्क व्यवस्थापन गरिने प्रतियोगिताको अघिल्लो दिन सामुहिक विमा, रेसिङ्ग तथा रोड सेफ्टी सम्बन्धी अभिमुखिकरण गरिने नासाका महासचिव शुशील तण्डुकारले बताउनुभयो । प्रतियोगितामा हुने जोखिमलाई मध्यनजर गरी स्वास्थ्यकर्मी सहित एम्बुलेन्सको व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।

    शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.