• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

गैंडाकोटमा खुल्यो सस्तो र स्वस्थ परिकारका लागि ‘मकैघर’


  •   आइतबार, जेठ १४, २०८० मा प्रकाशित
  • गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ५ स्थित नगरपालिका चोकमा मकैका विभिन्न परिकार सहित मकैघर सञ्चालनमा आएको छ । राजमार्गका यात्रुहरु र स्थानीय ग्राहकलाई लक्षित गरी उक्त मकैघर आईतबार देखि सञ्चालनमा आएको हो । स्थानीय युवा व्यवसायी लिला सापकोटाले ग्राहकलाई सस्तो र स्वस्थकर खाजा दिने उद्धेश्य सहित मकैघर सञ्चालनमा ल्याएको बताए । उनका अनुसार मकैघरमा ताजा पोलेको मकै, भुटेको मकै, उसिनेको मकै , मकैको चटपट, मकैको मःम , मकैको पानी पुडी, मकैको सातु , मकैको पकौडा लगायतका परिकार पाईन्छन । यस्तै मकैसंँग खान मिल्न गरी मोही, लस्सी, उखुको जुस, फलफूलका जुसहरु ग्राहकलाई उपलब्ध गरिएको उनले बताए । ‘यो एकदम हाइजेनिक, विभिन्न भिटामिन पाईने खाजा पनि छ । यो सस्तो पनि छ स्वस्थ पनि छ ।’ सापकोटाले भने ।

    Advertisement

    राजमार्गका सडक किनारामा अव्यवस्थित तरिकाले बिक्रीमा राखिएका पोलेका मकैलाई व्यवस्थित र व्यवसायिक रुपले सेवा दिन यो अवधारणा ल्याईएको उनले बताए । मकै पोल्न , उसिन्न उनले राष्ट्रिय आविस्कार केन्द्रबाट तयार पारिएका मेशीन ल्याएका छन । ‘म संँग अहिले आविस्कार केन्द्रबाट ल्याईएका ग्यांँसबाट र कोइलाबाट पोल्ने र भुट्न सकिने मेशिन छन, उनले भने, ग्राहकको अगाडि ग्राहककै ईच्छा अनुसार मकैका परिकार दिनेछौं ।’ मेशीनबाट पोल्दा एउटै तापक्रम र निश्चित समयमा एकैपटक धेरै मकै पोल्न सकिने उनको भनाई छ ।

    हाल दैनिक जसो दुईसयको हाराहारीमा ग्राहक मकैघरमा आउने गरेको उनले बताए । ‘हामीकहांँ बिहान देखि बेलुका सम्म खाजा खाने , प्याकिङ्ग लैजाने ग्राहक आउने गर्नुभएको छ , उनले भने, यो परिकार स्वादिष्ट पनि स्वस्थकर पनि छ ।’
    १५ लाख लगानीमा सञ्चालनमा ल्याईएको मकैघरमा मकै पारखीहरु चितवन र राजमार्गमा गुड्ने ठूला देखि साना सवारीका यात्रु हुने गरेको उनले बताए ।

    हाल पांँच जनालाई रोजगारी दिन लागिएको मकै घरमा एकैपटक ५० जनालाई समेत सेवा दिन सक्ने क्षमता छ । ‘मकैघर जस्ता व्यवसायले स्थानीय किसानका उत्पादनलाई प्रर्वद्धन पनि गर्छ, उनले भने, नयांँ व्यवसायीलाई प्रेरित गर्छ भन्ने मेरो विश्वास छ ।’ छिट्टैनै अर्को शाखा विस्तारका लागि भरतपुरको चौबीसकोठी क्षेत्रमा तयारी भैरहेको उनले जानकारी दिए ।

    आइतबार, जेठ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.