• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनमा सवारीसाधन कारवाहीबाट १० महिनामा २ करोड ८६ लाख बढी आम्दानी


  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
  • सूर्यप्रसाद अधिकारी, चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७८, ०७९ मा सवारी साधन कारवाहीबाट १० महिनामा २ करोड ८६ लाख बढी आम्दानी भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको श्रावण देखि बैशाखसँम्म २ करोड ८६ लाख ४७ हजार राजश्व संकलन भएको हो ।

    Advertisement

    सबैभन्दा बढी राजश्व संकलन चैत्रमा कम मंसिरमा

    कार्यालयले दिएको तथ्यांक अनुसार १० महिनाको अवधिमा सबैभन्दा बढी राजश्व संकलन चैत्र महिनामा भएको छ भने सबैभन्दा कम मंसिर महिनामा भएको छ । जसअनुसार चैत्र महिनामा ३३ लाख ४९ हजार रुपैंया र मंसिर महिनामा २४ लाख ६१ हजार रुपैंया राजश्व संकलन भएको छ ।
    यस्तै श्रावण महिनामा ३० लाख सातहजार पांँचसय, भदौ महिनामा ३२ लाख २९ हजार, असोज महिनामा २४ लाख ६४ हजार र कार्तिक महिनामा २८ लाख २८ हजार पांँचसय रुपैंया संंकलन भएको छ । यस्तै पुष महिनामा २५ लाख २८ हजार , माघ महिनामा २९ लाख ६८ हजार पांँचसय, फागुन महिनामा २९ लाख २१ हजार रुपैंया र बैशाख महिनामा २८ लाख ९० हजार पांँचसय रुपैंया संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
    कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार तामाङ्गले गाडीको सवारी आगमन जति बढ्छ उत्तिनै कारवाहीको संंख्या पनि बढ्ने हुनाले राजश्व तुलनात्मक रुपमा चैत्रमा बढी भएको बताए । ‘मंसिरमा संघीय निर्वाचन पनि भयो त्यसबेला ट्राफिक प्रहरी चुनावमा व्यस्त हुंँदा पनि राजश्व संकलन कम हुनसक्छ ।’ उनले भने ।

    ३३ हजार ६८३ सवारी साधन कारवाही
    जिल्लामा १० महिनाको अवधिमा ३३ हजार सवारी साधन कारवाहीमा परेका छन । चालु आबको श्रावणदेखि बैशाख सम्म सबै प्रकारका साधन गरी उक्त संख्यामा कारवाहीमा परेका हुन् । कारवाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी १० हजार ८५४ वटा मोटरसाइकल कारवाहीमा परेका छन भने, सबैभन्दा कम १ हजार ४२३ वटा ट्रयाक्टर कारवाहीमा परेका छन । यस्तै गरी सो अवधिमा ५हजार ६५१ ट्रक÷ट्रिपर, ३ हजार २१४ वटा बस÷माईक्रो, ६ हजार ४०८ जिप÷कार, र टेम्पो र अन्य गरी ६हजार १३३ कारवाहीमा परेका हुन् ।

    प्रमुख तामाङ्गले सवारीको संख्या बढेसंँगै मोटरसाइकलको कारवाही संख्या पनि बढेको बताउनु भयो । ‘चितवनमा अन्य सवारीसाधन भन्दा बढी मोटरसाइकलको संख्या पनि बढी छ, उनले भने, लापरवाही र गल्तीपनि मोटरसाइकलबाट हुने गर्छ ।’ बिशेषगरी ट्याक्टर कृषिकर्ममा प्रयोग हुने र यसको संख्या कम र ग्रामीण क्षेत्रमा प्रयोग हुने भएकोले ट्याक्टरको कारवाही कम भएको उनले बताए ।

    शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.