• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

गतबर्षको योजना तथा कार्यत्रममा भरतपुर वडा नम्बर २ शतप्रतिशत लक्ष्य हासिल गर्न सफल


  •   शनिबार, साउन ०६, २०८० मा प्रकाशित
  • चितवन । देशभरका पालिका तथा सरकारी निकायमा न्यून पूंँजीगत खर्च भईरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर २ ले भने आर्थिक बर्ष ०७९÷ ८० मा शतप्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । आज वडा परिषरमा भएको बार्षिक योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रममा विनियोजन गरिएको सबै बजेट योजना तथा कार्यक्रममा खर्च भएको वडाले जानकारी दिएको हो ।

    Advertisement

    कार्यक्रममा योजनाका बारेमा जानकारी दिंँदै वडाका इञ्जिनियर सन्तोष पाण्डेले वडामा गरिएका भौतिक पूर्वाधारमा वडा नम्बर २ शतप्रतिशत सफल रहेको बताउनु भयो । बार्षिक योजना तथा कार्यक्रमको विवरण सुनाउंँदै उहांँले केही काम प्राविधिक तथा कानुनका कारण सम्पन्न हुन नसकेपनि वडाले तय गरेका योजना समयमै सम्पन्न भएको बताउनु भयो । वडास्तरीय तथा नगर स्तरीय योजना तथा कार्यक्रम शतप्रतिशत सकिएको बताउंँदै उहांँले संघ स्तरीय केही योजना अधुरो भएको उहांँको भनाई थियो ।
    सुनुवाई कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि आमा समुहका अध्यक्ष एवं प्रतिनिधि तथा वडावासीको बाक्लो सहभागिता थियो । वडाले एकबर्षको अवधिमा उल्लेखनीय काम गरेको भन्दै वडावासीले प्रशंसा गरेका थिए ।
    रामकृष्ण टोल विकास संस्थाका प्रतिनिधि हरिप्रसाद रेग्मीले एकबर्षमा वडाले ढल निर्माण तथा सडक मर्मत तथा विस्तार गरेर उल्लेखनीय काम गरेको बताउनु भयो । आगामी बर्षमा टोल विकास संस्थासंग समन्वय गरी अगाडि बढ्न रेग्मीले सुझाव दिनुभयो ।

    यस्तै रामेश्वर टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेले वडाले तय गरेका काम समयमै पुरा भएको बताउनु भयो । उहांँले आगामी दिनमा अधुरा योजना तथा कार्यक्रमलाई छिटै कार्यन्वयनमा लैजान सुझाव दिनुभयो ।
    सहभागी अन्य वडावासीले छोटो अवधिमा वडामा पूर्वाधार विकास निर्माणका काम भएपनि सवै टोलमा समानुपातिक र सन्तुलित ढंंगले बजेट विनियोजन गरी कार्यन्वयन गर्न सुझाव दिनुभएको थियो । यसको जवाफ दिदै वडा अध्यक्ष मनोज रानाभाटले एकबर्षमा टोल विकास संस्था र वडा वासीको चाहना र आवश्यकता अनुसार नै योजना तथा कार्यक्रम पुरा गरेको बताउनु भयो ।

    आफूले वाचा गरेका अधिकांश प्रतिबद्धता तथा योजना समयमै पुरा गर्न सफल भएको भन्दै वडा अध्यक्ष रानाभाटले स्थानीय बासीको साथ र सहयोगबाट नै सफल भएको बताउनु भयो ।

    अध्यक्ष रानाभाटले पांँचबर्षको अवधिका सबै योजना तथा विकास निर्माणका काम आफूले सांँढे तीन बर्षमै सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आगाी दिनमा सेवाग्राहीको काम , वडाबासीको लागि सीप तथा क्षमता बृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखिने उहांँले बताउनु भयो ।

    आगामी बर्षको योजना तथा कार्यक्रममा वडालाई डिजीटल प्रणालीमा लैजाने भन्दै विभिन्न ठाउंँमा सिसिटीभी, स्मार्टलाईट जडान, हरेक घरको प्रोफाइल , जिपीआरएस प्रणालीलाई प्राथमिकतामा राखिएको बताउनु भयो । केही योजना तथा कार्यक्रम प्राविधिक तथा कानुनी झमेलका कारण सम्पन्न गर्न नसकिएको भन्दै उहांँले आगामी दिनमा अधुरा काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण वडा सचिव माधव सुबेदीले गर्नुभएको थियो ।

    शनिबार, साउन ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.