• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुरमा बिएचएम र बिआइएम कोर्षका लागि आरम्भ कलेज सञ्चालन


  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  • चितवन । प्रविधि र सीपमुलक शिक्षा दिने उद्धेश्यले भरतपुरमा आरम्भ कलेजको स्थापना गरिएको छ । विद्यार्थीलाई यी बिषयमा बैदेशिक शिक्षामा जान कम गरी स्वदेशमै गुणस्तरीय शिक्षा र रोजगारी दिने उद्धेश्यले कलेज सञ्चालनमा ल्याईएको हो । अध्यापन पेशामा दुईदशकभन्दा बढी लामो समय अनुभव भएका लेक्चर तथा प्रोफेसरको संयुक्त प्रयासमा यो कलेज सञ्चालनमा ल्याईएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजमा सैद्धान्तिक शिक्षाका साथै व्यवहारिक शिक्षालाई समेत प्राथमिकता दिईने आज कलेजमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
    सो अवसरमा बोल्दै कलेजका अध्यक्ष सुरेन्द्र सुबेदीले बैदेशिक शिक्षालाई न्यूनिकरण गर्दै स्वदेशमै गुणस्तीय शिक्षा र दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले कलेज सञ्चालनमा ल्याईएको बताए । ‘विद्यार्थीहरुमा अहिलेको लहड १२ सक्ने वित्तिकै विदेश जानेछ, उनले भने, यसलाई रोक्न यही रोजगारी दिने हाम्रो उद्धेश्य हो ।’

    Advertisement

    बैदेशिक शिक्षामा जाने बढी चितवनकै जिल्लाका विद्यार्थी भएकोले पहिलोपटक यो संकायको कलेज यहांँ सञ्चालनमा ल्याईएको उनको भनाई छ । आफूहरुले काठमाडौंमा पनि कलेज सञ्चालन गरेको जानकारी दिदै उच्च शिक्षा पढ्न काठमाडौं र विदेश जान बाध्यता कम हुने उनले बताए ।
    कलेजले यही शैक्षिक सत्रबाट अध्ययन अध्यापन शुरु गर्ने जानकारी दिएको छ । कलेज सञ्चालनको पहिलो बर्ष विद्यार्थीलाई जनही एक लाख छात्रवृत्ति र विद्यार्थीको क्षमताका आधारमा थप छुट दिने कलेजका प्राचार्य सुरज शिवाकोटीले बताए ।
    बीएचएम र बीआईएम दुवै चार वर्षे कार्यक्रम हुन् । बीएचएमको लागि सात लाख ५० हजार र बीआईएमको लागि छ लाख रुपैयाँ तोकिएको छ । कलेजले भर्ना खोलेको पहिलो वर्ष भएकाले सबै विद्यार्थीलाई जनही एक लाख रुपैयाँ छात्रवृत्ति दिन लागेको हो ।

    यस शुल्कमा पत्रकारका सन्तानलाई तथा सरकारी कर्मचारीलाई ५० प्रतिशत सम्म छुट दिने कलेजले जनाएको छ । शिक्षा क्षेत्रमा लामो समय योगदान गरेका सुवेदीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न पालिकासँग पनि समन्वय गर्ने बताए । ‘विद्यार्थीलाई कसरी उद्यमशील बनाउने भनेर विभिन्न विश्वविद्यालय र संस्थासँग सहकार्य पनि गर्दै छौँ’, उनले भने ।
    दुवै संकायमा ६६÷६६ वटा सिट रहेको सुवेदीले जानकारी दिए । पैसाकै कारण उच्च शिक्षा लिन नपाएका विद्यार्थीलाई पनि कलेजले छात्रवृत्ति दिने उनको भनाइ छ ।

    कलेजले मेरिट बेसमा आधारित, विशिष्ट क्षेत्रमा आधारित, आवश्यकतामा आधारित, खेलाडी वा प्रतिभा पहिचान गरी सामुदायिक सेवामा आधारित छात्रवृत्तिसहित विभिन्न अवसर प्रदान गर्ने उनले बताए । विद्यार्थीको प्रतिभा र क्षमता पहिचान गरेर सम्मान गर्दै थप छुट पनि कलेजले दिने उनले जानकारी दिए ।

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.