• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नमूना फादर बन्न चाहन्छन् लिटिल फ्लावरलाई चम्काएका ‘रोबी’


  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  • सूर्यप्रसाद अधिकारी, चितवन । बाह्र बर्षमा खोलो फर्कन्छ भन्ने उखान छ । उखान अनुसार खोला फर्केका छन् ,छैनन् थाहा छैन । तर यही उखानलाई चरितार्थ पारेका छन् चितवनको एक गुणस्तरीय विद्यालयका प्राचार्यले । १२ बर्ष देखि निरन्तर शिक्षणमा लागेका उनले स्कुललाई गुणस्तरको उचाईमा लगेका छन् । नारायणगढ स्थित लिटिल फ्लावर स्कुलका फादर रोबी क्यूले १२ बर्ष अघि १२०० विद्यार्थी भएको उक्त स्कुलको विद्यार्थीसंख्या बढाएर २२सय मात्र बनाएनन् १० कक्षासम्मबाट १२ कक्षा सम्म पढाइ हुने बनाए । १२ बर्षको सेवा पश्चात उनी विदाई भई नवलपरासीको सहेरीमा स्थापना भएको उक्त स्कुलको शाखालाई पनि त्यसरी नै विकास गर्न तल्लीन छन् ।
    ७ बर्षको उमेरमा ७ घण्टा पैदल हिंँडेर स्कुल

    Advertisement

    सामान्य एवं न्यून आम्दानी भएको केरलाको एक परिवारमा हुर्किएका उनी घरबाट सरकारी एजेजोन मिसनरी स्कुलमा भर्ना भए । किसानको परिवार ५ जना दाजुभाई र २ जना दिदी बहिनी पढाउन र बढाउन उनको बुबालाई फलामको चिउरा चपाउनु जस्तै थियो । सानै उमेरमा विद्यालय जान सुरू गरेका उनी कक्षा १ देखि ४ सम्मको प्राथमिक शिक्षाका लागि उक्त सेन्ट जोसेफ स्कूल पोथम्पारामा पढ्न शुरु गरे ।

    क्रिश्चियन फाउण्डेशनले सञ्चालन गरेको उक्त स्कुलमा निशुल्क पढाई हुन्थ्यो । त्यसपछिको स्कुल भने घरबाट निकै टाढा थियो । केरलाको दुर्गम गाउंँमा जन्मेका उनलाई स्कुल जान आउन उत्तिकै अप्ठ्यारो हुन्थ्यो । ‘म ७ बर्षको हुंँदा स्कुल जांँदा ७ घण्टा आउन जान लाग्थ्यो’ उनी सुनाउंँछन ।
    स्कुल तह पछि सन् १९९७मा उनको उच्च शिक्षा पढ्ने गन्तव्य बन्यो भारतकै उत्तर प्रदेशको सिएसटी ( कंग्रिएसन अफ सेन्थेरेस) स्कुल बन्यो । उनको पढाई थप अब्बल बन्दै गयो । प्रवीणता प्रमाणपत्र पास गरेपछि भने उनी फादर बन्ने ईच्छा व्यक्त गरे । हुनत उनी फादर बनेर शिक्षाको ज्योति फैलाउने अभिलाषा बोकेर क्रिश्चियन सोसाईटी द्धारा सञ्चालित सिएसटी मा अध्ययन गरेका हुन् । पुनः सन् २००३ मद्रास युनिभर्सिटीमा स्नातक तह अध्ययन गरे उनले । ‘मैले संँगै साइकोलजी र फिलोसोपी विषयमा सोही युनिभर्सिटीमा भर्ना भएँ’ उनले थपे ।

    पढाई अब्बल हुंँदै गएपछि मास्टर्स डिग्रीको लागि थप उच्च शिक्षा अध्ययन गर्न उनी भारतकै पुने विश्वविद्यालयमा भर्ना भए । उक्त समयमा सोसोयोली र तियोलोजी ( स्प्रीच्युवल अफ गड) मा गरे । व्याचलर साइकोलोजी र क्रिश्चियन विषय उनले छनौट गरे । ‘मैले फादर बन्न सिएसटीको मापदण्ड पुरा गर्नुपथ्र्यो त्यसपछि मात्र मलाई आधिकारिक रुपमा फादरको प्रमाणपत्र दिईन्छ,’ उनले फादर बन्ने पोयो फुकाए । त्यसपछि उनले बल्ल सिएसटीबाट सञ्चालित देश विदेशका स्कुलहरुमा अध्यापन गर्न पाउंँथे । त्यसपछि सिएसटीले उनलाई चितवनको लिटर फ्लावर स्कुल अध्यापनको लागि पठायो ।

