• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

महिलालाई मूल व्यापारको मूल प्रवाहिकरणमा ल्याउन इयुको प्रयास


  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित
  • काठमाडौं । व्यापार तथा यस सम्बन्धी नीतिमा महिलाहरूलाई व्यापारमा प्रोत्साहित गर्ने लैङ्गिक सोचलाई प्रवर्द्धन गर्ने उद्देश्यले सम्बन्धित नीति निर्माताको क्षमता अभिवृद्धि गर्न तथा सम्बद्ध सरोकारवालाहरूसँगको परामर्शका लागि ललितपुरमा सोमबारदेखि कार्यशाला सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतथा युरोपियन युनियनको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम कार्यान्वयन गरिरहेको अन्तर्राष्टिय व्यापार केन्द्र(आइटिसी) को शि ट्रेड इनिसियटिभ्स् (SheTrades Initiatives)को संयुक्त आयोजनामा व्यापार तथा लैङ्गिक मूलप्रवाहीकरण कार्यशाला आयोजना भएको हो।

    Advertisement

    कार्यशालाको पहिलो दिन व्यापार र लैङ्गिक, अन्तर्राष्ट्रिय सम्मेलनहरू, र व्यापारमा महिला सहभागिता, विकल्पहरू, र नीति मार्फत महिला सशक्तिकरणका कदमहरू, र लैङ्गिक मूलप्रवाहमा अन्य देशहरूमा राम्रो अभ्यासहरू प्रवर्द्धन गर्ने उपकरणहरू सम्बन्धी प्रमुख मुद्दाहरूबारे प्रस्तुति रहेका थिए ।

    साँढे दुई दिने उक्त कार्यशालाले व्यापार नीतिहरूमा लैङ्गिक मूलप्रवाहलाई प्राथमिकता दिन नीति निर्माता एवं अन्य सरोकारवालाहरूलाई यसबारे बुझाउने र महिला व्यवसायिक संघहरूलाई यस सम्बन्धी नीतिगत प्रस्तावहरू तयार गर्न आवश्यक परामर्श गर्दैछ।उक्त अवसरमा आइटिसीद्धारा तयार पारिएको सि-ट्रेड आउटलुकले औल्याएका विषयहरूबारे सम्बद्ध विज्ञहरू र सरकारी निकायहरू, महिला संगठनहरू, र विकास साझेदारहरू निकायका प्रतिनिधिहरूसँग छलफल गरिदैछ।

    यस कार्यशालामा सार्वजनिक र निजी क्षेत्रका सरोकारवालाहरूका लागि आफ्ना अनुभव र सिकेका पाठहरू आदान प्रदान गरिनुका साथै महिलाहरूको सहभागितालाई व्यापार व्यवसायमा प्रोत्साहित गर्ने उपायहरू खोजिने छ।यस अवसरमा महिला व्यवसायीहरूव्यापारमा उनीहरूको सहभागिता प्रवर्द्धन गर्ने नीतिगत प्राथमिकताहरूमा छलफल गर्ने छन् । महिला उद्यमीहरूलाई व्यापारको मुलप्रवाहमा ल्याउनको लागि कार्यशालामामहिलाहरूद्धारा नै तयार पारिने नीति दस्तावेजलाई नीति निर्माताहरू समक्ष पेश गरी कार्यान्वयनको लागि पहल गरिने छ ।

    यस कार्यशालाले व्यापारमा महिलाहरूको सहभागिता बढाउनअनुकूल वातावरण सृजना गर्ने र स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारहरूमा महिलाहरूको बढी पहुँचको लागि अवसर वृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । उक्त अवसरमा आईटीसीका उपकार्यकारी निर्देशक डोरोथी टेम्बोले लैङ्गिक उत्तरदायी र समावेशी व्यापार नीति नबनाई व्यापारमा महिलाको सहभागिता बढाउन नसकिने बताइन्।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले सार्वजनिक र निजी क्षेत्रमा महिला सहभागिता अभिवृद्धिमा नेपालले सन्तोषजनक प्रगति गरेको बताउँदै राष्ट्रिय अर्थतन्त्रमा महिलामैत्री पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाबीचको समन्वय आवश्यक रहेको बताए ।

    नेपालका लागि इयु डेलिगेसनकी सहयोग उप प्रमुख इलोइसा अस्टुडिलो फर्नान्डेजले धेरै अन्तर्राष्ट्रिय महासन्धि र उपकरणहरूले महिलाहरूलाई व्यापारमा उनीहरूको भूमिकालाई प्रोत्साहन गर्न समावेशी र लैङ्गिक उत्तरदायी अवसरहरूको परिकल्पना गरेको बताउँदै महिलाहरूलाई व्यापारको मुल प्रवाहिकरणमा ल्याउन नीतिगत सुधारका लागि प्रमुख सरोकारवाला निकायहरूबीच सामूहिक प्रयासहरू गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। उनले समावेशी व्यापार नीति तर्जुमा र कार्यान्वयनले नेपालको अतिकम विकसित मुलुकको स्तरबाट दिगो स्तरोन्नति र दिगो विकास लक्ष्य हासिल गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

    सोमबार, साउन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.