    शिक्षालाई सिञ्चित गर्ने धोको

    उनी यही शिलशिलामा सन् २०१२ तिर नारायणगढको लिटिल फ्लावर स्कुलमा भाइस प्रिन्सिपिलको रुपमा काम गर्न थाले । ‘मेरो उद्धेश्य फादर बनेर देश विदेशमा रहेका बालबालिकालाई शिक्षाको ज्योति फैलाउनुनै थियो र अहिले पनि छ’ उनी आफ्नो उद्धेश्यमा अडिग छन् । त्यतिबेला बाह्रसय मात्र विद्यार्थी रहेको उक्त स्कुलमा उनले शिक्षाको गुणस्तरलाई बढाउंँदै लगे । पूर्वाधार मजवुद बनाए । बर्षेनी विद्यार्थीहरु थपिदै गए । ‘म आएपछि विद्यार्थी पनि थपियो र स्कुलका संरचना र कक्षा पनि थपिदै गयो’ उनी गर्व गर्छन । उनले विद्यार्थीको गुणस्तरीय शिक्षालाई मात्र निरन्तरता दिएनन आफ्नो पढाईलाई पनि निरन्तरता दिए । ‘मैले यहांँ आएपछि बालकुमारी कलेजबाट बिएड र एमएडमा मास्टर्स पनि सक्काए ।’शिक्षा प्रतिको लगाव झल्किन्छ उनमा ।

    उनको उचाई, कार्यक्षमता र दक्षतालाई देखेर होला २ बर्ष पछि उनले स्कुलको फादर पद सम्हाल्न पुगे । त्यसपछि उनमा थप जिम्मेवारी र दायित्व बढ्दै गयो । ‘स्कुलले उनको बाह्रबर्षे सेवाकालमा लगातार एसएलसी र एसइइमा ७ पटकसम्म निजि विद्यालयमा लगातार लिटिल फ्लावर पहिलो स्कुल बन्न सफल बन्यो । बाह्रबर्षे उनको सेवाअवधिमा एसएलसी र एसइइमा दुईजना मात्र दोस्रो श्रेणीमा पास भएको र अन्य सबै डिस्टिंसन र प्रथम श्रेणीमा उत्तीर्ण भएको उनले सुनाए ।

    ‘नो म्यारि नो मनि’

    बा्रम्हणमा ब्रम्हाचारी र क्रिश्चियन धर्ममा फादर बनेपछि विवाह गर्न पाईदैन र हुंँदैन । त्यसै अनुरुप उनले ४ दशक उमेर पुग्दा विवाह नगरेकाले फादरको उपाधि मिलेको हो । ‘मैले फादर बनेपछि विवाह गर्नपनि मिल्दैन , हुदैन पनि, गर्दिन पनि ।’ उनी कटिबद्ध हुन्छन । हुनत फादर बनेपछि तलब लिन पनि पाईंदैन । खाने बस्ने सुविधा बाहेक अन्य सुविधा हुंँदैन । ‘यसमै सन्तुष्ट छु ।’ उनी थप्छन । आफ्ना परिवारहरुसंँग भेटघाट गरेपनि संस्थाको हित र मर्यादा विपरीत काम गर्न नपाईने उनले बताए ।

    बाह्र बर्षमा बाह्रसय थपिए बिद्यार्थी

    जहांँ ईच्छा त्यहांँ उपाय भनौ या जहांँ आंँट त्यहांँ सफलता भनेझै उनी जुन उद्धेश्य लिएर चितवन छिरे । उनले लिटिल फ्लावर स्कुललाई उचाईमा पुर्याएरै छाडे । ‘यो स्कुलमा पढाउन अभिभावकहरु लालायित हुन्छन । भर्ना पाउन पनि मुश्किल नै पर्छ ।’ आफूलाई भाग्यशाली सम्झन्छन उनी । यहांँ स्थानीय घरानीया, डाक्टर , ईञ्जिनियर , उद्यमी व्यवसायी, राजनीतिकर्मी पत्रकारका छोराछोरी मात्र पढ्दैनन । ग्रामीण भेगका न्यून एवं जेहेन्दार विद्यार्थी पनि अध्ययनरत छन । ‘यहांँ हामीले केही कुरामा विभेद गर्दैनौ, यो सबैको लागि खुल्ला स्कुल हो, उनले भने, जेहेन्दार गरीब विद्यार्थीलाई निशुल्क समेत पढाएका छौं’ स्कुलले लिएको मान्यता सुनाए उनले ।

    त्यतिमात्र होइन उनकै सेवाअवधिमा स्कुलले थप फड्को मारेको छ । दुईबर्ष अघि मात्र स्कुलले उच्च माध्यमिक तहको अध्यापन शुरु गरिसकेको छ । स्कुलले सन् २०२० मा क्याम्ब्रीज विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरेको छ । संभवत चितवनमा पहिलोपटक क्याम्ब्रीजबाट सम्बन्धन प्राप्त गर्ने पहिलो स्कुल हो । ‘अहिले साईन्स फ्याकल्टीमा शुरु गरेका छौं, विद्यार्थीको चाप आकर्षण उत्तिकै छ ।’उनले भने । उनलाई अन्य संकायको लागि पनि अध्यापन गराउन मन छ तर स्कुलको सिमित जग्गाको क्षेत्रफल र अपुग संरचनाको कारण थप्न सकिदैन । ‘के गर्नु अरु संकाय पनि थप्न मन छ, न हामीसंँग थप भवन छ न जग्गानै । आफूले पढाएका विद्यार्थी यहीं पढ्न पाउन भन्ने चाहना कसलाई हुदैन र !’ रोबी भन्छन् ।

    नारायणगढबाट नवलपरासीमा

    १२ बर्षदेखि लिटिल फ्लावर स्कुलमा प्राचार्यको रहेका रोवी यो शैक्षिक सत्रबाट नवलपरासीमा हालै स्थापना भएको लिटिल फ्लावर स्कुलमा सरुवा भएका छन् । यो स्कुलमा हालैमात्र प्लेग्रुपबाट पठनपाठन शुरु गरिएको छ । ‘म गाउंँ र गरीब फेमिलीबाट आएको मान्छे हुंँ ,म गाउंँमै र दुर्गम ठाउंँमा सेवा दिने मेरो धोको छ ’ उनले योजना सुनाए । सहेरीजस्तो विविधता भएको समुदायमा प्राचार्य भएर आउन पाउंँदा खुशी लागेको उनले बताए ।

    कोरोनामा करोडौंको राहत वितरणको नेतृत्व

    नेपालमा भुईचालो जांँदा स्कुलको लिटिल फ्लावर सोसाईटी मार्फत ठूलो सहयोग गरेको थियो । उक्त समयमा चितवनका प्रभावित ठाउंँमा दुईसय घर बनाएर बनाएर दिएको थियो भने । भत्किएको दुई सरकारी स्कुलमा पुननिर्माणको लागि सहयोग गरेका थिए । यसबीचमा चेपाङ्ग गाउंँमा हरेक बर्ष खाद्यसामाग्री वितरण गर्दै आएको थियो । कोभिड कालमा स्कुलले चितवन र मकवानपुर र नवलपरासीमा खाद्य, पोषण औषधि वितरण गरेको थियो । ‘हामीले कोभिडको दुईबर्षे अवधिमा करीब ३ करोडको राहत वितरण गर्यौं, यसको म उत्तिकै सक्रिय भएर वितरण गरेको थिएँ’ उनी भन्छन् ।

    अन्र्तराष्ट्रिय अवार्डबाट सम्मान

    सन् २०२२ मा उनी अन्र्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको थिए । अमेरिकाबाट दुईवटा र केरलाबाट गरी तीनवटा अवार्डमात्र नभै नेपालमा दर्जनौपटक स्कुल र उनी सम्मानित भएका छन । उनले व्यक्तिगत तर्फबाट पनि अमेरिका बाट तथा नेपालका विभिन्न नीजि तथा सामाजिक संस्थाबाट पनि अवार्ड पाएका छन् ।

    नेपालबाटै नमुना फादर बन्ने धोको

    बिहान सांँढे ४ बजेर नित्यकर्म गरेपछि , बिहानको नास्ता पछि बिहानै ८ बजेबाटनै उनी स्कुलको ‘चेम्बर’मा पुगिहाल्छन । ‘बेलुका ५ बजेपछि मात्र उनको स्कुलको काम सकिन्छ । ‘म चाहे बिहान होस या बेलुका होस स्कुलकै बारेमा चिन्ता र चासो हुन्छ, उनी भन्छन । उनले पढाएका विद्यार्थी डाक्टर इञ्जिनियर पाईलट र सरकारी कर्मचारी भईसकेका छन । ‘कति विद्यार्थी त मलाई सम्झेर भेट्न आउंँछन । यो देखेर मलाई आत्म सन्तुष्ट मिल्छ ।’ उनी प्रफुल्लित हुन्छन ।
    उनमा आफ्नो व्यक्तिगत रुपमा कुनै महत्वाकांँक्षा छैन । तर नेपालमा शिक्षाबाट वञ्चित भएका बालबालिकालाई शिक्षाको ज्योति फैलाउन धोको छ । ‘म शहरमा भन्दा विकट गाउंँमा स्कुल स्थापना गरेर त्यस्ता पिछडिएका बालबालिकालाई निशुल्क शिक्षा दिन चाहन्छु । मलाई नेपालको दुर्गम गाउंँमा लिटिल फ्लावर स्कुलका अन्य शाखाहरु खोल्ने धोको छ । जसले गर्दा म नेपालमै उदाहरणीय फादर बन्न सकूँ’ उनले भित्री इच्छा खोले ।

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.